चितवनमा दुई जातका अङ्गुरको परीक्षण

चितवन। पूर्वी चितवनको रत्ननगर नगरपालिकाले अङ्गुरखेतीको परीक्षण सुरुआत गरेको छ। रत्ननगर नगरपालिका–९ सिसहीमा सोनाका ग्रिन र सोनाका कालो जातको अङ्गुरको परीक्षण सुरु गरिएको हो। पालिकाको कृषि शाखा प्रमुख प्रवीण लामाका अनुसार परीक्षणस्वरुप पालिकाले चार सय वटा अङ्गुरका बिरुवा लगाएको छ। नगरपालिकाले आफ्नै निगरानीमा बिरुवा लगाएको उनले बताए। न्यानो हावापानी क्षेत्रमा हुने ती दुई जातको परिक्षण सुरु गरिएको उनले जानकारी दिए। भारतबाट बिरुवा ल्याएर परीक्षण सुरु गरिएको हो। उनले भने, “परीक्षण सफल भयो भने कृषकलाई अङ्गुरखेती गर्न प्रोत्साहन गर्ने योजना नगरपालिकाको रहेको छ।” सोनाका ब्ल्याक जातको अङ्गुर किस्मिस बनाउन प्रयोग गरिन्छ भने ग्रिन फलफूलका रुपमा खान प्रयोग गरिने उनले जानकारी दिए। नगरपालिकाले रु पाँच लाखको लागतमा आफ्नै निगरानीमा परीक्षण गरिरहेको छ। यसलाई जाइका नेपालले प्राविधिक सहयोग गरेको उनले बताए। गत असारमा अङ्गुरको बिरुवा ल्याएर रोपिएको हो। रोपेको एक वर्षपछि उत्पादन दिन थाल्ने उनले जानकारी दिए। अहिले अङ्गुर रोपिएको ठाउँको रेखदेखका लागि जाइकाले एक जना स्वयंसेवी खटाएको छ। जसले नियमित अङ्गुरको रेखदेख र वृद्धिविकासका बारेमा ध्यान दिने गरेको उनले बताए। अङ्गुरको वृद्धिविकास अहिले राम्रो भएको बताउँदै उनले भावि दिनमा उत्पादन कस्तो हुन्छ हेर्न बाँकी रहेको बताए। रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले कृषि र पर्यटन जोड्नका लागि पालिकाले परीक्षण थालेको बताए। पर्यटकीय नगरी सौराहा रत्ननगरमा पर्दछ। यहाँ आउने पर्यटकलाई अङ्गुर फारम घुमाएर कृषिसँग जोड्ने योजना रहेको उनले बताए। परीक्षण सफल भएमा यसलाई विस्तार गर्दै लगेर उद्योगका रुपमा विस्तार गर्ने योजनाअनुसार काम गरिएको उनले बताए। धानखेतीमा भन्दा यसमा आम्दानी लिन सजिलो र बढी आम्दानी हुने भएकाले खेती गरिएको हो।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्। पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्। पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...


