Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बुटवलमा ३६ किलो चरेशजस्तो पदार्थसहित ५३ वर्षीय पुरुष पक्राउ

बुटवलमा ३६ किलो चरेशजस्तो पदार्थसहित ५३ वर्षीय पुरुष पक्राउ

10/15/2026, 6:03:39 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बुटवलमा ३६ किलो चरेशजस्तो पदार्थसहित ५३ वर्षीय पुरुष पक्राउ

बुटवल– रुपन्देहीको बुटवलस्थित नयाँ बसपार्कबाट ३६ किलो चरेशजस्तो देखिने पदार्थसहित एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका–९ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ बुद्धनगरमा बस्दै आएका ५३ वर्षीय लुकबहादुर रखाल रहेका छन् । प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–९ स्थित नयाँ बसपार्क क्षेत्रमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनलाई यही असोज २६ गते नयाँ बसपार्कबाट चरेशजस्तो देखिने पदार्थ ३६ किलोग्रामसहित पक्राउ गरेको जनाएको छ । पक्राउ परेका रखाललाई असोज २७ गते रुपन्देही जिल्ला अदालतमा पेस गरिएको थियो । अदालतबाट लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा पाँच दिनको म्याद थप अनुमति प्राप्त भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

काठेपुल निर्माण गरेपछि पर्यटकलाई आउजाउ गर्न सहज
ताजा खबरJust now

काठेपुल निर्माण गरेपछि पर्यटकलाई आउजाउ गर्न सहज

ताप्लेजुङ समाचारदाताताप्लेजुङ, असोज २९ गते । ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रको लोनाक खोलामा काठेपुल निर्माण गरेपछि पर्यटकलाई आउजाउमा सहज भएको छ । कञ्चनजङ्घा पदमार्गअन्तर्गत लोनाक... ...

गोरखापत्र
आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै
ताजा खबरJust now

आज दसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको आज पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । ...

केन्द्रबिन्दु
भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव
ताजा खबरJust now

भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव

भैरहवा । भैरहवामा मेला तथा महोत्सव आयोजना गर्नेक्रम बढ्दै गए पनि व्यवस्थित प्रदर्शनीस्थलको अभावले आयोजक, व्यवसायी र सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । यही असोज २४ र २५ गते बुटवल–बेलहिया व्यापारिक मार्गअन्तर्गत... ...

रातोपाटी
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही
ताजा खबरJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही

• ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ। • मादक पदार्थ सेवन गरी सवारी चलाउने ७१ चालक र अन्य विभिन्न कारणले ६०, २४, १६, ३५ र ४२५ चालकलाई कारबाही गरिएको छ। • जाँच काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको थियो। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play