Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/होर्मुजमा मालवाहक जहाज डुब्यो, घटनाबारे अनुसन्धान जारी

होर्मुजमा मालवाहक जहाज डुब्यो, घटनाबारे अनुसन्धान जारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
होर्मुजमा मालवाहक जहाज डुब्यो, घटनाबारे अनुसन्धान जारी

तेहरान।इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को नौसेनाले होर्मुज जलडमरूमध्यमा समुद्री सुरुङ विस्फोटकमा ठोक्किएपछि एउटा मालवाहक जहाज डुबेको जनाएको छ। जारी युद्धका क्रममा समुद्री सुरुङमा ठोक्किएर जहाज डुबेको घटना पहिलो पटक सार्वजनिक भएको इरानी पक्षको भनाइ छ। यसैबीच, समुद्री यातायातसम्बन्धी अधिकारीहरूले सिंगापुरमा दर्ता भएका दुई मालवाहक जहाज मंगलबार र बुधबार जलडमरूमध्य पार गर्ने क्रममा अज्ञात वस्तुबाट प्रहारमा परेको जानकारी दिएका छन्। तीमध्ये एउटा जहाज डुबेको छ भने अर्को सुरक्षित स्थानमा पुग्न सफल भएको छ। सिंगापुरको सामुद्रिक तथा बन्दरगाह प्राधिकरणका अनुसार डुबेको जहाजमा रहेका सबै चालक दलका सदस्यलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो। दुवै घटनामा कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले यस्ता आक्रमणलाई उक्साहटरहित, औचित्यहीन तथा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनका रूपमा व्याख्या गरेको छ। यद्यपि, सिंगापुरमा दर्ता भएको डुबेको जहाज र इरानले समुद्री सुरुङमा ठोक्किएको बताएको जहाज एउटै हुन् वा होइनन् भन्ने विषयमा स्पष्ट जानकारी प्राप्त भएको छैन। इरानी अधिकारीहरूले घटनाबारे विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। इरानको सरकारी टेलिभिजनले प्रसारण गरेको रिभोलुसनरी गार्डको वक्तव्यअनुसार जहाज बुधबार बिहान इरानले अवैध तथा जोखिमपूर्ण मार्ग भनेको बाटो हुँदै यात्रा गरिरहेको समयमा समुद्री सुरुङमा ठोक्किएको थियो। प्रसारण गरिएका दृश्यमा जहाज पानीमा एकातिर ढल्किएको र त्यसबाट बाक्लो धुवाँ निस्किरहेको देखाइएको थियो। उक्त जहाजमा दुई हजार ५०० वटा कन्टेनर रहेको पनि सरकारी टेलिभिजनले जनाएको छ। यद्यपि, समाचार संस्था एसोसिएटेड प्रेसले ती दृश्यहरूको स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन। इरानले आफ्नो अनुमति बिना होर्मुज जलडमरूमध्य पार गर्ने प्रयास नगर्न जहाजहरूलाई पटक–पटक चेतावनी दिँदै आएको छ। अर्कोतर्फ, अमेरिकी सेनाले जहाजहरूलाई ओमानको तट नजिकको मार्ग हुँदै जलडमरूमध्य पार गर्न सहयोग गरिरहेको छ। साउदी अरबको अरामको मुख्यालयमा हुथी विद्रोहीको आक्रमण यसैबीच, साउदी अरबको सरकारी स्वामित्वमा रहेको तेल कम्पनी अरामको मुख्यालयमा हुथी विद्रोहीले रातिको समयमा गरेको आक्रमणबाट क्षति पुगेको क्षेत्रीय अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार आक्रमणबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा अन्य वरिष्ठ अधिकारीहरूले प्रयोग गर्ने कार्यालयहरूमा क्षति पुगेको छ। उक्त भवनको माथिल्लो तीन तलालाई लक्षित गरिएको बताइएको छ। घटनामा कुनै मानवीय क्षति नभएको उनीहरूले जानकारी दिएका छन्। मिडियासँग आधिकारिक रूपमा कुरा गर्ने अनुमति नभएकाले ती अधिकारीहरूले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा जानकारी दिएका हुन्। यसअघि बुधबार साउदी अरबको राजधानी रियादमा पनि विस्फोटका आवाज सुनिएको स्थानीय बासिन्दाहरूले बताएका थिए। घटनापछि छिमेकी यमनमा सक्रिय हुथी विद्रोहीमाथि आरोप लगाइएको थियो। पछिल्ला घटनाक्रमले मध्यपूर्वमा जारी द्वन्द्वका कारण समुद्री व्यापार, ऊर्जा पूर्वाधार र क्षेत्रीय सुरक्षामा थप चुनौती उत्पन्न भइरहेको देखाएका छन्। –रासस /एपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
ताजा खबरJust now

