रास्वपाले केन्द्रीय कार्यालयका लागि घर वा जग्गा किन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै स्वामित्वमा केन्द्रीय कार्यालय स्थापना गर्न घर वा जग्गा खरिद गर्ने भएको छ । पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वका लागि हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी स्थायी कार्यालय सञ्चालन गर्ने केन्द्रीय समितिको निर्णयअनुसार घर वा जग्गा खरिद गर्न लागिएको हो । प्रवक्ता जगदीश खरेलका अनुसार पार्टीले केन्द्रीय समिति बैठकको निर्णयअनुसार कार्यालयका लागि उपयुक्त घर वा पूर्वाधार निर्माण गर्न पुग्ने जग्गा खरिद गर्न इच्छुक घरधनी तथा जग्गाधनीसँग प्रस्ताव माग गरेको छ । रास्वपाले आवागमनका दृष्टिले सहज, पर्याप्त भौतिक पूर्वाधार भएको र कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको घर वा जग्गालाई प्राथमिकता दिने जनाएको छ । पार्टीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र इच्छुक घरधनी तथा जग्गाधनीलाई प्रस्ताव पेस गर्न अनुरोध गरेको छ । पार्टीका उक्त जानकारी दिएका हुन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

वैदेशिक सहायता प्रतिबद्धता घट्यो ४१ प्रतिशत
गत आव १ खर्ब ६१ अर्ब ४६ करोड रुपैयाँमात्र वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । ...

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
२८ असोज, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल स्वदेश फर्किएका छन् । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देल आज बुधबार स्वदेश फिर्ता भएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजंग क्षेत्रीले स्वागत गरेका थिए । बेलायती सेनाका प्रमुख जनरल रोली वाकरको निमन्त्रणमा उनी बेलायत गएक थिए । त्यहाँ उनले उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेघटाट… ...

भारत सरकारको सहयोगमा तेह्रथुममा शीतभण्डार निर्माण सुरु
भारत सरकारको सहयोगमा तेह्रथुममा शीतभण्डार निर्माण सुरु भएको छ। लालीगुराँस नगरपालिका–२ मा निर्माण हुने शीतभण्डारको बुधबार शिलान्यास गरिएको छ । शीतभण्डारको नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव ऋषभ देव र लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। शीतभण्डार निर्माणका लागि भारत सरकारले करिब ४ करोड ४१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना ...

गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेट भएको छ। ...


