Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Business/दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

Share:WhatsAppFacebookX (Twitter)Telegram
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली

काठमाडौं । दसैँ भित्रिएसँगै काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुको चहलपहल बढेको छ । वर्ष दिनपछि परिवारसँग भेटघाट गर्ने, मान्यजनको हातबाट टीका–जमरा लगाउने र आफन्तसँग खुसी साटासाट गर्ने आशासहित धेरैजना आफ्नो गाउँ फर्किरहेका छन् ।

तर, यस वर्षको दसैँमा विगतका वर्षमा जस्तो उल्लास र उमङ्ग भने सबैको अनुहारमा देखिँदैन । देशमा देखिएका विभिन्न विपद्, आर्थिक मन्दी, महँगी र पारिवारिक जिम्मेवारीका कारण कतिपयका लागि दसैँ खुसीसँगै पीडा र बाध्यताको पर्व पनि बनेको छ ।

वर्ष दिनपछि गाउँ फर्किनेहरूका अनुभव र दसैँप्रतिको दृष्टिकोण फरक–फरक छन् । कसैलाई बाल्यकालको दसैँको सम्झनाले तानिरहेको छ भने कसैलाई घरमा पर्खिरहेका वृद्ध आमाबुबासँग भेट्ने चाहनाले गाउँ पुर्याइरहेको छ । कतिपय भने मनमा दुःख बोकेरै भए पनि वर्ष दिनमा आउने चाड मनाउन गाउँ फर्किन बाध्य छन् ।

एक वर्षपछि घर फर्किँदै, जिम्मेवारी थपिँदै

स्कुल बसमा काम गर्ने भुपेस तामाङ एक वर्षपछि घर फर्किँदै छन् । दसैँ नजिकिँदा उनलाई सबैभन्दा बढी आमाबुबा र दिदीबहिनीको सम्झना आउँछ । बाल्यकालमा दसैँको जिम्मेवारी बुबाआमाले सम्हाल्ने गरेपनि अहिले आफैँले जिम्मेवारी लिनुपर्दा दसैँको अनुभव बदलिएको उनको भनाइ छ ।

‘दसैँ भन्नेबित्तिकै आमाबुबा र दिदीबहिनीहरूको याद आउँछ, घरको याद आउँछ,’ उनी भन्छन्, ‘पहिले बुबाआमाले जिम्मेवारी सम्हाल्नुहुन्थ्यो । अहिले आफैँले जिम्मेवारी लिनुपर्दा धेरै फरक महसुस हुँदो रहेछ ।’

आर्थिक गतिविधिमा आएको मन्दीले आफूहरूलाई पनि असर गरेको तामाङ बताउँछन् । व्यापार–व्यवसायमा देखिएको सुस्तताका कारण पहिलेको जस्तो उत्साह र चहलपहल नरहेको उनको अनुभव छ । विगतका वर्षमा दसैँको समयमा बसपार्कमा देखिने रौनक यसपालि कम भएको उनी बताउँछन् ।

यद्यपि, उनी दसैँलाई परिवारसँग भेटघाट गर्ने र खुसी साट्ने अवसरका रूपमा लिन्छन् । उनले आमाबुबा, दिदीबहिनी तथा सम्पूर्ण नेपालीलाई दसैँको शुभकामना दिएका छन् ।

बाल्यकालको दसैँ सम्झँदै सुनिता

सिन्धुपाल्चोककी सुनिता सापकोटा पनि झन्डै एक वर्षपछि दसैँ मनाउन गाउँ फर्किँदै छिन् । काठमाडौँमा डेरा गरेर बस्दै आएकी उनलाई दसैँमा गाउँ पुगेर बुबाआमासँग भेटघाट गर्ने अवसरले खुसी दिएको छ ।

तर, बाल्यकालको दसैँ र अहिलेको दसैँमा धेरै अन्तर रहेको उनको अनुभव छ । पहिले दसैँमा हुने रमाइलो, साथीभाइसँगको भेटघाट र पिङ खेलेका क्षण अहिले पनि उनको सम्झनामा ताजा छन् ।

‘दसैँ भन्नेबित्तिकै पिङ खेल्ने, साथीहरूसँग गफ गर्ने र सँगै बसेर रमाइलो गर्ने कुरा याद आउँछ,’ उनी भन्छिन् ।

