Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नीलो ड्रम हत्याकाण्ड: एक प्रेमीको ज्यान लिइन्, अब अर्का प्रेमीसँगै मृत्युदण्डको सजाय भोग्नेछिन् मुस्कान

नीलो ड्रम हत्याकाण्ड: एक प्रेमीको ज्यान लिइन्, अब अर्का प्रेमीसँगै मृत्युदण्डको सजाय भोग्नेछिन् मुस्कान

Share:WhatsAppFacebookX (Twitter)Telegram
नीलो ड्रम हत्याकाण्ड: एक प्रेमीको ज्यान लिइन्, अब अर्का प्रेमीसँगै मृत्युदण्डको सजाय भोग्नेछिन् मुस्कान

काठमाडौं । भारतको मेरठमा चर्चित ‘नीलाे ड्रम हत्याकाण्ड’ मा अदालतले मुस्कान र साहिललाई मृत्युदण्डको सजाय सुनाएको छ। बुधबार १४ अक्टोबर २०२६ मा सौरभ राजपूतको हत्या गरेको अभियोगमा अदालतले दुवैलाई मृत्युदण्ड सुनाएको हो। मर्चेन्ट नेभीमा कार्यरत सौरभसँग प्रेम विवाह गरेकी मुस्कान पछि उनैको हत्याको अभियोगमा दोषी ठहर भएकी हुन्। अदालतमा भिडियो कन्फरेन्समार्फत सुनुवाइका क्रममा न्यायाधीशले सजायबारे सोध्दा मुस्कानले आफूलाई जे उचित लाग्छ त्यही गर्न र आफ्नी छोरीको ख्याल राखिदिन आग्रह गरेकी थिइन्। प्राप्त विवरणअनुसार, मुस्कानले जेलमा रहँदा पटक–पटक कम सजाय दिन माग गरेकी थिइन्। अदालतको फैसलापछि सौरभकी आमा रेणु र भाइ बबलूले सन्तुष्टि व्यक्त गरेका छन्। यता मुस्कान र साहिलका निकटवर्तीले भने फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन्। प्रेम विवाह, बाल्यकालको साथीसँग पुनः भेट, पति–पत्नीबीचको विवाद र अन्ततः हत्यासम्म पुगेको यो घटनाले भारतभर चर्चा पाएको थियो। सौरभको हत्या गरेपछि उनको शव नीलो ड्रमभित्र राखेर सिमेन्टले पुरिएको थियो। यही कारण यो घटना ‘नीला ड्रम हत्याकाण्ड’ का रूपमा चर्चित बनेको हो। मुस्कान र सौरभको चिनजान बाल्यकालदेखि नै थियो। मुस्कानका परिवारका सदस्यका अनुसार, उनीहरू करिब ११ वर्षको उमेरदेखि एकअर्कालाई चिन्दथे। मुस्कानका हजुरबुवा ज्योतिषी थिए भने सौरभको परिवार पनि उनीहरूको घरनजिकै बस्थ्यो। सौरभकी आमा छोराको जन्मकुण्डली देखाउन मुस्कानका हजुरबुवाकहाँ जाने गर्थिन्। यही क्रममा मुस्कान र सौरभबीच नजिकको सम्बन्ध विकास हुँदै प्रेममा परिणत भएको थियो। दुवै विवाह गर्न चाहन्थे, तर फरक जातका भएकाले परिवार उनीहरूको सम्बन्ध स्वीकार गर्न तयार थिएनन्। मुस्कान वैश्य समुदायकी थिइन् भने सौरभ राजपूत समुदायका थिए। परिवारलाई विवाहका लागि मनाउन दुवैले दुई पटक घर छाडेका थिए। अन्ततः १८ वर्षको उमेरमा उनीहरूले घरबाट भागेर विवाह गरे। विवाहपछि सौरभका परिवारले उनलाई घरबाट निकालिदिएपछि दुवै भाडाको घरमा बस्न थाले। यसैबीच सौरभको जागिर गुमेपछि उनीहरू आर्थिक समस्यामा परे। सन् २०१९ मा मुस्कानको पुनः बाल्यकालका सहपाठी साहिल उर्फ मोहितसँग भेट भयो। दुवै एउटै विद्यालयमा कक्षा ८ सम्म सँगै पढेका थिए र त्यतिबेला उनीहरूबीच राम्रो मित्रता थियो। विद्यालय छाडेपछि अलग भएका उनीहरूको पुनः भेटपछि सम्पर्क बढ्दै गयो। यसैबीच सौरभ विदेश गएपछि मुस्कान एक्लै बस्न थालिन्। उनीहरूकी छोरी पीहू अधिकांश समय मामाघरमा बस्ने गर्थिन्। त्यसपछि मुस्कान र साहिल सँगै समय बिताउन थाले। समय बित्दै जाँदा मुस्कान र साहिलको सम्बन्धलाई लिएर सौरभ र मुस्कानबीच विवाद बढ्न थाल्यो। सौरभलाई उनीहरूको सम्बन्धबारे थाहा भएपछि विवाद सम्बन्धविच्छेदसम्म पुग्यो। सौरभले सम्बन्धविच्छेदका लागि अदालतमा निवेदनसमेत दिएका थिए। अर्कोतर्फ, मुस्कानले आसपासका मानिसहरूसामु साहिललाई आफ्नो भाइका रूपमा चिनाउने गरेको विवरणमा उल्लेख छ। पति–पत्नीबीचको विवाद बढेपछि मुस्कान र साहिलले सौरभको हत्या गर्ने योजना बनाएको अभियोजन पक्षको आरोप थियो। विदेशबाट फर्किएका सौरभको ३ मार्च २०२५ मा हत्या गरिएको थियो। त्यसपछि उनको शवका टुक्रा पारेर नीलो ड्रममा राखियो र सिमेन्टले बन्द गरियो। घटनापछि मुस्कान र साहिल हिमाचल गएको र पछि फर्केर शव व्यवस्थापन गर्ने प्रयास गरेको विवरणमा उल्लेख छ। १८ मार्च २०२५ मा मुस्कानले आफ्नी आमालाई हत्याबारे बताएकी थिइन्। त्यसको भोलिपल्ट आमाको सूचनाका आधारमा प्रहरीले मुस्कान र साहिललाई पक्राउ गरेको थियो। अनुसन्धानपछि मुद्दा अदालतमा पुगेको थियो। प्रहरीले १२ मे २०२५ मा अभियोगपत्र दायर गरेको थियो। अभियोजन पक्षले ३४ जना साक्षीको बयान गराएको थियो। १७ जुनमा मुस्कान र साहिलविरुद्ध हत्या तथा प्रमाण नष्ट गरेको आरोप तय भएको थियो। ४ जुलाईमा सौरभका भाइ बबलूले अदालतमा बयान दिएका थिए। त्यसपछि परिवारका सदस्य, प्रहरीकर्मी, चिकित्सक, चक्कु तथा ड्रम बिक्री गर्ने व्यक्तिलगायतको बयान लिइएको थियो। १९ डिसेम्बरमा नीलो ड्रम र ट्रली ब्यागलाई प्रमाणका रूपमा अदालतमा प्रस्तुत गरिएको थियो। २१ अगस्ट २०२६ मा मुस्कान र साहिलका वकिलहरूले अन्तिम बहस सुरु गरेका थिए। १७ सेप्टेम्बरमा बहस सकिएपछि ३० सेप्टेम्बरमा अदालतले दुवैलाई दोषी ठहर गरेको थियो। जिल्ला सरकारी अधिवक्ता केके चौबेका अनुसार, १४ अक्टोबर २०२६ मा अदालतले दुवैलाई मृत्युदण्डको सजाय सुनाएको हो। फैसलापछि सौरभकी आमा रेणु र भाइ बबलूले सन्तुष्टि जनाएका छन् भने मुस्कान र साहिलका निकटवर्तीले उच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

पोखरामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
ताजा खबरJust now

पोखरामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

लेखनाथ समाचारदातालेखनाथ, असोज २९ गते । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर–१७ स्थित बालोदय चोकमा बिहीबार बिहान भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्य भएको छ ।बिहान ७ बजे भएको... ...

गोरखापत्र
दुई महिनामा सवा तीन खर्ब नाघ्यो व्यापार घाटा, निर्यातमा भने ६२ प्रतिशतको छलाङ
ताजा खबरJust now

दुई महिनामा सवा तीन खर्ब नाघ्यो व्यापार घाटा, निर्यातमा भने ६२ प्रतिशतको छलाङ

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ उल्लेख्य वृद्धि देखिएको छ। निर्यातमा उच्च वृद्धि भए पनि आयातको परिमाण निकै ठूलो... ...

रातोपाटी
साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण कर्जा दिन एफएनसीसीआईको माग
ताजा खबरJust now

साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण कर्जा दिन एफएनसीसीआईको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले साना तथा मझौला उद्यमको प्रवद्र्धनका लागि सहुलियतपूर्ण कर्जा, समयमै भुक्तानी र प्रशासनिक प्रक्रिया सरलीकरण गर्न सरकारसँग माग गरेका छन् । ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले साना व्यवसायीलाई धितोको विकल्पमा नगद प्रवाह र बिलका आधारमा कर्जा उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए । उनले कर्जा सुरक्षण कोष विस्तार, बाढी तथा विपद्बाट प्रभावित ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play