भारतीय ब्रान्डको इलेक्ट्रिक स्कुटर ‘जेलियो’ अब नेपाली बजारमा

काठमाडौं । भारतको चर्चित इलेक्ट्रिक स्कुटर ब्रान्ड जेलियोले अब नेपालमा पनि व्यावसाय विस्तार गरेको छ । यही असोज २६ गते सोमबार एक कार्यक्रमका बिच उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेलियोको पहिलो स्वरुम उद्घाटन गरेका हुन । जेलियोलाई नेपालमा गो ग्रिन बिजनेस एन्ड सोलुसन प्रा.ली.ले भित्राएको हो । नेपालमा विद्युतीय सवारीसाधन बजारमा विस्तार भइरहेका बेला जेलियो इलेक्ट्रिक स्कुटरले आफ्नो उपस्थिति विस्तार गर्दै आधुनिक, किफायती तथा वातावरणमैत्री व्यक्तिगत यातायातको नयाँ विकल्प प्रस्तुत गरेको जनाएको छ। सर्वसाधारणहरूको दैनिक आवागमनलाई सहज, किफायती र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ जेलियोले विभिन्न मोडलका इलेक्ट्रिक स्कुटरहरू नेपाली बजारमा उपलब्ध गराएको जनाएको छ। जेलियो इलेक्ट्रिक स्कुटरमा आकर्षक तथा आधुनिक डिजाइनसँगै दैनिक प्रयोगलाई ध्यानमा राखेर उच्च दक्षताको इलेक्ट्रिक मोटर, आधुनिक ब्याट्री प्रविधि, डिजिटल डिस्प्ले, आरामदायी राइडिङ, राम्रो स्टोरेज क्षमता तथा सुरक्षा सुविधाहरू जस्ता विशेषताहरू रहेको जनाइएको छ । नेपालमा बढ्दो विद्युतीय सवारीसाधनको मागलाई ध्यानमा राख्दै जेलियोले ग्राहकलाई कम सञ्चालन खर्च, वातावरणमैत्री यात्रा र आधुनिक प्रविधिको अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। जेलियो इभी स्कुटर खरिद गर्ने ग्राहकहरूका लागि कम्पनी तथा आधिकारिक डिलर नेटवर्कमार्फत उपलब्ध मोडल र योजनाअनुसार फाइनान्स तथा एक्सचेन्ज सुविधा, टेस्ट राइड सुविधा तथा बिक्रीपछिको सेवा तथा मर्मत सम्भार र स्पेयर पार्ट्स तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

काठमाडौँमा ट्राफिक कारबाही: तीन दिनमा २९४ चालक कारबाहीमा
काठमाडौं। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले सवारी साधनमाथिको निगरानी र कारबाहीलाई तीव्रता दिएको छ। घटस्थापनाको दिन असोज २५ गतेदेखि मंगलबारसम्मको अवधिमा २९४ जना चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ। विशेष ट्राफिक चेकजाँचका क्रममा यान्त्रिक अवस्था ठीक नभएका ६० वटा सार्वजनिक सवारी साधन र तीव्र गतिमा चलाइएका ७६ वटा सवारी साधनलाई कारबाही गरिएको हो। यसैगरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १४९ ...

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस
राँझा (बाँके) – नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका नगर बस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन् । उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा ४ थान ४१ सिटे र ३ थान ३६ सिटे बस ३ करोड ५८ लाख ११ हजार ४१५ मा खरिद गरेको थियो । खरिद गरेको ८ वर्षमै नगर बस प्रयोगविहीन […] ...

गुणस्तरीय शिक्षाबिना समाजको विकास सम्भव छैन : मन्त्री घिमिरे
अर्घाखाँची : लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेले गुणस्तरीय शिक्षाबिना समाजको विकास सम्भव नहुने बताएका छन्। उनले शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै विकास निर्माणका काम पारदर्शी र गुणस्तरीय ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। सामाजिक विकास डिभिजन कार्यालय तौलिहवाले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको आर्थिक वर्ष २०८३/८… ...

बाजुराका मतदाताको नामावली अद्यावधिक
बाजुरा । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ। जिल्ला निर्वाचन कार्यालयले दोहोरो दर्ता, मृत्यु भएका मतदाता तथा ठाउँसारी गरेका मतदाताको विवरण अद्यावधिक गरेको हो । यस क्रममा ५८९ मतदाताको... ...


