झुट्टो उजुरी दिने व्यक्तिलाई अख्तियारले तिरायो २ हजार जरिवाना

अर्काको नाम तथा फर्जी हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिने एक व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जरिवाना तिराएको छ । आयोगले रुकुम (पश्चिम) आठबिसकोट नगरपालिका–५ का दीपक पुन मगरलाई २ हजार रुपैयाँ जरिवाना गरेको हो। नेपाल प्रहरीका एक डीआईजीले आफू अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण माग्दा उजुरी मिलाइदिने बहानामा ४० लाख रुपैयाँ मागेको, जसमध्ये १५ लाख नगद र कान्छी श्रीमतीका नाममा चेक लिएर थप धम्की दिइरहेको दाबीसहित ‘एबी राई’ को नामबाट अख्तियारमा उजुरी परेको थियो। उक्त उजुरीमाथि अनुसन्धान गर्दा उजुरीकर्ता भनिएका आङबाबु राई (एबी राई) ले आफूले उजुरी नदिएको र त्यसमा भएको हस्ताक्षरसमेत आफ्नो नभएको भनी आयोगसमक्ष सनाखत गरेका थिए। अनुसन्धानकै क्रममा दीपक पुन मगरले राईको जानकारी र सहमतिबिना नै उनको नाम र हस्ताक्षर प्रयोग गरी आफूले उजुरी दर्ता गराएको स्वीकार गरेका थिए। बयानका क्रममा पुन मगर र राई दुवैले प्रहरी डीआईजीबाट रकम माग गरिएको वा धम्की दिइएको भनिएको त्यस्तो कुनै घटना नै नभएको स्पष्ट पारेको अख्तियारले जनाएको छ । आङबाबु राईको नाम र दस्तखत दुरुपयोग गरी अरूलाई दुःख र हैरानी दिने बदनीयतले झुट्टा उजुरी दिएको पुष्टि भएपछि आयोगले पुन मगरलाई भ्रष्टाचार निवारण ऐनको दफा ४९ लगायतका प्रचलित कानुनबमोजिम २ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

दशैँमा च्याङ्ग्रा महँगियो : रोज्जाकै ५० हजार, मासु किलोको २२ सय
२९ असोज, बागलुङ । दशैँमा हिमाली भेँडा र च्याङ्ग्राको मासु खाने चलन पुरानो हो । घटस्थापनासँगै हिमालपारिको जिल्ला मुस्ताङ हुँदै च्याङ्ग्रा बागलुङ बजारमा भित्रिएका छन् । यसपटक मूल्य आकासिए पनि बागलुङमा च्याङ्ग्राको माग भने घटेको छैन । कोसेलीका रूपमा लैजान र दशैँमा च्याङ्ग्राकै मासु खाने पारखीहरूका कारण महँगो भए पनि व्यापार राम्रो भइरहेको व्यापारीहरू बताउँछन्… ...

सरकारले संसद्सँग समन्वय गर्न चाहेन : खुश्बु ओली
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले संसदको बर्खे अधिवेशन कानून निर्माणका दृष्टिले प्रभावकारी हुन नसकेको बताएकी छन् । संसद सत्तापक्ष र प्रतिपक्षबीच राजनीतिक आरोप–प्रत्यारोपमा बढी केन्द्रित हुँदा जनसरोकारका मुद्दा र कानुनी बहस ओझेलमा परेको उनको भनाइ छ । बिहीबार काठमाडौंमा आफ्नो संसदीय रिपोर्टकार्ड सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले अधिवेशनभर सरकारले संसदसँग आवश्यक समन्वय गर्न नचाहेको आरोपसमेत लगाइन् ...

ओलीको दाबी- समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यमा धक्का लागेको छ, पराजित भएका छैनौँ
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्तिको यात्रामा पछिल्लो समय धक्का लागेको बताएका छन् । केही समययताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेलेको उनको भनाइ छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एमाले) को नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै ओलीले विकासको यात्रामा धक्का लाग्दैमा ...

नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न, १५ प्रतिशत बोनस सेयर पारित
२९ असोज, काठमाडौं, नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले पन्ध्रौं वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न गरेको छ । सभाले लेखापरीक्षण प्रतिवेदन सहितको २०८३ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गरेको छ । साथै १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यस… ...


