Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/रेडक्रसले बिदुर नगरपालिकाका बाढी पीडितलाई तत्काल १ लाख रुपैयाँ दिने

रेडक्रसले बिदुर नगरपालिकाका बाढी पीडितलाई तत्काल १ लाख रुपैयाँ दिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
रेडक्रसले बिदुर नगरपालिकाका बाढी पीडितलाई तत्काल १ लाख रुपैयाँ दिने

नुवाकोट । नेपाल रेडक्रस सोसाइटीले गत भदाै १० को भोटेकोसी बाढी पीडित परिवारलाई आर्थिक सहयोग लगायत अन्य विभिन्न प्रतिकार्यका कार्यक्रम अगाडि बढाएको छ। रेडक्रसले बाढीमा बेपत्ताको खोज उद्धार पश्चात नगद सहित प्रतिकार्यका थप कार्यक्रम अगाडि बढाएको हो। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तरराष्ट्रिय महासङ्घ ( आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले बाढी प्रभावित क्षेत्रको अवलोकनपछि पीडितलाई सहयोग गर्ने घोषणा गरेका थिए। यसका लागि नेपाल रेडक्रस सोसाइटी र विदुर नगरपालिकाबीच बाढीको प्रतिकार्य, पुनःलाभ तथा पुनःस्थापनाका लागि सहकार्य भएको छ। बाढीबाट प्रभावित समुदायको तत्कालीन मानवीय आवश्यकता सम्बोधन गर्नुका साथै पुनःलाभ, पुनःस्थापना र भविष्यमा हुनसक्ने विपद् एवं जलवायुजन्य जोखिमप्रति उत्थानशीलता अभिवृद्धिका लागि सहकार्य गर्ने उद्देश्यले साझेदारी भएको हो। विदुर नगर प्रमुख राजन श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनाल, नेपालस्थित आइएफआरसीका नेपाल प्रमुख डेभिड फिसर र नेपाल रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतापत्रमा स्वास्थ्यसम्बन्धी सहायता, खानेपानी सरसफाइ तथा स्वच्छता, आवास तथा आश्रय सहायता, मर्मत तथा पुनःस्थापना, जीविकोपार्जन तथा आर्थिक पुनःलाभ, नगद सहायता तथा आवश्यकतामा आधारित नगद सहयोग र विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा समुदायको उत्थानशीलता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्ने उल्लेख गरिएको रेक्रसव्दारा जारी विज्ञप्तिमा उल्लेख छ। सम्झौताअनुसार रेडक्रसले बाढीका कारण बेपत्ता परिवारका एकल महिला, अभिभावक गुमाएका बालबालिका तथा ज्येष्ठ नागरिक भएका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ तथा दुई हजार घरधुरीलाई बहुद्देश्यीय नगद सहायता रु १५ हजार उपलब्ध गराउने छ। यसैगरी, एक हजार परिवारलाई जीविकोपार्जन पुनःस्थापना सहायता, दुई हजार घरधुरीलाई स्थायी आवासको व्यवस्था नभएसम्म घरभाडा भुक्तानी, ६०० घरधुरीलाई सङ्क्रमणकालीन आवासको व्यवस्थापन रेडक्रसले गर्ने समझदारीपत्रमा उल्लेख छ। यसैगरी, रेडक्रसले बाढीका कारण प्रभावित विदुर खानेपानी आयोजनाको साढे सात किलोमिटर पाइपलाइनको मर्मतका साथै बिदुर, बुधसिँघाट, सिर्खाली र महारानिडिही क्षेत्रमा ३० हजार जनसङ्ख्या लाभान्वित हुनेगरी खानेपानी प्रणालीको मर्मत तथा पुनःस्थापना गर्नेछ। यस्तै, स्वास्थ्य तथा सामाजिक पूर्वाधारको पुनर्निर्माण तथा पुनःस्थापना, आधारभूत स्वास्थ्य तथा आपतकालीन स्वास्थ्य सेवा, विद्यालय तथा शैक्षिक पूर्वाधारको पुनःस्थापना, शिविर व्यवस्थापना तथा प्रभावित व्यक्तिको सहयोगलगायत क्षेत्रमा रेडक्रसले काम गर्ने समझदारीपत्रमा उल्लेख छ। समझदारीअन्तर्गतका कार्यक्रम तथा गतिविधिको समन्वय, मार्गदर्शन, अनुगमन तथा समीक्षा गर्न नगरप्रमुख वा नगरप्रमुखले तोकेको प्रतिनिधिको संयोजकत्वमा संयुक्त समन्वय तथा कार्यक्रम सञ्चालन समिति गठन गरिनेछ। सो अवसरमा रेडक्रसका महामन्त्री खनालले बाढी प्रभावित क्षेत्रका नागरिकको बहुपक्षीय सहयोगमा रेडक्रसको निरन्तर क्रियाशिलता रहने जनाउँदै निर्धारित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह र रेडक्रसका संरचनाहरुको प्रभावकारी समन्वयमा जोड दिए। आइएफआरसीका नेपाल प्रमुख फिसरले मानवीय सहयोग निरन्तर जारी रहने जानकारी दिँदै यो सहकार्यले अकल्पनीय बाढी प्रतिकार्यमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे। बिदुर नगर प्रमुख श्रेष्ठले रेडक्रसको प्रभावित क्षेत्रमा सहयोग गर्ने तत्परता र क्रियाशिलताले बाढी प्रभावित क्षेत्रको पुनस्र्थापना र नागरिकको सहज जीवन यापनका लागि महत्वपूर्ण योगदान पुग्ने बताए। उनले विपदलाई अवसरका रुपमा समेत लिँदै रेडक्रससंगको प्रभावकारी सहकार्य मार्फत विपदको पीडालाई बिस्मृतिमा पुर्‍याउन स्थानीय तह क्रियाशील रहने प्रतिबद्धता ब्यक्त गरे। रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नेपाल प्रहरीले सुरु गर्‍यो आफ्नै पोडकास्ट, के छ पहिलो एपिसोडमा ?
ताजा खबरJust now