अहिले भने जिम्मेवारी बढेको र परिस्थितिसमेत बदलिएकाले पहिलेको जस्तो खुसी महसुस नभएको उनी बताउँछिन् । देशमा अहिले आएको विपद्को अवस्थाका कारण दसैँ मनाउन नसक्ने र विभिन्न समस्यामा परेका मानिसहरू पनि रहेको उनको बुझाइ छ ।

यसपालि उनको दसैँको योजना आफन्तको घरमा जाने, भेटघाट गर्ने र परिवारसँग समय बिताउनेमा सीमित छ । पहिलेको जस्तो रमाइलो नभए पनि परिवारसँग भेट्ने अवसरलाई उनी महत्त्वपूर्ण मान्छिन् ।

छोरीदेखि बुहारीसम्म, दसैँको अर्थ बदलिँदै

एक वर्षपछि गाउँ फर्किँदै गरेकी जुना मिजारका लागि दसैँ परिवारसँग बसेर मनाउने पर्व हो । गाउँका सबैजनालाई सम्झँदै उनी यसपालि परिवारसँगै बसेर टीका लगाउने र रमाइलो गर्ने योजनामा छिन् । सानी छोरी भएकाले टाढा घुम्न जाने योजना भने छैन ।

यात्राका लागि टिकट पाएको र बाटो पनि राम्रै रहेको जानकारी पाएकाले उनी गाउँ फर्किन लागेकी हुन् ।

मिजारका लागि दसैँको अर्थ समयसँगै बदलिएको छ । बाल्यकालमा दसैँ कहिले आउला भनेर दिन गन्दै बस्ने गरेको सम्झना उनलाई अहिले पनि छ ।

‘पहिला दसैँ कहिले आउँछ भनेर दिन गनेर बसिन्थ्यो । बुबा, दाजुहरू काठमाडौँबाट घर कहिले आउनुहुन्छ भनेर पर्खिन्थ्यौँ,’ उनी भन्छिन् ।

समयसँगै छोरीबाट बुहारी बनेपछि दसैँ मनाउने तरिका र जिम्मेवारी पनि बदलिएको उनको अनुभव छ । विवाहपछि परिवार र जिम्मेवारी थपिँदा बाल्यकालको जस्तो स्वतन्त्र रमाइलो गर्न नसकिने उनी बताउँछिन् ।

परिवारबाट टाढा विदेशमा रहेका नेपालीहरूको पीडा पनि उनले महसुस गरेकी छन् । बाध्यताले विदेशिनुपरेका नेपालीलाई जहाँ भए पनि खुसीसाथ दसैँ मनाउन उनी शुभकामना दिन्छिन् ।

शोक र बाध्यताबीच दसैँ मनाउन गाउँ फर्किँदै

दोलखाको शैलुङ गाउँपालिकाकी स्मृति बुढाथोकी पनि गाउँ फर्किँदै छिन् । उनले यात्राका लागि एक महिनाअघि नै टिकट लिएकी थिइन् । दसैँमा गाउँ जानुपर्ने पारिवारिक बाध्यता भए पनि यस वर्षको परिस्थितिले उनलाई पहिलेको जस्तो खुसी दिएको छैन ।

देशमा बाढीपहिरोका घटना र विभिन्न दुःखद घटनाका कारण दसैँको उल्लास कम भएको उनको भनाइ छ । यस्तो अवस्थामा दसैँ मनाउनुभन्दा शोकमा परेका परिवारको पीडा सम्झनुपर्ने अवस्था रहेको उनी बताउँछिन् । तर, घरमा वृद्ध बुबा भएकाले गाउँ फर्किनुपर्ने उनको बाध्यता छ ।

‘दसैँ त नमनाउँदा पनि हुने हो, देशमा यस्तो शोक परेको बेला नजानु नै राम्रो हुन्थ्यो । तर घरमा बुबा हुनुहुन्छ, त्यसैले जानैपर्ने भयो,’ उनी भन्छिन् ।

गाउँ पुगेपछि घर लिपपोत गर्ने, परिवारसँग बस्ने, टीका लगाउने र पिङ खेलेर रमाइलो गर्ने उनको योजना छ । टाढा घुम्न जाने वा अनावश्यक खर्च गर्ने सोच भने छैन ।

