कांग्रेस एकढिक्का बनाउन गगन थापा र देउवाबीच संवाद आवश्यक: महामन्त्री संग्रौला

काठमाडौं। नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले पार्टीभित्रको आन्तरिक तिक्तता अन्त्य गरी एकता कायम गर्न सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवासँग संवाद थाल्नुपर्ने बताएकी छन्। नागरिक न्युजको कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै उनले अग्रज नेताहरूलाई छाडेर वा अपमान गरेर पार्टी अघि बढ्न नसक्ने स्पष्ट पारिन्। महामन्त्री संग्रौलाले भनिन्, ‘महाधिवेशनबाट नेतृत्व परिवर्तन भइसकेको छ, तर पार्टीलाई भावनात्मक रूपमा जोड्न अझै बाँकी छ। अब सभापति गगन थापाले अग्रसरता लिएर निवर्तमान सभापति शेरबहादुर देउवासँग तत्काल राजनीतिक संवादको थालनी गर्नुपर्छ। उहाँ हाम्रो आदरणीय नेता र अभिभावक हुनुहुन्छ।’ उनले १५ औं महाधिवेशनका क्रममा देउवा पक्षले देखाएको असन्तुष्टिलाई सम्बोधन गर्न नयाँ नेतृत्व लचिलो बन्नुपर्नेमा जोड दिइन्। पाँचपटक प्रधानमन्त्री भइसकेका देउवाको योगदानको चर्चा गर्दै उनले भनिन्, ‘समयको चक्रसँगै नेतृत्व पुस्तान्तरण भए पनि उहाँको अभिभावकत्व कांग्रेसलाई सधैं चाहिन्छ।’ देउवा पक्षबाट हुन सक्ने समानान्तर गतिविधितर्फ संकेत गर्दै उनले त्यस्तो बाटो कसैको हितमा नहुने चेतावनी दिइन्। पार्टीको आधिकारिक मुख्यालय सानेपा रहेको र निर्वाचन आयोगले नयाँ कार्यसमितिलाई मान्यता दिइसकेको अवस्थामा कानुनी विवादको अर्थ नहुने उनको भनाइ छ। आफू गगन थापाको प्यानलबाट महामन्त्री निर्वाचित भए पनि दुई पुस्ताबीच पुलको भूमिका निर्वाह गर्न तयार रहेको उनले बताइन्। पार्टीमा २१ जना युवा केन्द्रीय सदस्य निर्वाचित हुनुले ऊर्जा थपिएको बताउँदै उनले युवाको जोश र पुराना नेताहरूको अनुभवको संयोजन आवश्यक रहेको औंल्याइन्। उनले भनिन्, ‘सभापति गगन थापाले हिजोको प्रतिस्पर्धा बिर्सेर देउवालगायतका वरिष्ठ नेताहरूसँग संवाद थाल्नुभयो भने मात्र कांग्रेस बलियो हुन्छ र आगामी चुनाव जित्न सकिन्छ।’
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा
विश्वभर ‘पिस डग’ अर्थात् शान्तिको प्रतीकका रूपमा चर्चित कुकुर ‘अलोका’ नेपाल आइपुगेको छ। ...

गृहमन्त्री गुरुङ भारत भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी भएका थिए । नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण ...

काला सागरमा ड्रोन आक्रमणमा रुसको सङ्लग्नताको आशङ्का, ११ जना बेपत्ता
काठमाडौँ । बुल्गेरियाले गत साता काला सागरमा चारवटा व्यावसायिक जहाजमाथि भएका ड्रोन आक्रमणमा रुसको सङ्लग्नता हुन सक्ने आशङ्का व्यक्त गरेको छ। आक्रमणमा दुईवटा जहाज डुबेका छन् । यद्यपि, रुसी सङ्लग्नता... ...

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी भएका थिए । नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो ...