नेपाल प्रहरीले सुरु गर्‍यो आफ्नै पोडकास्ट, के छ पहिलो एपिसोडमा ?

काठमाडौं । डिजिटल सञ्चारको माध्यमका रूपमा पोडकास्ट लोकप्रिय भइरहेका बेला नेपाल प्रहरीले पनि आफ्नै पोडकास्ट सुरु गरेको छ। नागरिकसँगको संवादलाई प्रभावकारी बनाउने, प्रहरीप्रतिको बुझाइ स्पष्ट पार्ने तथा समाजमा प्रहरीको भूमिका र अनुभवबारे खुला छलफल गर्ने उद्देश्यले प्रहरीले ‘नेपाल पुलिस पोडकास्ट’ सञ्चालनमा ल्याउन लागेको हो। नेपाल प्रहरीले बुधबार सामाजिक सञ्जालमार्फत पोडकास्टको पहिलो एपिसोडको झलक सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ। सार्वजनिक गरिएको ...

केन्द्रबिन्दु
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
ताजा खबरJust now

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं । कास्की र मोरङका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको अवस्थामा बुधबार दिउँसो चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई सोही स्थानमा बस्ने ५० वर्षीय हिमालकुमार दाहालसमेत छन् । प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई ६१ हजार रुपैयाँ नगद र ११ थान ...

हिमालय टाइम्स
नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो [तस्बिरहरु]
ताजा खबरJust now

नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो [तस्बिरहरु]

काठमाडौं । दशैँ सुरु भएसँगै काठमाडौं उपत्यकाको आकाशमा रङ्गीबिरङ्गी चङ्गा उड्न थालेका छन् । शरद ऋतुको नीलो आकाश, पारिलो घाम र मन्द बताससँगै चङ्गा उडाउने परम्पराले उपत्यकामा दशैँको रौनक थपेको छ । चङ्गा, लट्टाई र माँझा किन्ने ग्राहकको भीडले बजारका गल्लीहरू पनि उत्सवमय बनेका छन् । काठमाडौंका असन, इन्द्रचोक, भेडासिं, नयाँ बजार, पाटन तथा ठमेल […] ...

लोकपथ
प्रस्तावित ४ न्यायाधीशविरुद्ध कात्तिक १९ गतेसम्म उजुरी दिन सकिने
ताजा खबरJust now

प्रस्तावित ४ न्यायाधीशविरुद्ध कात्तिक १९ गतेसम्म उजुरी दिन सकिने

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । असोज २६ गते बसेको समितिकाे बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेबाट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play