Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

Share:WhatsAppFacebookX (Twitter)Telegram
औषधि व्यवस्था विभागद्वारा ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौं।औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ थरिका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ। यही असोज २० गते औषधि व्यवस्था विभागका महानिर्देशकस्तरीय निर्णयअनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिस पत्रलगायतको खारेज गरिएको जनाएको छ। औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विभागले सार्वजनिक सूचना जारी गरी विभिन्न कम्पनीका ४७ थरिका नयाँ औषधि आयात गर्न र नयाँ उत्पादन गर्न रोक लगाइएको हो। यद्यपि विभागले अहिले बजारमा बिक्री वितरण हुँदै आइरहेका ती औषधिको भने बिक्री वितरणमा भने रोक नलगाइएको जनाएको छ। ‘इम्युनो सप्रेसन्ट’ वर्गका औषधिहरूको गुणस्तर, सुरक्षा तथा ‘क्रस कन्टामिनेसन’ को जोखिम न्यूनीकरण गर्न लागि विभागको जोखिम मूल्याङ्कनसम्बन्धी २०८३ जेठ २१ गते जारी गरिएको सार्वजनिक सूचनाबमोजिम कार्य हुँदै आइरहेको थियो। जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक भएका औषधिहरूको सन्दर्भमा उक्त औषधिहरूको आपूर्ति शृङ्खलाको सन्तुलन कायम राख्न बढीमा तीन महिनाका लागि उत्पादन–पैठारी अनुमति प्राप्त गरेका औषधिहरूको आयात गर्दा सोको प्रज्ञापनपत्रसहित हालको मौज्दात विवरण सम्बन्धित उत्पादक–पैठारीकर्ताले यस विभागमा अविलम्ब पेस गर्न समेत अनुरोध गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

भारत, चीन र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
ताजा खबरJust now

भारत, चीन र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौँ । सरकारले चीन, भारत र अमेरिका लगायत देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन भएको छ । बुधबार बसेको संसदीय समितिको बैठकले ती देशका लागि सिफारिस नाम अनुमोदन गरेको हो... ...

रातोपाटी
दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम
ताजा खबरJust now

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१/८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक उपकरण आयात गर्न कूल रु नौ अर्बभन्दा बढी रकमको सिफारिस गरेको छ। नेपल दूरसञ्चार प्राधिकरणमार्फत उपकरण आयातका लागि रु तीन... ...

रातोपाटी
अब हुलाकमार्फत घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड
ताजा खबरJust now

अब हुलाकमार्फत घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड

काठमाडौं । नेपाल टेलिकमका ग्राहकले अब हुलाक सेवामार्फत घरमै सिमकार्ड प्राप्त गर्न सक्ने भएका छन् । नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा बुधबारदेखि सिमकार्ड घरमै पुर्‍याउने सेवा सुरु गरिएको हो । हुलाक सेवा विभागमा बुधबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले सेवाको शुभारम्भ गर्नुभयो । उहाँले हुलाक सेवामार्फत सिमकार्डसमेत प्राप्त गर्नुभएको थियो । सेवाको शुभारम्भ गर्दै मन्त्री तिमल्सिनाले ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play