Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मध्यपूर्वको द्वन्द्व र एआई लगानीबिच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आइएमएफको प्रक्षेपण

मध्यपूर्वको द्वन्द्व र एआई लगानीबिच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आइएमएफको प्रक्षेपण

10/13/2026, 2:57:26 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मध्यपूर्वको द्वन्द्व र एआई लगानीबिच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आइएमएफको प्रक्षेपण

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२६ को विश्व आर्थिक वृद्धिदरको प्रक्षेपण बढाएर ३.१ प्रतिशत पु¥याएको छ । यसअघि जुलाईमा गरिएको प्रक्षेपणभन्दा यो ०.१ प्रतिशत विन्दुले बढी हो । मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जा बजारमा परेको दबाब र कृत्रिम बुद्धिमत्ता (एआइ) प्रविधिमा बढ्दो लगानीले विश्व अर्थतन्त्रमा फरक–फरक प्रभाव पारिरहेका बेला आईएमएफले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो । एआइसम्बन्धी लगानीबाट लाभ लिइरहेका अर्थतन्त्रको वृद्धिले द्वन्द्वबाट प्रभावित अर्थतन्त्रको कमजोर प्रदर्शनलाई केही हदसम्म सन्तुलनमा राखेको संस्थाले जनाएको छ । आइएमएफको पछिल्लो विश्व आर्थिक परिदृश्य प्रतिवेदन ‘रेजिलियन्स अन्डर स्ट्रेन, अर्जेन्ट च्वाइसेस’ मा सन् २०२५ मा विश्व अर्थतन्त्र ३.५ प्रतिशतले विस्तार भएको अनुमान गरिएको छ । सन् २०२६ मा वृद्धिदर ३.१ प्रतिशतमा झर्ने र सन् २०२७ मा पुनः बढेर ३.४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । सन् २०२७ को प्रक्षेपण जुलाईमा गरिएको अनुमानकै बराबर हो भने अप्रिलको प्रक्षेपणभन्दा ०.२ प्रतिशत बिन्दुले बढी छ । सिमित अर्थतन्त्रमा केन्द्रित हुँदै विश्वव्यापी वृद्धि आइएमएफकाअनुसार विश्व आर्थिक वृद्धिको लाभ अब पहिलेभन्दा कम देशमा केन्द्रित हुँदै गएको छ । अप्रिलमा ५४ वटा अर्थतन्त्रले विश्वव्यापी आर्थिक वृद्धिको ९५ प्रतिशत हिस्सा ओगट्ने अनुमान गरिएकोमा पछिल्लो प्रक्षेपणमा यस्तो हिस्सा केवल ३२ अर्थतन्त्रमा केन्द्रित भएको उल्लेख छ । त्यस्तै, विश्वका करिव ४७ प्रतिशत अर्थतन्त्रको आर्थिक वृद्धिसम्बन्धी प्रक्षेपण घटाइएको छ । आइएमएफले विश्व अर्थतन्त्रलाई समग्रमा केवल सुस्त भइरहेको वा तिब्र गतिमा अघि बढिरहेको अवस्थाका रूपमा व्याख्या गर्न नमिल्ने जनाएको छ । बरु मध्यपूर्वको युद्धका कारण उत्पन्न ऊर्जा सङ्कट र एआई प्रविधिसँग सम्बन्धित मागले कुन देशको अर्थतन्त्रलाई कस्तो प्रभाव पार्छ भन्ने आधारमा आर्थिक वृद्धि फरक–फरक रूपमा बाँडिएको छ । तेलको मूल्य बढ्ने अनुमान ऊर्जा आपूर्तिमा अवरोध र मौज्दात घट्दै जानुले विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गर्न सक्ने आईएमएफले चेतावनी दिएको छ । संस्थाकाअनुसार मौज्दात तनावपूर्ण स्तरसम्म घटेमा बजारमा मूल्य अचानक बढ्न सक्छ । प्रतिवेदनमा सन् २०२६ मा कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ९५.७४ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यो सन् २०२५ को तुलनामा करिब ४१ प्रतिशत बढी हो। सन् २०२७ मा भने तेलको औसत मूल्य प्रतिब्यारेल ८७.३९ अमेरिकी डलर रहने प्रक्षेपण गरिएको छ । विश्व अर्थतन्त्रमा के प्रभाव पर्न सक्छ ? मध्यपूर्वको द्वन्द्व लम्बिँदै गएमा ऊर्जा आयातमा निर्भर देशहरूले महँगो तेल र बढ्दो उत्पादन लागतको सामना गर्नुपर्ने हुन सक्छ । यसले यातायात, उद्योग तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत दबाब सिर्जना गर्न सक्छ । अर्कोतर्फ, एआई प्रविधिमा भइरहेको लगानीले सम्बन्धित प्रविधि, पूर्वाधार र सेवामा माग बढाउन सक्छ । तर यसको लाभ सबै देशमा समान रूपमा पुग्ने सुनिश्चित छैन । समग्रमा, आईएमएफको प्रक्षेपणले विश्व अर्थतन्त्रमा वृद्धि कायम रहे पनि त्यसको लाभ सीमित अर्थतन्त्रमा केन्द्रित हुँदै गएको र मध्यपूर्वको द्वन्द्वले ऊर्जा बजार तथा आर्थिक स्थिरतामा जोखिम बढाइरहेको सङ्केत गर्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

सबै दल असफल भए, देशलाई निकास दिने शक्ति राप्रपा मात्रै हो : अध्यक्ष लिङ्देन
ताजा खबरJust now

सबै दल असफल भए, देशलाई निकास दिने शक्ति राप्रपा मात्रै हो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको राजनीतिमा अनिश्चितता र अन्योल बढिरहेको उल्लेख गर्दै देशलाई निकास दिन राप्रपा मात्रै सक्षम रहेको दाबी गर्नुभएको छ। नेपाल सनातन धर्म संस्कृति संगठनको काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले अन्य राजनीतिक दलहरू असफलताको बाटोतर्फ अघि बढिरहेको टिप्पणी गर्नुभएको हो। अध्यक्ष लिङ्देनले परम्परागत कार्यशैलीबाट मात्रै पार्टीलाई बलियो बनाउन नसकिने बताउँदै नेतृत्वदेखि कार्यकर्तासम्म सबैले ...

हिमालय टाइम्स
राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी २ अध्यादेश जारी
ताजा खबरJust now

राष्ट्रपति पौडेलद्वारा वन र भूमिसम्बन्धी २ अध्यादेश जारी

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी कानुन संशोधन गर्ने २ वटा अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद् बैठकको सिफारिसमा मंगलबार २ अध्यादेश जारी गरेका हुन् । जारी भएका अध्यादेशमा ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन […] ...

काठमाण्डुपाटी
चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित रहने आईएमएफको प्रक्षेपण
ताजा खबरJust now

चीनको आर्थिक वृद्धिदर ४.५ प्रतिशतमा सीमित रहने आईएमएफको प्रक्षेपण

• अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चीनको आर्थिक वृद्धिदर यस वर्ष ४.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ, जुन जुलाईको अनुमानभन्दा ०.१ प्रतिशत कम हो। • भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने अनुमान गरिएको छ, जुन चीनको तुलनामा उल्लेख्य रूपमा बढाइएको छ। • दक्षिण कोरिया र ताइवानको आर्थिक वृद्धिदर क्रमशः ३.३ प्रतिशत र १०.७ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play