Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/गुणस्तरहीन पाइएपछि ‘स्वास्थ्य श्री’ तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन

गुणस्तरहीन पाइएपछि ‘स्वास्थ्य श्री’ तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
गुणस्तरहीन पाइएपछि ‘स्वास्थ्य श्री’ तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । बजार अनुगमनका क्रममा गुणस्तरहीन पाइएपछि सरकारले ‘स्वास्थ्य श्री’ ब्रान्डको तोरीको तेल बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त तेलको बिक्री वितरणमा रोक लगाउँदै सम्बन्धित ब्याचका सबै उत्पादन बजारबाट फिर्ता गर्न आदेश जारी गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय मातहतको विभागले बबरमहलस्थित कार्यालयबाट गरिएको प्रयोगशाला परीक्षणमा चितवनमा उत्पादित उक्त तोरीको तेल न्यूनस्तरको पाइएको जनाएको छ। विभागका महानिर्देशक सञ्जिवकुमार कर्णका अनुसार चितवनको खैरहनीस्थित रिलायबल नेपाल एग्रो लिमिटेडले उत्पादन गरेको एक लिटरको ‘स्वास्थ्य श्री’ ब्रान्डको तोरीको तेल गुणस्तर परीक्षणमा न्यूनस्तरको पाइएको हो। आयातित तोरीको दानाबाट उत्पादन गरिएको उक्त तेलको ब्याच नम्बर ‘आरपी ०५’ रहेको छ। उत्पादन मिति सन् २०२६ सेप्टेम्बर १ उल्लेख गरिएको तेलको उपभोग्य अवधि नौ महिना रहेको विभागले जनाएको छ। खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा (२) अनुसार विभागले उक्त ब्याच नम्बरका सम्पूर्ण उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो। सोही दफाको उपदफा (४) अनुसार उक्त तेलको थप बिक्री वितरण नगर्न र नगराउनसमेत आदेश दिइएको छ। विभागको निर्देशनसँगै सम्बन्धित ब्याचको तेल बजारबाट फिर्ता गर्नुपर्ने भएको छ। उपभोक्ताले खरिद गरेको तेलको ब्रान्ड, ब्याच नम्बर र उत्पादन मिति जाँच गर्नु उपयुक्त हुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई अर्थमन्त्री वाग्लेको आग्रह
ताजा खबरJust now

बाढीपछिको पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई अर्थमन्त्री वाग्लेको आग्रह

भेटवार्तामा अर्थमन्त्री डा. वाग्लेले विपद्पछिको पुनरुत्थान, जलवायु उत्थानशील पुनर्निर्माण र नेपालका दीर्घकालीन आर्थिक प्राथमिकताहरू अगाडि बढाउन स्रोत परिचालन गर्न बैंकका अध्यक्ष मासातो कान्दालाई आग्रह गरे । ...

कान्तिपुर
आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
ताजा खबरJust now

आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा सो आयोगको आर्थिक वर्ष... ...

रातोपाटी
खल्तीबाइ आईएमईका नयाँ डिजिटल सेवा सार्वजनिक
ताजा खबरJust now

खल्तीबाइ आईएमईका नयाँ डिजिटल सेवा सार्वजनिक

खल्तीबाइ आइएमईले डिजिटल भुक्तानी, पर्सनल फाइनान्स, डिजिटल कनेक्टिभिटी तथा लगानी सम्बन्धी सहित डिजिटल इकोसिस्टम विस्तार गरेको छ। खल्तीले फिनटेक एक्स्पो २०२६ को अवसर पारेर विभिन्न नयाँ डिजिटल सेवा सार्वजनिक गरेको हो। फिनटेक एलाइन्सले आयोजना गरेको एक्स्पोमा खल्ती कार्ड्स, ई–सिम तथा पर्सनल फाइनान्स च्यालेन्ज, खल्ती प्रो, स्ट्राइप र खल्ती स्टक हब सार्वजनिक गरिएको छ। ... ...

नेपालखबर
खगेन्द्र सुनारले पठाए पार्टी अनुशासन आयोगलाई लिखित जवाफ, के हुन्छ बाँकी प्रक्रिया ?
ताजा खबरJust now

खगेन्द्र सुनारले पठाए पार्टी अनुशासन आयोगलाई लिखित जवाफ, के हुन्छ बाँकी प्रक्रिया ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाएका छन् । एक महिलासँग सांसद सुनारले आपत्तिजनक लाञ्छना लगाउनुको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play