सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले रोयल ट्युलिप काठमाडौंलाई आफ्नो स्टे पार्टनरका रूपमा आबद्ध गरेको छ । रोयल ट्युलिप काठमाडौंका महाप्रबन्धक बलराम पाठकले सुदूरपश्चिम रोयल्ससँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले नेपालमा क्रिकेटले मानिसहरूलाई जोड्ने महत्त्वपूर्ण माध्यमको रूप लिइरहेको र एनपिएलले नेपाली क्रिकेटमा नयाँ अध्याय थपिरहेको उल्लेख गर्नुभयो । ‘सुदूरपश्चिम रोयल्ससँग साझेदारी गर्न र नेपाल प्रिमियर लिगको हिस्सा बन्न पाउँदा हामी खुसी छौं । क्रिकेटले मानिसहरूलाई जोड्ने प्रभावकारी माध्यमको रूप लिएको छ भने एनपिएलले नेपालमा यस खेलको विकासमा नयाँ अध्याय थपिरहेको छ । खेलकुद र पर्यटनबीच स्वाभाविक सम्बन्ध छ । ठूला खेलकुद प्रतियोगिताले खेलाडी, समर्थक, व्यवसायी र आगन्तुकलाई एकै ठाउँमा ल्याएर नेपाललाई नयाँ तरिकाले अनुभव गर्ने अवसर सिर्जना गर्छन्’, पाठकले भन्नुभयो । उहाँले नेपाली क्रिकेटको प्रवर्द्धन, खेल पर्यटनलाई प्रोत्साहन र नेपाललाई स्वागतयोग्य गन्तव्यका रूपमा स्थापित गर्ने प्रयासमा सहयोग गर्न पाउँदा गर्व लागेको बताउनुभयो । उहाँले एनपिएल यात्राभरि सुदूरपश्चिम रोयल्ससँगको सहकार्य सफल र अर्थपूर्ण हुने विश्वास पनि व्यक्त गर्नुभयो । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रोयल ट्युलिप काठमाडौंसँगको साझेदारीले टोलीको आतिथ्य व्यवस्थापनलाई थप व्यवस्थित बनाउनुका साथै खेलकुद र पर्यटनबीचको सम्बन्धलाई बलियो बनाउन सहयोग पुग्ने बताउनुभयो । ‘रोयल ट्युलिप काठमाडौंजस्तो प्रतिष्ठित आतिथ्य संस्थासँग साझेदारी गर्न पाउँदा हामी खुसी छौं । एनपिएल क्रिकेट प्रतियोगितामात्र नभई नेपालको पर्यटन र आतिथ्य क्षेत्रलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण अवसर पनि हो । यस साझेदारीमार्फत् खेलाडी, समर्थक र प्रतियोगितासँग जोडिएका आगन्तुकलाई गुणस्तरीय आतिथ्य अनुभव प्रदान गर्ने अपेक्षा गरेका छौं । नेपाली क्रिकेटको विकास र खेल पर्यटन प्रवर्द्धनमा निजी क्षेत्रसँगको सहकार्य महत्त्वपूर्ण छ । रोयल ट्युलिप काठमाडौंसँगको सहकार्य अर्थपूर्ण र सफल हुने विश्वास लिएका छौं’, खड्काले भन्नुभयो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दिल्लीमा गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता (तस्बिहरू)
गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भारतमा भेटवार्ता भएको छ। भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङ र भारतीय समकक्षी शाहबिच मंगलबार भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय सुरक्षा सहयोग सुदृढीकरण, सीमा व्यवस्थापनको विषयमा छलफल भएको भारतका गृहमन्त्री शाहले बताएका छन्। ‘नयाँ दि... ...

टीकाअघि नै यातायात सञ्चालन हुने
काठमाडौँ, असोज २८ गते । बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण गोरखाको आरुघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरुद्ध बनेको सडक यातायात पुनः सञ्चालन... ...

विपत्तिले थलिएका नागरिकलाई चाडपर्वमै महँगीको मार
काठमाडौं । चाडपर्वको मुखमा बजारभाउ बढ्नु नेपाली उपभोक्ताका लागि नयाँ विषय होइन । तर, यसपालि महँगी झन् बढेको छ । प्राकृतिक विपत्तिले थलिएका नेपालीलाई चाडबाडमा महँगीले अर्को चोट थपेको हो । गत वर्षको तुलनामा अधिकांश उपभोग्य वस्तुमा महँगी बढेको छ । दैनिक उपभोग्य वस्तुमध्ये धेरै माग हुने चामल, दाल, चिनीमा अत्याधिक मूल्य बढाइएको छ भने कुखुरा र खसीको मासुको मूल्य ...

भोटेकोशी विपद्पछि थपिएको चुनौती
नेपाल हिमालको काखमा अवस्थित देश । प्रकृतिको बरदानको रूपमा रहेको सुन्दर हिमालले नेपालको मात्र होइन दक्षिण एसियाकै मानव सभ्यतालाई सदियौंदेखि जोगाइराखेको छ । हिमपर्वत नै पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनको प्रमुख आधार रहँदै आएको छ । आज यही हिमपर्वत अभिसापको रूपमा देखापर्दै छ । गत भदौ १० गते भोटेकोशीमा भएको हिम–प्रलयले नेपाललाई मात्र शोकमा डुबाएन, विश्वलाई समेत स्तब्ध बनायो ...


