अवैध रूपमा नेपाल बसेका १० विदेशी पक्राउ

काठमाडौं। अवैध रूपमा नेपाल प्रवेश गरी काठमाडौंको विभिन्न स्थानमा बसोबास गरिरहेका १० जना विदेशी नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बुधबार उनीहरूलाई पक्राउ गरी थप कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमा बुझाइएको छ। पक्राउ पर्नेहरूमा ४५ वर्षीय मोहमद मुक्तर होसेन, ३९ वर्षीय अब्बास अली, ४६ वर्षीय रफिक आलम, ४० वर्षीय मोहम्मद अरिफ सोसन, ३० वर्षीय अजिजुल र २९ वर्षीय अब्दुल रहेका छन्। त्यसैगरी, ३७ वर्षीय मोहम्मद आलम करिम, ३६ वर्षीय मेहेताब मण्डल, २० वर्षीय रातुल ईस्लाम र ३० वर्षीय बसर खानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १८ गणको टोलीले पक्राउ गरेको हो। उक्त गण विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षाका लागि खटिने विशेष टोली हो। पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन अध्यागमन विभागलाई जिम्मा लगाइएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ
काठमाडौं । काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार अपराह्न आपसी विवादका क्रममा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ का रोशन पाख्रिन घाइते भएका थिए । कुटपिटबाट बेहोस भएका पाख्रिनलाई उपचारका लागि कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा ...

के–के हुन् सात प्रदेशका असल अभ्यास ?
विराटनगर । कोशी प्रदेशको विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सातै प्रदेशका तर्फबाट केही असल अभ्यासहरू प्रस्तुत भए । ती असल अभ्यासहरू एक अर्को प्रदेशले नमुनाका रूपमा लिन सक्ने भन्दै सम्मेलनमा प्रस्तुत भएका... ...

खगेन्द्र सुनारले आयोगमा बुझाए लिखित जवाफ, तीन विषयलाई नोटिसमा राखेर हुँदैछ छानबिन
राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले सांसद खगेन्द्र सुनारमाथि तीन विषयमा केन्द्रित रहेर छानबिन तीव्र पारेको छ। महिला हिंसा, ज्यान मार्ने धम्की र बालबालिकासम्बन्धी विषयलाई गम्भीर रुपमा लिँदै मिहीन छानबिन गरिरहेको आयोगका एक सदस्य बताउँछन्। ‘महिला हिंसा, ज्यान मार्ने धम्की र बालबालिका सम्बन्धी विषय पनि जोडिएको भएर अहिलेसम्म हामीले यो घटनालाई ... ...

मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा
काठमाडौँ।यस वर्षको मनसुन आजदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो । मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहेको महाशाखाले बताएको छ । ...


