Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बुढीगण्डकी बाढी : ३१४ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

बुढीगण्डकी बाढी : ३१४ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बुढीगण्डकी बाढी : ३१४ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

गोरखा । सिरिङ्गे हिमालमा गएको हिमपहिरोका कारण उइन्गुलुङ खोला थुनिएर बुढीगण्डकी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा पुनर्निर्माणका काम तीव्र पारिएको छ। बाढी प्रभावित क्षेत्रबाट १९ विदेशी नागरिकसहित ३१४ जनाको उद्धार गरिएको छ भने पाँच जना स्थानीय अझै सम्पर्कविहीन छन्। सम्पर्कविहीन व्यक्तिहरूको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा बाढी प्रभावित क्षेत्रमा अहिलेसम्म ७०३ जना सुरक्षाकर्मी खटाइएको छ। बाढीका क्रममा आरुघाट जलमापन केन्द्रमा बुढीगण्डकी नदीको सतह खतराको तह पाँच मिटर नाघेर ८.४३ मिटरसम्म पुगेको थियो। सम्भावित जोखिमबाट नागरिकलाई सुरक्षित राख्न करिब दुई लाख जनालाई पूर्वसूचना पठाइएको थियो। बाढीको अवस्था अनुगमन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन प्राधिकरणको कमान्ड पोस्टले तत्काल बैठक बसेर आवश्यक परिचालन सुरु गरेको थियो। बाढीले गोरखा र धादिङका दुई सयभन्दा बढी घरमा क्षति पुर्‍याएको छ। त्यसैगरी, करिब डेढ सय चौँरीगाई तथा भेडाबाख्रा बगाएको प्रारम्भिक विवरण छ। बाढीका कारण खानेपानी आयोजना, निर्माणाधीन जलविद्युत् आयोजना, विद्यालयलगायतका संरचनामा समेत क्षति पुगेको छ। मनास्लु पदमार्ग तथा गोरखा–धादिङ जोड्ने मुख्य सडकका तीनवटा पक्की पुल र दुईवटा झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ। यसले प्रभावित क्षेत्रको यातायात तथा आवागमनमा थप समस्या सिर्जना गरेको छ। यसैबीच, सरकारले विपद्पछिको राहत वितरण र पुनर्निर्माणलाई तीव्रता दिएको छ। सोमबार काठमाडौंबाट हवाई साधनमार्फत गोरखाको फिलिममा चार हजार २७० किलोग्राम खाद्यान्न र एक हजार ९०० लिटर हवाई इन्धन ढुवानी गरिएको छ। उक्त सामग्रीमार्फत प्रभावित क्षेत्रमा आपत्कालीन राहत वितरण अघि बढाइएको छ। अवरुद्ध सडक तथा पुल पुनः सञ्चालनमा ल्याउनसमेत काम भइरहेको छ। आरुघाट–सल्यानटार जोड्ने पुल सञ्चालनमा ल्याउन हेटौँडाबाट बेलिब्रिजका सामग्री ल्याएर निर्माण कार्य तीव्र पारिएको छ। त्यस्तै, छेपारे भीरमा एक्स्काभेटर परिचालन गरी दोभान–सल्लेरी सडक खुलाउने प्रयास भइरहेको छ। सरकारले दसैँअघि नै बाढीका कारण अवरुद्ध भएका सबै सडक सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ। खोजी तथा उद्धार कार्यसँगै प्रभावित परिवारलाई राहत उपलब्ध गराउने र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्ने कामलाई निरन्तरता दिइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग
ताजा खबरJust now

इजरायली कृषि प्रविधि र लगानी भित्र्याउन प्रस्तावित राजदूत कर्णसँग सांसद विष्टद्वारा योजना माग

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै जिज्ञासा राखेका छन्। मंगलबार बसेको संसदीय... ...

रातोपाटी
मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी
ताजा खबरJust now

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

मुस्ताङ । मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी भएको छ । असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले बेनी—जोमसोम सडक दुई सातासम्म अवरुद्ध हुँदा स्याउ... ...

रातोपाटी
अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री
ताजा खबरJust now

अधिकार हस्तान्तरणमा ढिलाइ भयो: लुम्बिनी मुख्यमन्त्री

​लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण र कानुन संशोधनमा ढिलाइ भएको बताएका छन्। उनले प्रदेश सरकारलाई सबल र सक्षम बनाउन संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए। ​सम्मेलनमा मुख्यमन्त्री आचार्यले संविधानले दिएका एकल अधिकार तथा साझा सूचीका अधिकारहरू अझै पनि संघ सरकारले हस्तान्तरण नगरेको गुनासो गरे। उनले भने, &lsquo... ...

नेपालखबर
पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली
ताजा खबरJust now

पोखराको आइकोनिक खेलाडीमा विश्वसा पराजुली

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सको आइकोनिक खेलाडीमा विश्वास पराजुली छनोट भएका छन्।  पोखरा रंगशालास्थित क्रिकेट मैदान र स्याङजामा भएको ट्यालेन्ट हन्टबाट विश्वास आइकोनिक खेलाडीका रुपमा छनोट भएका हुन्। यसअघि गण्डकी हिरोज टपमा रहिसकेका विश्वासले एनपीएलमा पोखराको प्रतिनिधित्व गर्नेछन्।  पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक अजन्था मेन्ड... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play