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं । आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको छ। यसअघि ‘स्वास्थ्य संस्थामा मातृशिशुमैत्री सेवा अभियान निर्देशिका, २०७३’ बमोजिम सञ्चालन हुँदै आएको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउन पुरानो निर्देशिकामा विभिन्न व्यवस्था थप गरी नयाँ निर्देशिका जारी गरिएको हो। नयाँ निर्देशिकाले ...

केन्द्रबिन्दु
बुद्धि कारखाना
ताजा खबरJust now

बुद्धि कारखाना

बाल्यकालमा सानोतिनो बिगार गर्दा ठूलाबडाले भन्थे, ‘पाँच पैसा दिन्छु, जा बुद्धि किनेर आइज!’ आज त्यो ठट्टा यथार्थ बनेको छ; बुद्धि साँच्चै किनेर पाइने भयो। त्यो किनेर पाइने बुद्धि हो कृत्रिम बुद्धिमत्ता (एआई), अर्थात् कारखानामा उत्पादन हुने बुद्धि। ‘बुद्धि कारखाना’ (एआई फ्याक्ट्री) एउटा यस्तो विशेष कम्प्युटिङ पूर्वाधार हो, जसले विशाल परिमाणका तथ्यांक प्रशोधन गरी कृत्रिम बुद्धिमत्ताका मोडेलहरूको विकास, प्रशिक्षण र सञ्चालन गर्छ, ...

नेपालन्युज
दसैँसँगै बाँचेका गुणबहादुरहरु
ताजा खबरJust now

दसैँसँगै बाँचेका गुणबहादुरहरु

ख्वप (भक्तपुर) । दसैँको चाडसँगै बाँचेका गुणबहादुरहरुले भक्तपुरको संस्कृतिमा टेवा पुर्‍याउँदै आएको २५ वर्ष नाघेको छ ।दसैँ भन्नासाथ मीठोमसिनो खाने, रमाइलो गर्ने भन्ने आउँछ, तर, अरुलाई मीठो खुवाउन व्यापारसँग जोडिएका गुणबहादुरहरु राँगो बिक्रीमा निरन्तर लागि पर्दै आएका छन् ।भक्तपुरमा दसैँको रौनक अलि फरक छ । भोजमा खसीबोकाभन्दा राँगाको मासुको विशेष महत्व छ । टोलटोलमा राँगो काट्ने र त्यसको ...

केन्द्रबिन्दु
दसैँसँगै बाँचेका गुणबहादुरहरु
ताजा खबरJust now

दसैँसँगै बाँचेका गुणबहादुरहरु

भक्तपुर । दसैँको चाडसँगै बाँचेका गुणबहादुरहरुले भक्तपुरको संस्कृतिमा टेवा पुर्‍याउँदै आएको २५ वर्ष नाघेको छ। दसैँ भन्नासाथ मीठोमसिनो खाने, रमाइलो गर्ने भन्ने आउँछ, तर, अरुलाई मीठो खुवाउन व्यापारसँग जोडिएका गुणबहादुरहरु राँगो... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play