वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

बाजुरा। बाजुरामा विभिन्न प्रकारका प्रमाणित सिफारिस लिन जिल्ला सदरमुकाम मार्तडी पुग्नुपर्ने बाध्यता हटेको छ । जिल्ला प्रशासन कार्यालयले अनलाइन प्रणालीमार्फत वडा कार्यालयबाटै सिफारिस उपलब्ध गराउने व्यवस्था सुरु गरेसँगै विकट क्षेत्रका नागरिकलाई सेवा लिन सहज हुने भएको हो। हालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले नागरिकलाई सहज, सरल र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था सुरु गरिएको बताए। उनका अनुसार दुर्गम तथा पिछडिएका क्षेत्रका बासिन्दा, दलित, जनजाति तथा खस आर्य समुदायलगायतका नागरिकले आवश्यक प्रमाणित सिफारिस अब आफ्नै वडा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् । यसअघि विभिन्न सिफारिस लिन नागरिकले सम्बन्धित कागजात बोकेर जिल्ला प्रशासन कार्यालयसम्म पुग्नुपर्ने बाध्यता थियो । भौगोलिक विकटताका कारण सदरमुकाम पुग्नै दिनभर लाग्ने तथा यातायात र अन्य खर्च बेहोर्नुपर्ने बाध्यताले नागरिकलाई सास्ती हुँदै आएको थियो । नयाँ व्यवस्थाले समय र खर्च बचत गर्नाका साथै सरकारी सेवालाई नागरिकको घरदैलोसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । नयाँ प्रक्रियाअनुसार सेवाग्राहीले आवश्यक निवेदन, नागरिकताको प्रतिलिपि र सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्नुपर्नेछ । वडा कार्यालयले ती कागजात जिल्ला प्रशासन कार्यालयको इमेलमार्फत पठाउनेछ । प्राप्त कागजातको आवश्यक जाँचबुझपछि जिल्ला प्रशासन कार्यालयले सिफारिस तयार गरी इमेलमार्फत नै सम्बन्धित वडा कार्यालयमा पठाउने व्यवस्था मिलाइएको छ । यसबाट जिल्लाका विकट गाउँबस्तीमा बसोबास गर्ने नागरिक, विशेषगरी आर्थिक तथा भौगोलिक कठिनाइ झेलिरहेका सेवाग्राहीलाई राहत पुग्ने विश्वास गरिएको छ । सदरमुकामसम्म पुग्नुपर्ने झन्झट कम हुँदा नागरिकको समय र खर्च बचत हुनाका साथै सेवा प्रवाह थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। यसैबीच, मङ्गलबार सञ्चारकर्मीसँगको छलफलमा प्रमुख जिल्ला अधिकारी रिजालले सरकारी सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री, सहज र सेवाग्राहीमैत्री बनाउनुपर्नेमा जोड दिए। “सरकारी कार्यालयले सेवाग्राहीसँग राम्रोसँग सञ्चार गर्दै सम्मानपूर्वक सहज र सरल रूपमा सेवा प्रवाह गर्नुपर्छ,” उनले भने, “अहिले सूचना प्रविधिको युगमा परम्परागत प्रक्रियामा मात्र सीमित नरही उपलब्ध भएसम्म प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ ।” सरकारी सेवालाई प्रविधिसँग जोडेर नागरिकलाई अनावश्यक झन्झटबाट मुक्त बनाउने प्रयासले दुर्गम जिल्लामा सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज बनाउन सहयोग पुग्ने देखिन्छ ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

फेरिएनन् काठे पुल
बाजुरा समाचारदाताबाजुरा, असोज २८ गते । बाजुरावासी कामको सिलसिलामा लेक औल आउजाउ गर्दा ज्यान जोखिममा राखेर काठेपुल तर्न बाध्य छन् । काठे पुल फेर्नका लागि यहाँका स्थानीयले स्थानीय, प्... ...
नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन
बाँके । दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका चोकचोकमा स्थापना गरिएका दुर्गा मूर्तिमा प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैँको उमङ्ग ल्याएको छ ।... ...

कांग्रेस खस–आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो
काठमाडौं।नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खस–आर्य महिला) तर्फको मतगणनामा डा. भद्रा पराजुली भण्डारीले अग्रता लिएकी छन्। ८ पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस समूहमा १ हजार ५०० मत गणना हुँदा डा. भद्रा पराजुली भण्डारीले ६८० मत प्राप्त गरेकी छन्। दोस्रो स्थानमा रहेकी जानुका पन्तले ५०७ मत प्राप्त गरेकी छन् भने गीता देवकोटा ५०५ मतसहित तेस्रो स्थानमा छन्। त्यस्तै, ...

सडक विस्तार भयो, काठेपुलको जोखिम हटेन
बाजुरा समाचारदाताबाजुरा, असोज २८ गते । बाजुरामा गोरेटो बाटोको स्वरूप फेरिएर ग्रामीण सडक निर्माण भए पनि काठेपुल भने अझै फेरिएका छैनन् । स्थानीय तहले पुराना गोरेटो बाटोलाई मोटर चल्ने... ...