बुढाथोकी दसैँमा आफ्नो आर्थिक अवस्थाअनुसार खर्च गर्नुपर्ने बताउँछिन् । अरूलाई देखाउनकै लागि खर्च बढाउनुभन्दा आफ्नो क्षमताअनुसार चाड मनाउनु उचित हुने उनको सुझाव छ ।

महँगो टिकट र पारिवारिक जिम्मेवारी

आकाश विश्वकर्माका लागि दसैँ भनेको गाउँघरको सम्झना, परिवारसँगको भेटघाट र बाल्यकालको रमाइलो पुनः अनुभव गर्ने अवसर हो । घरमा आमाहरू छोराछोरी आउने प्रतीक्षामा रहेको सम्झँदै उनी बालबालिकासहित गाउँ फर्किँदै छन् ।

‘घरमा आमाहरू हुनुहुन्छ, छोराहरू आउँछन् भनेर पर्खेर बस्नुभएको छ । वर्ष दिनमा आउने चाड भएकाले गाउँ जानैपर्याे,’ उनी भन्छन् ।

तर, यसपालि गाउँ फर्किन सहज छैन । सवारीसाधनमा चाप बढेको, टिकट पाउन कठिन भएको र भाडासमेत महँगिएको उनको गुनासो छ । पहिले ३५०–४०० रुपैयाँ पर्ने टिकट अहिले ५०० रुपैयाँभन्दा कममा पाउन कठिन भएको उनी बताउँछन् ।

यात्रा महँगो भए पनि परिवारसँग दसैँ मनाउने चाहनाले उनलाई गाउँ जान प्रेरित गरेको छ । बालबालिकालाई गाउँ लैजाने, परिवारसँग बस्ने र वर्ष दिनको चाड मनाउने उनको योजना छ ।

तर, यस वर्षको दसैँमा उनलाई व्यक्तिगत खुसीभन्दा बढी देशमा भइरहेका दुःखद घटनाले पिरोलेको छ । विशेषगरी रसुवा र केरुङ क्षेत्रका बाढीपहिरोका घटनाले प्रभावित परिवारको पीडा सम्झँदा दसैँको खुसी अपूरो लागेको उनी बताउँछन् ।

कमाउनका लागि घरबाट टाढा गएका कतिपय नेपाली विपद्मा परेका र उनीहरूका परिवार अहिले पनि प्रियजनको प्रतीक्षामा रहेको सम्झँदा आफूलाई दुःख लाग्ने उनको भनाइ छ ।

‘कति जना श्रीमान् कमाएर फर्किनुहुन्छ भनेर घरपरिवार कुरिबसेका थिए । तर, बाढीपहिरोले परिवारमा दुःख निम्त्याएको छ,’ उनी भन्छन् ।

विश्वकर्मा धनी र गरिब सबैले आ–आफ्नो अवस्थाअनुसार दसैँ मनाउने गरेको बताउँछन् । दुःख–सुख जे भए पनि नेपालीहरू आफ्नो क्षमताअनुसार चाड मनाउन जुट्ने उनको अनुभव छ । उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र समृद्धिको कामनासहित विजया दशमीको शुभकामना दिएका छन् ।

दसैँ उही, अनुभूति फरक

दसैँ नेपालीहरूको प्रमुख चाड हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट आशीर्वाद लिने, टीका–जमरा लगाउने र आफन्तसँग खुसी साट्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ । यही अवसरमा रोजगारी, अध्ययन तथा विभिन्न बाध्यताले सहरमा बस्दै आएका मानिस गाउँ फर्किने गर्छन् ।

तर, समयसँगै दसैँ मनाउने शैली र अनुभूतिमा परिवर्तन आएको छ । बाल्यकालमा दसैँको प्रतीक्षा गर्नेहरू अहिले परिवार र आर्थिक जिम्मेवारी सम्हालिरहेका छन् । पहिले रमाइलोका लागि गाउँ फर्किनेहरू अहिले वृद्ध आमाबुबाको हेरचाह र पारिवारिक दायित्व पूरा गर्न गाउँ पुगिरहेका छन् ।

