एआई-सिर्जित कन्टेन्ट पहिचान गर्न र तिनको प्रयोगबारे बुझ्न प्रयोगकर्तालाई सहयोग गर्ने टिकटकका थप कदमहरू

नेपाल, टिकटकले मानिसहरूलाई एआई-सिर्जित कन्टेन्ट पहिचान गर्न, तिनलाई बुझ्न र जिम्मेवार ढङ्गले प्रयोग गर्न सहयोग गर्ने उद्देश्यले विभिन्न नयाँ उपायहरू सार्वजनिक गरेको छ। यसअन्तर्गत एआईसम्बन्धी साक्षरता बढाउने शैक्षिक सामग्री विस्तार गर्ने, एआई-सिर्जित स्पाम कन्टेन्ट पहिचान गर्ने प्रणालीलाई थप प्रभावकारी बनाउने र Coalition for Content Provenance and Authenticity (C2PA) सँगको सहकार्यलाई थप सुदृढ बनाउने पहलहरू समावेश छन्। यी नयाँ पहलले टिकटक प्लेटफर्ममा एआईको जिम्मेवार र पारदर्शी प्रयोगलाई प्रवर्द्धन गर्न कम्पनीले निरन्तर गर्दै आएका प्रयासलाई थप अगाडि बढाउनेछन्। साथै, अथेन्टिक कन्टेन्ट सिर्जना गर्ने क्रिएटरहरूको संरक्षण गर्न र एआई- सिर्जित कन्टेन्टका सम्बन्धमा प्रयोगकर्तालाई थप जानकारी र नियन्त्रण प्रदान गर्न पनि यी पहलले सहयोग गर्नेछन्। नयाँ उपाय अन्तर्गत टिकटकले नयाँ शैक्षिक सामग्री, इन-एप लर्निंग हब र मानिसहरूलाई एआईको जिम्मेवार प्रयोगबारे बुझाउन सहयोग गर्ने विज्ञ संस्थाहरूमा निरन्तर लगानीमार्फत एआई साक्षरता अभिवृद्धि गर्ने कार्यक्रमहरू विस्तार गर्दैछ। यसका साथै, जनविश्वास वा सर्वसाधारणको हितमा असर पार्न सक्ने विषयहरूमा विशेष ध्यान दिँदै एआई-सिर्जित स्पाम कन्टेन्ट पोस्ट गर्नकै लागि बनाइएका अकाउन्टहरू पहिचान गर्ने थप प्रभावकारी प्रणालीको परीक्षण पनि गर्नेछ। त्यस्तै, C2PA को स्टेयरिङ कमिटीमा सहभागी हुँदै यस क्षेत्रमा कन्टेन्ट क्रिडेन्सियल्सको प्रयोग विस्तार गर्न सहयोग गरेर एआईसम्बन्धी पारदर्शिता प्रवर्द्धन गर्ने प्रयासलाई पनि सुदृढ बनाउँदैछ। NAMLE र एआई विज्ञ हेनरी अज्डरसँगको सहकार्यमा टिकटकले मानिसहरूलाई एआई टुल्सलाई जिम्मेवारीपूर्वक प्रयोग गर्न सहयोग गर्ने उद्देश्यले नयाँ गाइड तयार गरेको छ। टिकटकको नयाँ इन-एप AI Hub पनि नेपालसहित विश्वभर उपलब्ध भइसकेको छ। यसले प्रयोगकर्तालाई प्लेटफर्मभित्रै एआईसम्बन्धी व्यावहारिक शिक्षा र उपयोगी सामग्री सहज रूपमा प्राप्त गर्न मद्दत गर्नेछ। टिकटकमा प्रयोगकर्ताले एआईसँग सम्बन्धित शब्दहरू खोज्दा सर्च रिजल्टमा AI Hub देखिनेछ। यसमार्फत प्रयोगकर्ताले एआईबाट सिर्जना गरिएका कन्टेन्ट कसरी पहिचान गर्ने, तिनको प्रयोग कसरी हुन सक्छ भन्ने बुझ्ने र एआईलाई जिम्मेवारीपूर्वक कसरी प्रयोग गर्ने भन्नेबारे गाइड, शैक्षिक सामग्री तथा व्यावहारिक जानकारीहरू प्राप्त गर्न सक्नेछन्। टिकटकले आफ्नो कम्युनिटीका लागि एआई साक्षरतासम्बन्धी सामग्री तयार गर्ने विज्ञ संस्थाहरूलाई सहयोग गर्न पनि निरन्तरता दिनेछ। सन् २०२५ नोभेम्बरमा यो कार्यक्रम सुरु भएयता NoFiltr र Raspberry Pi Foundation लगायतका सहभागी संस्थाहरूले बनाएका एआईबारे बुझ्न र यसको जिम्मेवार प्रयोगमा सहयोग गर्ने कन्टेन्टमा २० करोडभन्दा बढी भ्युज प्राप्त भएका छन्। टिकटकले हालसम्म यस कार्यक्रममा ४० लाख अमेरिकी डलरभन्दा बढी लगानी गरिसकेको छ। आगामी दिनमा पनि कार्यक्रमको पहुँच र प्रभाव विस्तार गर्न लगानी जारी राख्ने कम्पनीको योजना छ। टिकटकले लामो समयदेखि स्पाम कन्टेन्टलाई निषेध गर्दै आएको छ र प्रविधिको प्रयोग गर्दै ठूलो सङ्ख्यामा नक्कली अकाउन्ट पहिचान गरी हटाएको छ। यसै वर्षको पहिलो तीन महिनामा मात्रै ८ करोड ६० लाखभन्दा बढी नक्कली अकाउन्ट हटाइएका छन्। कन्टेन्ट क्रिडेन्सियल्स, क्रिएटरले सामग्रीमा लेबल राख्न प्रयोग गर्ने टुल र नदेखिने वाटरमार्क प्रविधिको संयोजनमार्फत टिकटकले ३ अर्बभन्दा बढी भिडियोमा एआई क्रिएटेड कन्टेन्टको लेबल पनि राखिसकेको छ। यी नयाँ उपाय आर्टिफिसियल इन्टेलिजेन्सको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्ने, साथै प्रयोगकर्ताको सुरक्षाका लागि आवश्यक व्यवस्था गर्ने र उनीहरूलाई आफ्नो अनुभवमाथि थप नियन्त्रण प्रदान गर्ने टिकटकको बृहत् रणनीतिका हिस्सा हुन्। टिकटकले आफ्नो समुदायका लागि Smart Split र AI Outline लगायतका एआईमा आधारित क्रियटिभ टुल्स विकास गरिरहेको छ। यसका साथै, प्रयोगकर्ताले आफूले हेर्ने एआई-सिर्जित कन्टेन्टको मात्रा छनोट गर्न थप सुविधा दिने Manage Topics जस्ता फिचरको परीक्षण पनि गरिरहेको छ। टिकटकका एआई पारदर्शितासम्बन्धी प्रयासका बारेमा थप जानकारीका लागि टिकटक न्युजरुममा जानुहोस्। टिकटकको बारेमाटिकटक मोबाइलमा छोटो भिडियो हेर्न र शेयर गर्न सकिने अग्रणी प्लेटफर्म हो। हाम्रो उद्देश्य सिर्जनशीलतालाई प्रोत्साहन गर्नु र मानिसहरूमा खुसी ल्याउनु हो। टिकटकका कार्यालयहरू लस एन्जलस, न्युयोर्क, लन्डन, पेरिस, बर्लिन, दुबई, सिङ्गापुर, जकार्ता, जोहानेसबर्ग, सिओल र टोकियोलगायत विश्वका विभिन्न सहरहरूमा छन्।www.TikTok.com The post एआई-सिर्जित कन्टेन्ट पहिचान गर्न र तिनको प्रयोगबारे बुझ्न प्रयोगकर्तालाई सहयोग गर्ने टिकटकका थप कदमहरू appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल
एजेन्सी- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ यालु नदी पुल १२ वर्षको ढिलाइपछि बिहीबार सञ्चालनमा आएको छ। यसबाट दुई देशबीच व्यापार, यातायात र आर्थिक सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ। सन् २०१४ मै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको पुल उत्तर कोरियातर्फको निर्माण अधुरो रहेकाले लामो समय रोकिएको थियो। चीनमाथिको आर्थिक निर्भरता, उत्तर कोरियाको […] ...

