भारतमा बंगलादेशजस्तै ‘शासन परिवर्तन’को षड्यन्त्र भइरहेको भाजपाको आरोप

काठमाडौं । भारतका रक्षामन्त्री तथा भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता राजनाथ सिंहले कांग्रेस र उसका सहयोगी दलहरूले निर्वाचन आयोगविरुद्ध भइरहेको आन्दोलनलाई प्रयोग गरेर देशमा राजनीतिक अस्थिरता र अराजकता फैलाउन खोजेको आरोप लगाएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सिंहले विपक्षी दलहरूले बंगलादेशको शैलीमा भारतमा ‘शासन परिवर्तन’ गर्न खोजिरहेको दाबी गरे । “शासन परिवर्तनजस्ता शब्दको प्रयोगले नै उनीहरूको लडाइँ निर्वाचन सुधार, विशेष गहन पुनरावलोकन (एसआईआर), मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमार वा युवाहरूको उज्ज्वल भविष्यका लागि नभएको स्पष्ट हुन्छ,” सिंहले भने, “बरु देशमा अराजकता सिर्जना गरेर सत्ता कब्जा गर्ने षड्यन्त्र भइरहेको छ ।” उनले देशका युवालाई अराजक राजनीतिको गोटी बनाउन खोजिएको आरोप समेत लगाए । सिंहको आरोपको प्रतिवाद गर्दै कांग्रेस सांसद पवन खेडाले विपक्षी दलको उद्देश्य निष्पक्ष निर्वाचनमार्फत सरकार परिवर्तन गर्नु रहेको बताएका छन् । “जब–जब विपक्ष सडकमा उत्रिन्छ र आन्दोलन हुन्छ, तब शासन परिवर्तनको कुरा उठ्छ । भारतजस्तो लोकतान्त्रिक मुलुकमा शासन कसरी परिवर्तन हुन्छ ? निर्वाचनमार्फत मात्रै हुन्छ,” खेडाले भने । उनले आवधिक निर्वाचनमार्फत सत्ता परिवर्तन गर्नु लोकतन्त्रमा विपक्षको संवैधानिक दायित्व र प्रमुख उद्देश्य भएको बताए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन, सर्वसाधारणसँगै लाइनमा देखिए
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले दसैँको फूलपातीका दिन आज काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गरेका छन् । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र... ...

रुसी ऊर्जामाथिको अमेरिकी प्रतिबन्धमा ट्रम्पको छुट
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित गरी लगाउन सकिने प्रतिबन्ध र शुल्कबाट छुट दिने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका छन् । गत महिना कानून... ...

हलमा लाग्यो दीपक-दीपाको फिल्म ‘छ माया छपक्कै २’
आज फूलपातीको अवसर पारेर फिल्म ‘छ माया छपक्कै २’ प्रदर्शन भएको छ। यस फिल्मले पहिलो दिन हलमा राम्रो शो पाएको छ। यस फिल्मले बक्सअफिसमा हिजोबाट प्रदर्शन भएका पल शाह अभिनीत ‘आ बाट आमा २’ र विराज भट्टको फिल्म ‘१२ गाउँ २’ भिड्नुपर्नेछ। सामाजिक र राजनीतिक विषयवस्तुमाथि बनेको यस कमेडी फिल्ममा दीपकराज गिरी, केकी अधिकारी र सनिषा भ... ...

फूलपातीका दिन गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र कुमारीको दर्शन
काठमाडौं । दसैँको फूलपातीका दिन आज गृहमन्त्री सुधन गुरुङले काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानी र जीवित देवी कुमारीको दर्शन गर्नु भएको छ । गृहमन्त्री गुरुङले आज बिहान हनुमानढोका दरबार क्षेत्र पुगेर तलेजु भवानीको पूजा आराधना गर्नुका साथै कुमारीको दर्शन गर्नुभएको हो । उहाँले सर्वसाधारणसँगै लाइनमा बसेर कुमारीको दर्शन गर्नुभएको थियो । दसैँको अवसरमा तलेजु भवानी र कुमारीको दर्शन गर्न हनुमानढोका ...