यस वर्ष बाढीपहिरो तथा अन्य दुःखद घटनाले प्रभावित परिवारका लागि दसैँको खुसी अझै अपूरो छ । रोजगारी र आर्थिक समस्याका कारण कतिपयलाई चाड मनाउनसमेत कठिन भइरहेको छ । यातायातको चाप र महँगो भाडाले गाउँ फर्किने यात्रुको यात्रा पनि सहज छैन ।

तैपनि, परिवारसँग भेट्ने चाहना, गाउँघरको सम्झना र वर्ष दिनमा आउने चाड मनाउने परम्पराले मानिसहरूलाई गाउँतर्फ डोर्याइरहेको छ । कसैका लागि दसैँ बाल्यकालको सम्झना हो, कसैका लागि पारिवारिक जिम्मेवारी र कसैका लागि दुःखबीच खुसी खोज्ने प्रयास ।

अन्ततः दसैँको वास्तविक खुसी महँगो किनमेल वा तडकभडकमा मात्र सीमित छैन । परिवारसँगको भेटघाट, आपसी सद्भाव, दुःखमा परेकाप्रति सहानुभूति र आफ्नो क्षमताअनुसार चाड मनाउनु नै यस पर्वको महत्त्वपूर्ण पक्ष हो । यस वर्ष गाउँ फर्किरहेका यात्रुका अनुभवले पनि दसैँको रौनकसँगै नेपाली समाजले भोगिरहेका आर्थिक, सामाजिक र मानवीय चुनौतीलाई उजागर गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

शोरूम विस्तार गर्दै कजारिया रमेश टायल्स, अप्सरा सप्लायर्स सञ्चालनमा
अर्थतन्त्रJust now

शोरूम विस्तार गर्दै कजारिया रमेश टायल्स, अप्सरा सप्लायर्स सञ्चालनमा

कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो आधिकारिक डिलर नेटवर्क विस्तार गर्ने क्रममा वीरगंजमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ। कम्पनीले अप्सरा सप्लायर्समार्फत नयाँ शोरूम सञ्चालनमा ल्याउँदै वीरगंज ...

अर्थडबली
जापानलाई उछिन्दै भारत चौथो ठूलो अर्थतन्त्र बन्ने, जीडीपी ४५ खर्ब २० अर्ब डलर पुग्ने प्रक्षेपण
अर्थतन्त्रJust now

जापानलाई उछिन्दै भारत चौथो ठूलो अर्थतन्त्र बन्ने, जीडीपी ४५ खर्ब २० अर्ब डलर पुग्ने प्रक्षेपण

काठमाडौं । भारत सन् २०२७ मा जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरिएको छ। अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) का अनुसार भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४५ खर्ब २० अर्ब अमेरिकी डलर पुग्ने अनुमान छ। जापान भने छैटौँ स्थानमा झर्ने अपेक्षा गरिएको छ। नाममात्रको जीडीपीका आधारमा जापान यस वर्ष विश्वको चौथो ठूलो अर्थतन्त्र रहनेछ। तर, सन् २०२७ मा भारत र … ...

आर्थिक न्यूज
माउन्ट एभरेस्ट डिस्टिलरीले बजारमा ल्यायो ‘माउन्ट गोल्ड’ र ‘ब्ल्याक पर्ल’
अर्थतन्त्रJust now

माउन्ट एभरेस्ट डिस्टिलरीले बजारमा ल्यायो ‘माउन्ट गोल्ड’ र ‘ब्ल्याक पर्ल’

काठमाडौँ / नेपालमा विगत १८ वर्षदेखि स्पिरिट्स उत्पादन गर्दै आएको माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले प्रिमियम सेग्मेन्टअन्तर्गत दुई नयाँ ब्रान्ड माउन्ट गोल्ड र ब्ल्याक पर्ल बजारमा ...

अर्थडबली
नेप्सेमा लगातार छैटौँ दिन पनि वृद्धि, कारोबार रकम साढे ४ अर्ब नाघ्यो
अर्थतन्त्रJust now

नेप्सेमा लगातार छैटौँ दिन पनि वृद्धि, कारोबार रकम साढे ४ अर्ब नाघ्यो

काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ। पछिल्लो पाँच कारोबार दिनदेखि बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। नेप्सेसँगै कारोबार रकमसमेत बढेको छ। यस दिन नेप्से परिसूचक ४.५६ अंक बढेर २६२५.८२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स १.०१ अंक, फ्लोट इन्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३४ अंक बढेक… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play