Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत ब्याज दिने ऋणपत्र बिक्री खुला

राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत ब्याज दिने ऋणपत्र बिक्री खुला

10/15/2026, 9:01:20 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत ब्याज दिने ऋणपत्र बिक्री खुला

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ नामको ऋणपत्रमार्फत लगानीकर्ताबाट रकम जुटाउन लागेको हो । सात वर्ष अवधि रहेको ऋणपत्रमा प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता निष्कासन गरिनेछ । यस ऋणपत्रमा लगानी गर्नेले तोकिएको ब्याजदरअनुसार प्रतिवर्ष ६ प्रतिशत ब्याज पाउनेछन् । ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि कर कट्टा गरेर भुक्तानी गरिने बैंकले जनाएको छ । कुल निष्कासित ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ । बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि छुट्याइएको हिस्सामध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । ऋणपत्रमा आवेदन दिन चाहने लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम आवेदन सीमा भने निष्कासनमा उपलब्ध सम्पूर्ण कित्तासम्म रहेको छ । बिक्री छिटोमा कात्तिक १० गते र ढिलोमा कात्तिक १२ गते बन्द हुनेछ । मागअनुसार आवेदन नपरेमा तोकिएको अन्तिम मितिसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी–आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखामार्फत वा ‘मेरो सेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्कासनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले बैंकलाई ‘केयरएनपी सिंगल ए प्लस’ इस्युअर रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले बैंकले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमताका सम्बन्धमा पर्याप्त सुरक्षा रहेको संकेत गर्छ । यद्यपि, क्रेडिट रेटिङले लगानीको जोखिम पूर्ण रूपमा समाप्त भएको वा प्रतिफलको ग्यारेन्टी भएको जनाउँदैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

नेपाल प्रहरीले सुरु गर्‍यो आफ्नै पोडकास्ट, के छ पहिलो एपिसोडमा ?
ताजा खबरJust now

नेपाल प्रहरीले सुरु गर्‍यो आफ्नै पोडकास्ट, के छ पहिलो एपिसोडमा ?

काठमाडौं । डिजिटल सञ्चारको माध्यमका रूपमा पोडकास्ट लोकप्रिय भइरहेका बेला नेपाल प्रहरीले पनि आफ्नै पोडकास्ट सुरु गरेको छ। नागरिकसँगको संवादलाई प्रभावकारी बनाउने, प्रहरीप्रतिको बुझाइ स्पष्ट पार्ने तथा समाजमा प्रहरीको भूमिका र अनुभवबारे खुला छलफल गर्ने उद्देश्यले प्रहरीले ‘नेपाल पुलिस पोडकास्ट’ सञ्चालनमा ल्याउन लागेको हो। नेपाल प्रहरीले बुधबार सामाजिक सञ्जालमार्फत पोडकास्टको पहिलो एपिसोडको झलक सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ। सार्वजनिक गरिएको ...

केन्द्रबिन्दु
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
ताजा खबरJust now

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं । कास्की र मोरङका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको अवस्थामा बुधबार दिउँसो चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई सोही स्थानमा बस्ने ५० वर्षीय हिमालकुमार दाहालसमेत छन् । प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई ६१ हजार रुपैयाँ नगद र ११ थान ...

हिमालय टाइम्स
नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो [तस्बिरहरु]
ताजा खबरJust now

नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो [तस्बिरहरु]

काठमाडौं । दशैँ सुरु भएसँगै काठमाडौं उपत्यकाको आकाशमा रङ्गीबिरङ्गी चङ्गा उड्न थालेका छन् । शरद ऋतुको नीलो आकाश, पारिलो घाम र मन्द बताससँगै चङ्गा उडाउने परम्पराले उपत्यकामा दशैँको रौनक थपेको छ । चङ्गा, लट्टाई र माँझा किन्ने ग्राहकको भीडले बजारका गल्लीहरू पनि उत्सवमय बनेका छन् । काठमाडौंका असन, इन्द्रचोक, भेडासिं, नयाँ बजार, पाटन तथा ठमेल […] ...

लोकपथ
प्रस्तावित ४ न्यायाधीशविरुद्ध कात्तिक १९ गतेसम्म उजुरी दिन सकिने
ताजा खबरJust now

प्रस्तावित ४ न्यायाधीशविरुद्ध कात्तिक १९ गतेसम्म उजुरी दिन सकिने

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । असोज २६ गते बसेको समितिकाे बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेबाट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play