Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अब हुलाकमार्फत घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड

अब हुलाकमार्फत घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
अब हुलाकमार्फत घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड

काठमाडौं । नेपाल टेलिकमका ग्राहकले अब हुलाक सेवामार्फत घरमै सिमकार्ड प्राप्त गर्न सक्ने भएका छन् । नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा बुधबारदेखि सिमकार्ड घरमै पुर्‍याउने सेवा सुरु गरिएको हो । हुलाक सेवा विभागमा बुधबार आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले सेवाको शुभारम्भ गर्नुभयो । उहाँले हुलाक सेवामार्फत सिमकार्डसमेत प्राप्त गर्नुभएको थियो । सेवाको शुभारम्भ गर्दै मन्त्री तिमल्सिनाले हुलाक सेवाको देशव्यापी सञ्जालको उपयोग गरी सिमकार्ड वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले सेवाग्राहीलाई तोकिएको समयभन्दा अगावै सिमकार्ड पुर्‍याउने प्रयास गर्न र वितरणमा लाग्ने समय तथा सेवाग्राहीको सन्तुष्टिका आधारमा सेवामा सुधार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । हुलाक सेवाको क्षमता विस्तार गरी भविष्यमा एक–दुई दिनको सट्टा केही घण्टाभित्रै सामग्री डेलिभरी गर्न सक्ने व्यवस्था गरिने पनि उहाँले बताउनुभयो । विशेषगरी सहरी क्षेत्रमा छिटो सेवा उपलब्ध गराउन सकिने उहाँको भनाइ थियो । मन्त्री तिमल्सिनाले हुलाक सेवाको विद्यमान क्षमता र सीमालाई ध्यानमा राख्दै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो । सिमकार्ड वितरणमा लाग्ने समय र सेवाग्राहीको प्रतिक्रियाको मूल्याङ्कन गरी आवश्यक सुधार गर्दै जानुपर्ने उहाँले बताउनुभयो । सरकारी स्वामित्वका नेपाल टेलिकम र हुलाक सेवा विभागबीचको सहकार्यले टेलिकमका सेवा नागरिकको पहुँचमा पुर्‍याउन सहज हुने विश्वास मन्त्री तिमल्सिनाले व्यक्त गर्नुभयो । यसबाट नेपाल टेलिकमका ग्राहकले थप सुविधा पाउनुका साथै हुलाक सेवासमेत प्रभावकारी बन्ने उहाँको अपेक्षा छ । नागरिकलाई प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउन राज्यका सबै निकायले समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
ताजा खबरJust now

इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं। नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत महामहिम लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा राजदूत लिस्टियोवातीले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् । समारोहमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत तथा ग्लोबल आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि सहभागी भएका थिए । राजदूत लिस्टियोवातीलाई लाजिम्पाटदेखि राष्ट्रपति कार्यालयसम्म परम्परागत बग्गीबाट राष्ट्रपति कार्यालय शीतलनिवाससम्म ...

केन्द्रबिन्दु
मुलुकमा पैसा र ऊर्जाको कमी छैन, नीतिगत स्थिरता र लगानीको वातावरण चाहियो : अञ्जन श्रेष्ठ
ताजा खबरJust now

मुलुकमा पैसा र ऊर्जाको कमी छैन, नीतिगत स्थिरता र लगानीको वातावरण चाहियो : अञ्जन श्रेष्ठ

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालमा लगानीका लागि पुँजी, ऊर्जा र उद्यमीको कुनै कमी नरहेको तर नीतिगत अस्थिरता र लगानीमैत्री वातावरणको अभावले अर्थतन्त्र सुस्त बनेको बताएका छन्... ...

रातोपाटी
माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित, रोशन केसी पुनः अध्यक्ष
ताजा खबरJust now

माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश पारित, रोशन केसी पुनः अध्यक्ष

• माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारणसभाले शेयरधनीलाई ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ, जसमा ३ प्रतिशत नगद र ३ प्रतिशत बोनस शेयर समावेश छन्। • रोशन केसीलाई आगामी चार वर्षका लागि बैंकको सञ्चालक समितिको अध्यक्षमा पुनः नियुक्त गरिएको छ। • बैंकले आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ९५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play