Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ स्पेसएक्सको नयाँ कार्गो मिसनः २,८०० किलोभन्दा बढी वैज्ञानिक सामग्रीसहित ‘ड्रागन’ उडानमा

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ स्पेसएक्सको नयाँ कार्गो मिसनः २,८०० किलोभन्दा बढी वैज्ञानिक सामग्रीसहित ‘ड्रागन’ उडानमा

10/15/2026, 10:31:18 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रतर्फ स्पेसएक्सको नयाँ कार्गो मिसनः २,८०० किलोभन्दा बढी वैज्ञानिक सामग्रीसहित ‘ड्रागन’ उडानमा

अमेरिकी अन्तरिक्ष संस्था (नासा) र निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) का लागि नयाँ व्यावसायिक आपूर्ति अभियान सफलतापूर्वक सुरु गरेका छन् । मंगलबार बिहान फ्लोरिडास्थित केप कानाभेरल स्पेस फोर्स स्टेसनबाट २ हजार ८६० किलोग्राम कार्गो तथा वैज्ञानिक उपकरण बोकेर स्पेसएक्सको ‘ड्रागन’ अन्तरिक्ष यानले पृथ्वीको कक्षतर्फ उडान भरेको हो । अमेरिकी स्थानीय समयअनुसार मंगलबार बिहान ६ः३३ बजे (१०३३ जीएमटी) स्पेसएक्सको शक्तिशाली ‘फाल्कन–९’ रकेटमार्फत उक्त कार्गो यान प्रक्षेपण गरिएको थियो । अन्तरिक्ष उडानको पहिलो चरण सफलतापूर्वक पूरा गरी रकेटको मुख्य बुस्टर पृथ्वीमा फर्किएर केप कानाभेरल स्पेस फोर्स स्टेसनमै सुरक्षित अवतरण भएको छ । यसले अन्तरिक्ष उडान प्रविधिमा स्पेसएक्सको पुनःप्रयोगयोग्य क्षमतालाई पुनः पुष्टि गरेको छ । नासाकाअनुसार ड्रागन अन्तरिक्ष यानले बिहीवार बिहान पूर्वीय समयअनुसार ११ः०० बजे (१५०० जीएमटी) अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रसँग स्वचालित रूपमा सम्पर्क (डकिङ) स्थापित गर्ने तालिका छ । अन्तरिक्ष केन्द्रमा तैनाथ वैज्ञानिक तथा अन्तरिक्ष यात्रीहरूका लागि दैनिक उपभोग्य वस्तु, खाद्य सामग्री तथा दर्जनौँ नयाँ अनुसन्धान उपकरणहरू उक्त यानमा पठाइएको छ । यस मिसनअन्तर्गत पठाइएका वैज्ञानिक सामग्रीहरू चिकित्सा र ऊर्जा क्षेत्रका लागि विशेष महत्त्वपूर्ण मानिएका छन्। जसमा सूक्ष्म गुरुत्वाकर्षण (माइक्रोग्य्राभिटी) मा कृत्रिम आँखाको पर्दा (रेटिना) उत्पादन गर्ने हार्डवेयर, जटिल औषधि परीक्षणलाई गति दिन तयार पारिएका थ्री–डी मुटुको तन्तुका मोडेलहरू र अन्तरिक्ष केन्द्रका लागि आवश्यक अन्तिम सेटको रोल–आउट सोलार एरे (आइरोसा) समावेश छन्।्ल्लड्रागन यान आगामी नोभेम्बर महिनाको मध्यसम्म अन्तरिक्ष केन्द्रमै रहनेछ । मिसन सम्पन्न भएपछि त्यहाँबाट गरिएका समय–संवेदनशील वैज्ञानिक अनुसन्धानका नमुना तथा फोहोर सामग्री बोकेर उक्त यान पृथ्वीतर्फ फर्कनेछ र क्यालिफोर्नियाको तटीय समुन्द्रमा अवतरण (स्प्लासडाउन) गर्नेछ । यो मिसन नासाका लागि स्पेसएक्सले सञ्चालन गरेको ३५ औँ व्यावसायिक आपूर्ति सेवा मिसन हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

करदाता प्रोत्साहन उपहार कात्तिक १ गते खोलिने
ताजा खबरJust now

करदाता प्रोत्साहन उपहार कात्तिक १ गते खोलिने

गोरखापत्र अनलाइनकाठमाडौं, असोज २९ गते । आन्तरिक राजस्व विभागद्वारा पाक्षिक रूपमा सञ्चालन हुने करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत सम्वत् २०८३ आश्विन १६ गतेदेखि ३१ गतेसम्मको... ...

गोरखापत्र
बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि शिक्षा मन्त्रालयद्वारा सातै प्रदेशमा छलफल
ताजा खबरJust now

बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि शिक्षा मन्त्रालयद्वारा सातै प्रदेशमा छलफल

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले वार्षिक बजेट तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि सातै प्रदेशमा तीन दिने अभिमुखीकरण तथा कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । सरकारद्वारा सञ्चालित शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने तथा विद्यालय शिक्षा ऐनलाई व्यावहारिक, समयसापेक्ष र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यले मन्त्रालयले शिक्षा क्षेत्रका सरोकारवालासँग शिक्षा संवाद तथा कार्यशाला सञ्चालन गरेको हो । बजेटमार्फत अघि सारिएका शिक्षा क्षेत्रका कार्यक्रमलाई प्रभावकारी रूपमा ...

टक्सार
म्यानपावर व्यवसायी खड्का पक्राउ
ताजा खबरJust now

म्यानपावर व्यवसायी खड्का पक्राउ

काठमाण्डु – म्यानपावर व्यवसायी कैलाश खड्का पक्राउ परेका छन् । नेपाली कामदारलाई सिडिकेटमार्फत रोजगारीका लागि मलेसिया पठाइ दिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले उनलाई काठमाण्डुबाट पक्राउ गरेको हो । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिण्डिकेट खडा गरेको र अर्बौ रुपैयाँ ठगी गरेको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । प्रधानमन्त्रीको निर्देशनपछि नेपाल प्रहरीको […] ...

काठमाण्डुपाटी
गुणस्तरहीन पाइएपछि ‘स्वास्थ्य श्री’ तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन
ताजा खबरJust now

गुणस्तरहीन पाइएपछि ‘स्वास्थ्य श्री’ तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । बजार अनुगमनका क्रममा गुणस्तरहीन पाइएपछि सरकारले ‘स्वास्थ्य श्री’ ब्रान्डको तोरीको तेल बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त तेलको बिक्री वितरणमा रोक लगाउँदै सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट फिर्ता गर्न आदेश जारी गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतको विभागले बबरमहलस्थित कार्यालयबाट गरिएको प्रयोगशाला परीक्षणमा चितवनमा उत्पादित उक्त तोरीको तेल न्यूनस्तरको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play