दशैं, तिहार र छठमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैं, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता र गुणस्तर कायम गर्न निर्देशन दिएको छ। विभागले बिहीबार जरुरी सूचना जारी गर्दै विशेषगरी राजमार्गमा आवतजावत गर्ने यात्रुलाई खाना, खाजा तथा नास्ता उपलब्ध गराउने खाद्य व्यवसायीलाई स्वच्छ र गुणस्तरीय खाद्य पदार्थ मात्र बिक्रीवितरण गर्न आग्रह गरेको हो। विभागले उपभोग्य ...

रसुवा बाढीः ‘विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याओस्’
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले जलवायुजन्य बाढीबाट प्रभावित विकास क्षेत्रको पुनरुत्थान र प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षति गरेका जलविद्युत आयोजनासहितका भौतिक पूर्वाधारको पुनर्निमाणमा तीनै तहको सरकारबीच आवश्यक समन्वय र सहकार्य आवश्यक ...

बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
• बुढीगण्डकी नदीमा आएको बाढीका कारण ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाले सुरक्षित स्थानमा पुर्याएको छ। • नेपाली सेनाको टोलीले हवाई र स्थल मार्गबाट निरन्तर खोज र उद्धार कार्य गर्दैछ। • राहत सामग्रीको ढुवानीलाई तीव्रता दिई ३,९६० किलोग्राम खाद्यान्न र अन्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। ...


