गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी भएका थिए । नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई सम्बोधन गर्न ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव गरेका थिए । स्वदेश फर्कने क्रममा इन्दिरागान्धी अन्तरराष्ट्रिय विमानस्थलमा आज गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री डा एस जयशङ्करसँग सङ्क्षिप्त भेटवार्ता भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री गुरुङ यही असोज २६ गते भारत भ्रमणमा गएका थिए ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

१४ लाख बराबरको अवैध सामान बरामद
पर्सा । सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वार्टर पर्साले रु १४ लाख २५ हजार ५०० बराबरको अवैध सामानहरू बरामद गरेको छ । वीरगन्ज महानगरपालिका–२५, खल्वास्थित सशस्त्र प्रहरी बल नेपाल... ...

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति
काठमाडौँ । शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार ९८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि १३०... ...

ममाथि निर्मम छानबिन होस्, दोषी भए सजाय भोग्न तयार छुः खगेन्द्र सुनार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपको निष्पक्ष र निर्मम छानबिन गर्न माग गर्दै दोषी प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुनारले आरोप प्रमाणित भए प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्नसमेत आग्रह गरेका छन्। उनले आफूमाथि उठेका प्रश्नको छानबिनमा पार्टी, सरकार र ...

कांग्रेस केन्द्रीय सदस्यमा अमृत गुरुङ निर्वाचित, युवाका मुद्दा उठाउने प्रतिबद्धता
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आदिवासी जनजातितर्फ चितवनका युवा नेता अमृत गुरुङ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । जनजाति पुरुषतर्फको १२ पदका लागि भएको निर्वाचनमा उनले १ हजार ६८९... ...


