पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले विश्वास पराजुलीलाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङ्जामा आयोजित ट्यालेन्ट हन्टबाट विश्वास पोखरा एभेन्जर्सको आइकोनिक खेलाडी बन्नुभएको हो । यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले आगामी एनपिएलमा पोखरा एभेन्जर्सको प्रतिनिधित्व गर्नुहुनेछ । टोलीका मुख्य प्रशिक्षक अजन्था मेन्डिससहितको कोचिङ टिमले विभिन्न चरणको छनोट प्रक्रिया पूरा गरी उहाँलाई आइकोनिक खेलाडीका रूपमा छनोट गरेको हो । ट्यालेन्ट हन्टबाट तनहुँका सुप्रिम सुनार, नवलपुरका रिजन काफ्ले, कास्कीका सौरभ सिद्दिकी र स्याङ्जाका शिशिर लुइटेल पनि गण्डकी हिरोज २०२६ का लागि छनोट हुनुभएको छ । उहाँहरू पोखरा एभेन्जर्सको डेभलपमेन्ट स्क्वाडमा समावेश हुनुहुनेछ । पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले ग्रासरुट तहदेखि नै क्रिकेट प्रतिभाको पहिचान गरी उनीहरूको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले ट्यालेन्ट हन्ट आयोजना गरिएको बताउनुभयो । यसले स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै व्यावसायिक क्रिकेटमा अघि बढ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । एनपिएलको तयारीमा रहेको पोखरा एभेन्जर्सले पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रशिक्षण गरिरहेको छ । टोलीले मार्की खेलाडी कुशल भुर्तेलसहित अर्जुन कुमाल, सागर ढकाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई रिटेन गरेको छ । त्यस्तै, अक्सनबाट अर्जुन घर्ती मगर, विवेक राना मगर, सुदीप अर्याल, सन्नी बिके, विपिन आचार्य र प्रतीक पोखरेललाई टोलीमा अनुबन्ध गरेको छ । विदेशी खेलाडीका रूपमा बंगलादेशका अलराउन्डर शकिब अल हसन र श्रीलंकाका अलराउन्डर धनञ्जय लक्षणलाई अनुबन्ध गरेको पोखराले टोलीलाई बलियो बनाउने तयारी गरेको छ । पोखरा एभेन्जर्सले श्रीलंकाका पूर्वअन्तर्राष्ट्रिय खेलाडी बलापुवाडुगे अजन्था विन्स्लो मेन्डिसलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । मेन्डिस पोखरा पुगेर खेलाडीलाई प्रशिक्षण दिइरहनुभएको छ । स्थानीय प्रतिभाको पहिचान, अनुभवी खेलाडीको संयोजन र विदेशी खेलाडीको उपस्थितिसहित पोखरा एभेन्जर्स एनपिएलको तयारीमा जुटेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दिल्लीमा गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता (तस्बिहरू)
गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भारतमा भेटवार्ता भएको छ। भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङ र भारतीय समकक्षी शाहबिच मंगलबार भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय सुरक्षा सहयोग सुदृढीकरण, सीमा व्यवस्थापनको विषयमा छलफल भएको भारतका गृहमन्त्री शाहले बताएका छन्। ‘नयाँ दि... ...

टीकाअघि नै यातायात सञ्चालन हुने
काठमाडौँ, असोज २८ गते । बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण गोरखाको आरुघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरुद्ध बनेको सडक यातायात पुनः सञ्चालन... ...

विपत्तिले थलिएका नागरिकलाई चाडपर्वमै महँगीको मार
काठमाडौं । चाडपर्वको मुखमा बजारभाउ बढ्नु नेपाली उपभोक्ताका लागि नयाँ विषय होइन । तर, यसपालि महँगी झन् बढेको छ । प्राकृतिक विपत्तिले थलिएका नेपालीलाई चाडबाडमा महँगीले अर्को चोट थपेको हो । गत वर्षको तुलनामा अधिकांश उपभोग्य वस्तुमा महँगी बढेको छ । दैनिक उपभोग्य वस्तुमध्ये धेरै माग हुने चामल, दाल, चिनीमा अत्याधिक मूल्य बढाइएको छ भने कुखुरा र खसीको मासुको मूल्य ...

भोटेकोशी विपद्पछि थपिएको चुनौती
नेपाल हिमालको काखमा अवस्थित देश । प्रकृतिको बरदानको रूपमा रहेको सुन्दर हिमालले नेपालको मात्र होइन दक्षिण एसियाकै मानव सभ्यतालाई सदियौंदेखि जोगाइराखेको छ । हिमपर्वत नै पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनको प्रमुख आधार रहँदै आएको छ । आज यही हिमपर्वत अभिसापको रूपमा देखापर्दै छ । गत भदौ १० गते भोटेकोशीमा भएको हिम–प्रलयले नेपाललाई मात्र शोकमा डुबाएन, विश्वलाई समेत स्तब्ध बनायो ...


