Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार अपराह्न आपसी विवादका क्रममा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ का रोशन पाख्रिन घाइते भएका थिए । कुटपिटबाट बेहोस भएका पाख्रिनलाई उपचारका लागि कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । घटनामा पक्राउ परेका अन्य दुई जनाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

गृहमन्त्री गुरुङ भारत भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता
ताजा खबरJust now

गृहमन्त्री गुरुङ भारत भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी भएका थिए । नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण ...

कर्पोरट खबर
काला सागरमा ड्रोन आक्रमणमा रुसको सङ्लग्नताको आशङ्का, ११ जना बेपत्ता
ताजा खबरJust now

काला सागरमा ड्रोन आक्रमणमा रुसको सङ्लग्नताको आशङ्का, ११ जना बेपत्ता

काठमाडौँ । बुल्गेरियाले गत साता काला सागरमा चारवटा व्यावसायिक जहाजमाथि भएका ड्रोन आक्रमणमा रुसको सङ्लग्नता हुन सक्ने आशङ्का व्यक्त गरेको छ। आक्रमणमा दुईवटा जहाज डुबेका छन् । यद्यपि, रुसी सङ्लग्नता... ...

रातोपाटी
गृहमन्त्री गुरुङ स्वदेश फिर्ता
ताजा खबरJust now

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी भएका थिए । नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play