होर्मुजमा दुई जहाजमाथि इरानी आक्रमण, एउटा पानीमुनि डुब्यो

काठमाडौं– होर्मुज जलमार्गमा सिंगापुरमा दर्ता भएका दुईवटा कन्टेनर जहाजमाथि आक्रमण हुँदा एउटा डुबेको छ । अर्को क्षतिग्रस्त भएको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले दुई हजार ५०० भन्दा बढी कन्टेनर बोकेको जहाज समुद्री बारुदी सुरुङमा ठोक्किएर डुबेको दाबी गरेको छ । तर, सिंगापुरको समुद्री तथा बन्दरगाह प्राधिकरणले भने दुवै जहाज निशानामा परेका बिताएको छ । समाचार एजेन्सी एपीका अनुसार जहाजमा आगलागी भएपछि डुबेको हो । रोयटर्सका अनुसार जीएफएस प्राइड जहाज डुबेको हो । सिंगापुरको झण्डावाल उक्त जहाजमा एकपटकमा दुई हजार ८२४ वटा कन्टेनर बोक्ने क्षमता थियो । जहाजको व्यवस्थापन तथा सञ्चालन भने संयुक्त अरब इमिरेट्सको एक कम्पनीले गर्दै आएको थियो । सिंगापुरको समुद्री तथा बन्दरगाह प्राधिकरणका अनुसार जीएफएस प्राइड अक्टोबर १३ मा आक्रमणमा परेको थियो । जहाजमा आगलागी भएपछि त्यसमा सवार सबै २१ जना चालक दलका सदस्यलाई सुरक्षित उद्धार गरिएको थियो । घटनामा कुनै मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ । आईआरजीसीले जहाज होर्मुज जलमार्गनजिकै अनुमति नदिइएको र जोखिमपूर्ण मार्गबाट अघि बढिरहेको दाबी गरेको छ । इरानले यसअघि पनि आफ्नो पक्षले तोकेको सुरक्षित मार्गबाहिर जाने जहाजले त्यसबाट उत्पन्न हुने जोखिमको जिम्मेवारी लिनुपर्ने चेतावनी दिँदै आएको थियो । घटनापछि आईआरजीसीले स्थानीय साना जहाज, डुंगा र माझीलाई समुद्रमा तैरिरहेका कन्टेनरबाट टाढा रहन आग्रह गरेको छ । ती कन्टेनरले अन्य जहाजको आवागमनमा जोखिम उत्पन्न गर्न र जलमार्ग अवरुद्ध गर्न सक्ने चेतावनी उसले दिएको छ । सिंगापुरको समुद्री तथा बन्दरगाह प्राधिकरणका अनुसार जीएफएस जिसेल अक्टोबर १४ मा अज्ञात प्रक्षेप्यास्तुको निशानामा परेको थियो । जहाजको बाहिरी संरचनामा क्षति पुगे पनि आफ्नै इन्जिनको सहायताले सुरक्षित स्थानसम्म पुग्न सफल भएको थियो । त्यसमा सवार सबै २२ जना चालक दलका सदस्य सुरक्षित रहेको प्राधिकरणले जनाएको छ । दुवै जहाजमा सिंगापुरका नागरिक चालक दलका सदस्य थिएनन् । एपी
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

नेपाल प्रहरीले सुरु गर्यो आफ्नै पोडकास्ट, के छ पहिलो एपिसोडमा ?
काठमाडौं । डिजिटल सञ्चारको माध्यमका रूपमा पोडकास्ट लोकप्रिय भइरहेका बेला नेपाल प्रहरीले पनि आफ्नै पोडकास्ट सुरु गरेको छ। नागरिकसँगको संवादलाई प्रभावकारी बनाउने, प्रहरीप्रतिको बुझाइ स्पष्ट पार्ने तथा समाजमा प्रहरीको भूमिका र अनुभवबारे खुला छलफल गर्ने उद्देश्यले प्रहरीले ‘नेपाल पुलिस पोडकास्ट’ सञ्चालनमा ल्याउन लागेको हो। नेपाल प्रहरीले बुधबार सामाजिक सञ्जालमार्फत पोडकास्टको पहिलो एपिसोडको झलक सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ। सार्वजनिक गरिएको ...

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
काठमाडौं । कास्की र मोरङका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको अवस्थामा बुधबार दिउँसो चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई सोही स्थानमा बस्ने ५० वर्षीय हिमालकुमार दाहालसमेत छन् । प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई ६१ हजार रुपैयाँ नगद र ११ थान ...
![नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो [तस्बिरहरु]](https://www.lokpath.com/wp-content/uploads/2026/10/1792034916-iKzlr.jpg)
नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो [तस्बिरहरु]
काठमाडौं । दशैँ सुरु भएसँगै काठमाडौं उपत्यकाको आकाशमा रङ्गीबिरङ्गी चङ्गा उड्न थालेका छन् । शरद ऋतुको नीलो आकाश, पारिलो घाम र मन्द बताससँगै चङ्गा उडाउने परम्पराले उपत्यकामा दशैँको रौनक थपेको छ । चङ्गा, लट्टाई र माँझा किन्ने ग्राहकको भीडले बजारका गल्लीहरू पनि उत्सवमय बनेका छन् । काठमाडौंका असन, इन्द्रचोक, भेडासिं, नयाँ बजार, पाटन तथा ठमेल […] ...

प्रस्तावित ४ न्यायाधीशविरुद्ध कात्तिक १९ गतेसम्म उजुरी दिन सकिने
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । असोज २६ गते बसेको समितिकाे बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेबाट... ...


