एनएमबि बैंक र र्यापिड टेक बीच’ नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवाविस्तारका लागि सम्झौता

काठमाडौं, असोज २६ । एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा र्याडिड टेक प्रा. लि. (Rapid Tech Pvt. Ltd.) सँग डिजिटल बैंकिङ सेवा विस्तारका लागि सहकार्य गरेको छ । व्यावसायिक संस्थानहरूले प्रयोग गर्दै आएका दैनिक सफ्टवेयर तथा डिजिटल प्रणालीहरूबाट सोझै बैंकिङ सेवा प्रदानगर्ने उद्देश्यका साथ बैंकले यो सम्झौता गरेको हो। यस सहकार्य पश्चात् एनएमबि बैंकका व्यावसायिक तथा कर्पोरेट ग्राहकहरूले चाडै नै आफ्नो बैंकिङ्ग प्रणाली भीत्रै रहि रकमभुक्तानी, हिसाब मिलान (Reconciliation), र बैंकिङ्ग कारोबारहरू तुरुन्तै गर्न सक्नेछन्। त्यसैगरी, साना तथा मझौला ग्राहकहरूले पनि व्यापारिक केन्द्रहरू तथाविभिन्न डिजिटल प्लेटफर्महरूमा अझ छिटो, सुरक्षित र सहज रूपमा बैंकिङ्ग सेवाहरू प्राप्त गर्न सक्नेछन्। निकट भविष्यमा सञ्चालनमा आउने यस सुविधाले अनावश्यक झन्झट हटाई ग्राहकहरूको समय बचत गर्नुका साथै वित्तीय कारोबारलाई अझ सरल बनाउन मद्दत पुर्याउनेछ । एनएमबि बैंकले हाल देशभरी १९७शाखाहरु, १७६ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैकिङ्ग सेवा प्रदानगदै आइरहेको छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

नवरात्रिमा प्रयोग गरिने सयपत्री फूललाई नौ दिनसम्म ताजा राख्ने ४ सजिला उपाय
काठमाडौं । नवरात्रिको पावन पर्व चलिरहेको छ। यस अवसरमा माता दुर्गाको पूजाआजा गर्न, माला बनाउन, घरको ढोका सजाउन तथा पूजाको थाली आकर्षक बनाउन सयपत्री फूलको विशेष महत्व हुन्छ। तर, बजारबाट किनेर ल्याएका वा घरमै राखिएका सयपत्री फूल केही समयमै ओइलाउने समस्या धेरैले भोगिरहेका हुन्छन्। नवरात्रिका नौ दिनसम्म नियमित पूजाआजा गर्ने भएकाले फूललाई लामो समयसम्म ताजा र आकर्षक रा… ...

सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित
सुदूरपश्चिम / सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ । प्रदेशसभाको आजको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष २०८३र८४ को बजेट ...

डेल्टाले ल्यायो नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
काठमाडौं : इटालियन स्कुटर ब्रान्ड भेस्पाको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोकर्पले १५० सिसी क्षमताको नयाँ स्कुटर ‘भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी’ काठमाडौंमा सार्वजनिक गरेको छ। आधुनिक प्रविधिमा आधारित यो स्कुटर दैनिक शहरी यात्रामा स्टाइलसँगै थप पावर र पर्फर्मेन्स खोज्नेहरूलाई लक्षित गरी ल्याइएको डेल्टाले जनाएको छ। डेल्टा अटोकर्पका निर्देशक केतन भ… ...

लद्दाखका २८ स्थानमा भारतले नाम राखेपछि चीनको आपत्ति, भन्यो– नाम फेर्दैमा भूभाग आफ्नो हुँदैन
काठमाडौं । भारतले लद्दाखका २८ वटा स्थानको आधिकारिक नाम निर्धारण गरेपछि चीनले त्यसप्रति आपत्ति जनाएको छ। चीनले मंगलबार ती स्थान आफ्नो भूभाग भएको दाबी गर्दै भारतले नाम परिवर्तन गर्दैमा उक्त क्षेत्रमाथिको स्वामित्व नबदलिने प्रतिक्रिया दिएको हो। भारतले गत अक्टोबर २ मा लद्दाखका २८ वटा स्थान तथा क्षेत्रको नाम आधिकारिक रूपमा निर्धारण गरेको थियो। तीमध्ये पूर्वी लद्दाखका गोग्रा र … ...


