Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/ममाथि निर्मम छानबिन होस्, दोषी भए सजाय भोग्न तयार छुः खगेन्द्र सुनार

ममाथि निर्मम छानबिन होस्, दोषी भए सजाय भोग्न तयार छुः खगेन्द्र सुनार

Share:WhatsAppFacebookX (Twitter)Telegram
ममाथि निर्मम छानबिन होस्, दोषी भए सजाय भोग्न तयार छुः खगेन्द्र सुनार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेका आरोपको निष्पक्ष र निर्मम छानबिन गर्न माग गर्दै दोषी प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सुनारले आरोप प्रमाणित भए प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन वा बर्खास्त गर्नसमेत आग्रह गरेका छन्। उनले आफूमाथि उठेका प्रश्नको छानबिनमा पार्टी, सरकार र राज्यका सम्बन्धित निकायलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। आफूले कुनै गलत काम गरेको प्रमाणित भए त्यसको जिम्मेवारी लिन तयार रहेको उनको भनाइ छ। सुनारले यस प्रकरणमा एक महिलामाथि भइरहेको भनिएको मिडिया ट्रायल, अतिरञ्जित प्रचार तथा तस्बिर, अडियो र भिडियो जोडेर गरिने टिप्पणीप्रति आपत्ति जनाएका छन्। विगतमा कसैले दुःख दिएको भन्ने आधारमा महिलालाई सार्वजनिक रूपमा लखेट्नु उचित नभएको उनले बताएका छन्। आफूमाथि लागेको आरोपको छानबिन हुनुपर्ने भए पनि त्यसका नाममा सम्बन्धित महिलामाथि प्रहरी, राज्य, समाज र सञ्चारमाध्यमबाट दुर्व्यवहार हुन नहुनेमा उनले जोड दिएका छन्। सुनारले प्रहरी प्रधान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट पटक–पटक बोलाइएको तथा मुद्दा दर्ता गर्न भनिएको विषय पनि उल्लेख गरेका छन्। उनका अनुसार ती महिलाले अन्याय भएको भए आफैँ कानुनी प्रक्रियामा जाने र आफ्नो जीवनबारे सचेत रहेको जवाफ दिएकी थिइन्। आफूले विगतमा विभिन्न विषयमा प्रश्न उठाएको वा मुद्दा अघि बढाएको कारण अहिले आफूमाथि प्रश्न गर्न नपाइने भन्ने नरहेको पनि सुनारले स्पष्ट पारेका छन्। समाचार सार्वजनिक भइसकेपछि आफूमाथि लागेका प्रत्येक आरोपको सत्यतथ्य छानबिन हुनुपर्ने उनको माग छ। ‘जे कारबाही हो, ममाथि होस्, मलाई स्वीकार छ। उहाँमाथिको आक्रमण मान्य छैन। त्यो गलत छ,’ सुनारले भनेका छन्। उनले आफूमाथि लागेका आरोपको निष्पक्ष अनुसन्धान गरी दोषी ठहरिए कानुनअनुसार कारबाही गर्न र यस प्रकरणमा सम्बन्धित महिलामाथि हुने भनिएको आक्रमण तथा दुर्व्यवहार रोक्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

कांग्रेस महाधिवेशन : सहमहामन्त्री खस आर्यतर्फ ३,१०० मत गन्दा कसको कति मत ?
ताजा खबरJust now

कांग्रेस महाधिवेशन : सहमहामन्त्री खस आर्यतर्फ ३,१०० मत गन्दा कसको कति मत ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खस आर्य) तर्फको जारी मतगणनामा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन् । निर्वाचन समितिले ३ हजार १०० मत गणना सम्पन्न गर्दा आचार्यले १... ...

रातोपाटी
बिहीबार लुम्बिनी र सुदूरपश्चिममा मध्यमसम्म वर्षा हुने पूर्वानुमान
ताजा खबरJust now

बिहीबार लुम्बिनी र सुदूरपश्चिममा मध्यमसम्म वर्षा हुने पूर्वानुमान

गोरखापत्र अनलाइन काठमाडौँ, असोज २८ गते । नेपाल मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक, दुई स्थानमा मध्यमस... ...

गोरखापत्र
होपको विस्फोटक शतक र किमो पलको ५ विकेट : चौथो टी- ट्वान्टीमा वेस्टइन्डिजसामु भारत स्तब्ध
ताजा खबरJust now

होपको विस्फोटक शतक र किमो पलको ५ विकेट : चौथो टी- ट्वान्टीमा वेस्टइन्डिजसामु भारत स्तब्ध

काठमाडौँ । ओपनर साइ होपको विष्फोटक कीर्तिमानी शतक तथा किमो पलको घातक बलिङको सहयोगमा वेस्टइन्डिजले चौथो टी- ट्वान्टी खेलमा भारतलाई २४ रनले पराजित गरेको छ । हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय... ...

रातोपाटी
चौध लाख बराबरको अवैध सामान बरामद
ताजा खबरJust now

चौध लाख बराबरको अवैध सामान बरामद

वीरगञ्ज (पर्सा), असोज २८ गते । सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर पर्साले रु १४ लाख २५ हजार ५०० बराबरको अवैध सामान बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–२५, खल्वास्थित सशस्... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play