Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य

एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य

काठमाडौं । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यता पाएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण र खेल सञ्चालनसम्बन्धी नियम कडा हुने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले आज कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपिएल सञ्चालनका लागि आइसिसीको मापदण्डअनुसार आवश्यक व्यवस्था गरिने जानकारी दिएका हुन् । प्रतियोगितामा सहभागी विदेशी खेलाडीले सम्बन्धित क्रिकेट बोर्डबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्नेछ भने म्याच फिक्सिङ र स्पट फिक्सिङ नियन्त्रण गर्न आइसिसीको भ्रष्टाचारविरोधी आचारसंहिता लागू गरिने उनले बताए । “फ्रेन्चाइज क्रिकेटमा हुन सक्ने अनियमितता रोक्न आइसिसीको एन्टी–करपशन युनिट (एसीयू) का नियमहरू कडाइका साथ लागू गरिनेछ । नेपालको कानुन र आइसिसीको आचारसंहिता दुवै यसमा लागू हुने हुँदा खेलाडी, टिमधनी तथा सबै सरोकारवालाहरूले थप जिम्मेवार र सतर्क हुनुपर्नेछ”, सचिव खड्काले भने । उनका अनुसार आइसिसीको प्रावधानअनुसार प्रतियोगिता सुरु हुनुभन्दा अघिल्लो छ महिनाको अवधिमा गैरकानुनी वा सम्बन्धित निकायबाट स्वीकृति नलिएको क्रिकेट प्रतियोगिता खेलेका खेलाडी एनपीएलमा सहभागी हुन पाउने छैनन् । अन्तरराष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका विदेशी खेलाडीले समेत सम्बन्धित क्रिकेट बोर्डबाट एनओसी लिनुपर्ने व्यवस्था छ । “अन्तरराष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका विदेशी खेलाडीले एनपिएल खेल्नका लागि आ–आफ्नो देशको क्रिकेट बोर्डबाट अनिवार्य रूपमा एनओसी लिनुपर्नेछ । आइसिसी वा सम्बन्धित क्रिकेट बोर्डबाट स्वीकृति नलिएका प्रतियोगिताहरू एनपिएल सुरु हुनुभन्दा अघिल्लो छ महिनाको अवधिमा खेलेका खेलाडीहरू यसपटकको एनपिएलमा खेल्न योग्य हुने छैनन्”, सचिव खड्काले भने । यस प्रतियोगिताको तेस्रो संस्करण सकिएलगत्तै ६० दिनभित्र यसको समीक्षा प्रतिवेदन बुझाउनुपर्नेछ । विदेशी खेलाडीसम्बन्धी नियमः यसपटक प्रत्येक फ्रेन्चाइज टिमले कम्तीमा छ देखि बढीमा आठ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् । खेलमा सहभागी हुने अन्तिम ११ खेलाडीमा सात नेपाली र चार विदेशी खेलाडी अनिवार्य समावेश गर्नुपर्नेछ । एनपिएलमा निर्णय पुनरावलोकन प्रणाली (डिआरएस) लागू गर्ने विषयमा तयारी अन्तिम चरणमा पुगेको सचिव खड्काले जानकारी दिए । यसबारे केही दिनभित्र औपचारिक निर्णय सार्वजनिक गरिने उनले जानकारी दिए । “एनपिएलमा डिआरएस लागू गर्ने विषयमा छलफल भइरहेको छ । यसबारेमा सोमबारसम्ममा औपचारिक जानकारी दिइनेछ”, सचिव खड्काले भने । क्यानले आगामी नोभेम्बर १९ देखि २१ सम्म काठमाडौँमा आइसिसी एसिया सम्मेलन आयोजना गर्नेभएको छ । सम्मेलनमा एसियाका टेस्ट तथा एसोसिएट राष्ट्रका क्रिकेट सङ्घका अध्यक्ष, सचिव र प्रमुख कार्यकारी अधिकृत सहभागी हुने सचिव खड्काले जानकारी दिए । उनका अनुसार सम्मेलनमा एसियाली क्रिकेटको नीतिगत विकासका विषयमा छलफल हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
ताजा खबरJust now

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौं। नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ । सेनाले शनिबार अपरान्ह फूलपाती हर्ष बढाई समारोह गरेको हो । यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गरेको थियो। त्यस्तै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिका साथै ‘फूलपाती बढाइँ समारोह–२०८३’ लेखिएको व्यानर प्रदर्शन गरिएको थियो । समारोहमा सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो त्यस्तै इज्जत अर्पण ...

नेपालन्युज
चचहुई...चचहुई ! कुपोण्डोलमा दशैंको उमङ्ग
ताजा खबरJust now

चचहुई...चचहुई ! कुपोण्डोलमा दशैंको उमङ्ग

• ललितपुरको कुपोण्डोलस्थित बागमती नदी किनारमा दशैंको अवसरमा लिङ्गे पिङ खेल्ने परम्परा पुनर्जीवित भएको छ। • बालबालिकासँगै ठूला मानिसहरू पनि पिङ खेल्न उत्साहित भएर उपस्थित भएका छन्। • पिङ खेल्ने परम्पराले दसैँको मौलिकता र सामूहिक उत्सवको भावना जीवन्त बनाइरहेको छ। ...

नेपालबहस
पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती
ताजा खबरJust now

पूजा कोठा एवं दसैँ घरमा भित्र्याइयो फूलपाती

काठमाडौं । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भ्यिाइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभसाइतको प्रतीकका रुपमा उखु, ...

केन्द्रबिन्दु
सीजेपीका संस्थापक अभिजित दिपके रिहा
ताजा खबरJust now

सीजेपीका संस्थापक अभिजित दिपके रिहा

शुक्रबार दर्जनौं समर्थकहरूसँगै आन्दोलनको नेतृत्व गरेर सेन्ट्रल दिल्लीतर्फ जाँदै गर्दा कन्‍नट प्लेसबाट पक्राउ परेकी नेहा बोरा पनि शनिबार रिहा भएकी छन् ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play