Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/तिब्बती भाषा पढाउन भारत लगिँदै गरिएका २५ बालबालिकाकाे उद्धार

तिब्बती भाषा पढाउन भारत लगिँदै गरिएका २५ बालबालिकाकाे उद्धार

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिब्बती भाषा पढाउन भारत लगिँदै गरिएका २५ बालबालिकाकाे उद्धार

कञ्चनपुर । तिब्बती भाषा अध्ययनका लागि भारतको देहरादुन लैजान लागिएका १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा सुरक्षा निकायले नेपाल फर्काएको छ। कञ्चनपुरको गड्डाचौकी नाका हुँदै भारत प्रवेश गरेका उनीहरूलाई बनबासास्थित चेकपोस्टमा रोकेर नेपाल फर्काइएको हो। हुम्लाको सिमकोट गाउँपालिका–८, सेयराका ती बालबालिकालाई पञ्चपविर बुढाले भारततर्फ लगेको बताइएको छ। बनबासास्थित चेकपोस्टमा पुगेपछि भारतीय पक्षले उनीहरूलाई रोकेको थियो। भारतबाट फर्काइएका सबै बालबालिकालाई कञ्चनपुर प्रहरीको जिम्मा लगाइएको छ। प्रहरीले बालबालिकालाई भारत लैजानुको उद्देश्यबारे अनुसन्धान अघि बढाएको जनाएको छ। बालबालिकालाई तिब्बती भाषा अध्ययनका लागि देहरादुन लैजान लागिएको भनिए पनि त्यहाँको कुन शैक्षिक संस्थामा भर्ना गराउने तयारी गरिएको थियो भन्ने खुल्न सकेको छैन। त्यस्तै, उनीहरूलाई भारत लैजानुअघि अभिभावकको सहमति लिइएको थियो वा थिएन भन्ने विषयसमेत स्पष्ट हुन बाँकी छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ। बालबालिकालाई भारत लैजानुको वास्तविक उद्देश्य र यसमा संलग्न व्यक्तिहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

पोखरामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
ताजा खबरJust now

पोखरामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

लेखनाथ समाचारदातालेखनाथ, असोज २९ गते । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर–१७ स्थित बालोदय चोकमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्य भएको छ ।बिहान ७ बजे भएको... ...

गोरखापत्र
दुई महिनामा सवा तीन खर्ब नाघ्यो व्यापार घाटा, निर्यातमा भने ६२ प्रतिशतको छलाङ
ताजा खबरJust now

दुई महिनामा सवा तीन खर्ब नाघ्यो व्यापार घाटा, निर्यातमा भने ६२ प्रतिशतको छलाङ

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ उल्लेख्य वृद्धि देखिएको छ। निर्यातमा उच्च वृद्धि भए पनि आयातको परिमाण निकै ठूलो... ...

रातोपाटी
साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण कर्जा दिन एफएनसीसीआईको माग
ताजा खबरJust now

साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण कर्जा दिन एफएनसीसीआईको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रवद्र्धनका लागि सहुलियतपूर्ण कर्जा, समयमै भुक्तानी र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गरेका छन् । ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई धितोको विकल्पमा नगद प्रवाह र बिलका आधारमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए । उनले कर्जा सुरक्षण कोष विस्तार, बाढी तथा विपद्बाट प्रभावित ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play