ग्रिन युरिया प्लान्ट स्थापनाका लागि प्रस्ताव आह्वान

काठमाडौं। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले ग्रिन युरिया प्लान्ट स्थापनाका लागि अवधारणा, विस्तृत विवरण तथा कार्यान्वयनको ढाँचासम्बन्धी प्रस्ताव आह्वान गरेको छ। सरकारको लक्ष्य वार्षिक करिब पाँच लाख मेट्रिक टन क्षमताको प्लान्ट स्थापना गर्नु रहेको मन्त्री चौधरीले बताएकी छन्। उनका अनुसार भविष्यमा आवश्यकताअनुसार यसको उत्पादन क्षमता थप विस्तार गर्न सकिनेछ। व्यावसायिक रूपमा हरित युरिया उत्पादन गर्ने उद्योग स्थापना गर्न इच्छुक कम्पनी, संयुक्त लगानी (ज्वाइन्ट भेन्चर) तथा कन्सोर्टियमसँग अवधारणा र कार्यविधिसम्बन्धी विस्तृत प्रस्ताव आह्वान गरेको छ। प्राप्त प्रस्तावहरूको मूल्याङ्कनबाट उपयुक्त प्रविधि, लगानीको ढाँचा, प्राविधिक चुनौती, आर्थिक सम्भाव्यता र आवश्यक सरकारी सहुलियतबारे स्पष्टता प्राप्त हुनेछ। इच्छुक कम्पनी तथा लगानीकर्ताले मन्त्रालयको आधिकारिक वेबसाइट www.moafe.gov.np बाट अवधारणा तथा कार्यवधिसम्बन्धी विस्तृत विवरण प्राप्त गर्न सक्ने छन्। आवेदकले आफ्नो प्रस्ताव आगामी मंसिर १३ गते साँझ ५ः०० बजेसम्म मन्त्रालयमा भौतिक रूपमा बुझाउन वा greenurea@moafe.gov.np इमेलमार्फत पठाउन सक्ने मन्त्रालयले जनाएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

चिकित्सक नहुँदा उपचारमा समस्या
उदयपुर। जिल्ला अस्पतालमा सम्बन्धित रोगका चिकित्सक नभएपछि बिरामीहरु उपचार नगराई फर्कन बाध्य भएका छन्। उदयपुर जिल्लाको सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचार गर्न पुगेका बिरामी ओपिडीको कार्यकक्षमा पुग्दा चिकित्सक थिएनन्। उपचारका लागि ओपिडीको... ...

‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान केही पछाडि धकेलिएको छः केपी ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्लो समय धक्का लागेको बताउनुभएको छ । केही समययताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेले पनि त्यसलाई असफलता वा पराजयका रूपमा लिन नहुने उहाँको भनाइ छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एमाले) को नीति अध्ययन ...

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते
• काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु र १६ जना घाइते भएका छन्। • मृतक १८ वर्षीय सोनु बस्याल हुन्, र गम्भीर घाइते सहचालकलाई धरानको अस्पतालमा पठाइएको छ। • बसमा कुल ३५ जना सवार थिए। ...

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण
रसुवा। गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग अवरुद्ध भएपछि सङ्कटमा परेका रसुवाको लाङटाङ क्षेत्रका सबै घरधुरीका लागि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरी वितरण गरिएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-४... ...


