Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बिहारमा गंगा नदीमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु, अधिकांश बालबालिका

बिहारमा गंगा नदीमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु, अधिकांश बालबालिका

10/14/2026, 8:41:15 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
बिहारमा गंगा नदीमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु, अधिकांश बालबालिका

काठमाडौं – भारतको बिहारस्थित वैशाली जिल्लाको राघोपुरमा गंगा नदी पार गर्ने क्रममा डुंगा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश बालबालिका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मङ्गलबार राति करिब साढे ८ बजे भोजमा सहभागी हुन जाँदै गरेका २५ जनाभन्दा बढी व्यक्ति एउटा सानो डुंगामा सवार थिए । नदी पार गर्ने क्रममा डुंगा पल्टिएपछि उनीहरू नदीमा डुबेका थिए । घटनालगत्तै उद्धार तथा खोजी कार्य सुरु गरिएको थियो । मृतकमध्ये पिंकी, अंकिता, सुनीता, आर्यन, अलिशा, सिकी, भोणु र मीराको सनाखत भएको प्रहरीले जनाएको छ। मृतकमध्ये अधिकांश ६ देखि १५ वर्ष उमेर समूहका बालबालिका रहेको विवरणमा उल्लेख छ । वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहका अनुसार दुर्घटनामा घाइते भएका सात जनालाई थप उपचारका लागि पटना मेडिकल कलेज तथा अस्पताल ९पीएमसीएच० पठाइएको छ। घटनास्थलमा राज्य विपद् प्रतिकार्य बल ९एसडीआरएफ० को टोलीले उद्धार तथा खोजी कार्य जारी राखेको छ । दुर्घटनापछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । उनीहरूले प्रशासनविरुद्ध नाराबाजी गर्नुका साथै घटनास्थल पुगेकी जिल्ला अधिकारी सिंहलाई घेराउ गरेर आक्रोश व्यक्त गरेका थिए । यसैबीच, दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई बिहार सरकारले जनही चार लाख भारतीय रुपैयाँ र भारतीय प्रधानमन्त्री कार्यालयले थप दुई लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको विवरणमा उल्लेख छ। घाइतेलाई जनही ५० हजार भारतीय रुपैयाँ राहत दिने निर्णयसमेत गरिएको छ । नदी पार गर्न सानो डुंगामा क्षमताभन्दा बढी यात्रु सवार थिए वा थिएनन् भन्ने विषयमा भने उपलब्ध विवरणमा स्पष्ट जानकारी छैन । दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

दसैँका लागि ल्याइएका साढे सात सय विद्युतीय गाडी मुस्ताङमै रोकिए
ताजा खबरJust now

दसैँका लागि ल्याइएका साढे सात सय विद्युतीय गाडी मुस्ताङमै रोकिए

मुक्तिनाथ (मुस्ताङ), असोज २७ गते । दसैँलाई लक्षित गरी चीनको तिब्बत हुँदै लिजी–नेचुङ (कोरला) नाकाबाट नेपाल भित्र्याइएका ठुलो सङ्ख्याका विद्युतीय सवारीसाधन (ईभी) उपल्लो मुस्ताङमै रोक... ...

गोरखापत्र
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ताजा खबरJust now

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–९ एचआइडी निवासी ५५ वर्षीय श्यामकुमार तामाङ रहेका छन्... ...

रातोपाटी
राज्यले लिने हरेक निर्णयमा सञ्चारकर्मी सचेत हुनुपर्छ : प्रेमलाल चौधरी
ताजा खबरJust now

राज्यले लिने हरेक निर्णयमा सञ्चारकर्मी सचेत हुनुपर्छ : प्रेमलाल चौधरी

मोरङका प्रेमलाल चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधि सभा सदस्य हुन्् । सुन्दरहरैँचा नगरपालिका वडा नं. १२ का चौधरी रास्वपाको समावेशी कोटाअन्तर्गत संसद् पुगेका छन् । मोरङ क्षेत्र नम्बर... ...

रातोपाटी
दशैं नजिकिँदै गर्दा पनि कलंकी खसीबजार सुनसान
ताजा खबरJust now

दशैं नजिकिँदै गर्दा पनि कलंकी खसीबजार सुनसान

काठमाडौं । दशैं नजिकिएसँगै खसीबजारमा किनमेल गर्नेको चहलपहल बढ्ने गरे पनि यस वर्ष काठमाडौंको कलंकीस्थित खसीबजारमा विगतका वर्षको तुलनामा सुनसान देखिएको छ । दशैंका लागि खसीबोका खरिद गर्ने ग्राहकको उपस्थिति अपेक्षाअनुसार नबढेको व्यापारीहरूले बताएका छन् । कलंकी खसीबजारमा विगत ८-९ वर्षदेखि व्यापार गर्दै आएका चितवनका रामहरि थापा क्षेत्रीकाअनुसार यस वर्ष बजारमा खासै चहलपहल छैन । उनकाअनुसार खसीको आपूर्तिमा ठूलो समस्या नभए ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play