Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Others/मुस्ताङी च्याङ्ग्रा बेच्न गोठालासँगै जनप्रतिनिधिहरु पोखरामा

मुस्ताङी च्याङ्ग्रा बेच्न गोठालासँगै जनप्रतिनिधिहरु पोखरामा

10/13/2026, 3:07:03 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
मुस्ताङी च्याङ्ग्रा बेच्न गोठालासँगै जनप्रतिनिधिहरु पोखरामा

नेपालीहरूको महान चाड बडादशैँको रन्को गाउँ–शहरमा फैलिन थाल्दा गण्डकीको मुख्य व्यापारिक केन्द्र पोखरामा छुट्टै चहलपहल थपिन्छ । त्यो चहलपहल हो, समुन्द्री सतहदेखि ४ हजार मिटरभन्दा अग्लो तिब्बती सीमावर्ती पठारबाट हिँडाएर ल्याइने रैथाने हिमाली च्याङ्ग्राको आगमन । यसपालि मुस्ताङको बारागुङ मुक्तिक्षेत्र, उपल्लो डोल्पाको विकट खर्कहरू र दार्चुलाको हिमाली खण्डबाट १३ हजारभन्दा बढी च्याङ्ग्रा पोखरा ओराल्ने लक्ष्य राखिएको छ । हिमाली हावापानी र स्वच्छ प्राकृतिक खर्कमा चरेका यी च्याङ्ग्राहरू केवल मासुका लागि मात्र होइनन्, नेपाली मौलिक चाडपर्वको अभिन्न सांस्कृतिक र आर्थिक धरोहर हुन् । तर यो यात्रा सहज थिएन । कालीगण्डकी करिडोरमा यस वर्ष आएको अविरल वर्षा, भीषण बाढी र पहिरोले बाटो ठाउँ–ठाउँमा अवरुद्ध पारेको थियो । दार्चुलाबाट आएका व्यापारीहरूले ४ दिनसम्म निरन्तर कष्टकर ढुवानी र मुस्ताङका गोठालाहरूले हप्तौंको पदयात्रा गरेर च्याङ्ग्रा सुरक्षित पोखराको आँगनमा पुर्याएका छन् । सामान्यतया स्थानीय तहका निर्वाचित प्रतिनिधिहरू नीति–निर्माण र प्रशासनिक बैठकहरूमा व्यस्त देखिन्छन् । तर मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष सुरेन्द्र गुरुङले यसपटक एउटा अनौठो र प्रेरणादायी उदाहरण प्रश्तुत गरेका छन् । उनी आफ्नो वडालाई च्याङ्ग्राको ‘पकेट क्षेत्र’ घोषणा गरेर मात्र रोकिएनन् । किसान र आफ्नै गोठका सयौं च्याङ्ग्राहरू धपाउँदै आफैं पोखराको याम्दी बजारमा ओर्लिए । कालीगण्डकी नदीमा आएको बाढीले मुस्ताङ–पोखरा सडकखण्डका कयौं खण्ड बगाउँदा भोक, निन्द्रा र चिसो मौसमको सामना गर्दै गुरुङको टोलीले च्याङ्ग्रा जोगाउँदै ओराल्यो । याम्दीको हाटमा च्याङ्ग्रा समातेर ग्राहकहरूसँग संवाद गरिरहेका वडाअध्यक्ष गुरुङको मुहारमा थकानभन्दा बढी रैथाने उत्पादन राजधानी र शहरी उपभोक्तासम्म पुर्याएको गर्व झल्किन्थ्यो । ‘हाम्रा किसानहरूले वर्षभरि हिमाली चिसो र खर्कमा गरेको पसिनाको मूल्य विचौलियाले होइन, किसान स्वयंले पाउनुपर्छ भन्ने मेरो अठोट हो’ वडाअध्यक्ष गुरुङ भन्छन् । विगतका वर्षहरूमा पोखराको मुख्य सडक किनार, चौर र गल्लीहरूमा च्याङ्ग्रा राख्दा धुलो, फोहोर, ट्राफिक जाम र मूल्यमा अन्धाधुन्ध मोलमोलाइ हुने गथ्र्यो । यसपटक भने पोखराको याम्दीमा त्यो दृश्य पूर्ण रूपमा फेरिएको छ । जौवारी वन उपभोक्ता समितिका सदस्य एवं खसी–बोका तथा च्याङ्ग्रा व्यवस्थापन समितिका संयोजक मिलनजंग राणाको सक्रिय पहलमा सडक छेउमा ५० भन्दा बढी व्यवस्थित, सुरक्षित र हावाहुरी थेग्ने काठे खोरहरू निर्माण गरिएका छन् । प्रत्येक खोरमा पानी, दाना र बस्ने ठाउँको व्यवस्था मिलाइएको छ । सबैभन्दा महत्वपूर्ण कुरा, ग्राहक र व्यापारीबीच पारदर्शिता ल्याउन डिजिटल डिजिटल तौल काँटा राखिएको छ । उपभोक्ताले अब आँखाको अन्दाजमा होइन, वास्तविक वजनका आधारमा न्यायोचित मूल्य तिरेर च्याङ्ग्रा किन्न सक्छन् । जबरा सिमपानी जौवारीमा भेडा च्याङ्ग्राको व्यवस्थापन गरिएको र विगतको भन्दा व्यवस्थित गरेको दाबी गर्छन् । उनी भन्छन्, ‘अहिलेसम्म १० हजार भन्दा माथि भेडा च्याङ्ग्रा आएको छ । हामीले ४० वटा जति खोर बनाएका छौँ । निजी जग्गामा पनि खोर बनाइएको छ । हाम्रो महान पर्व मनाउनै पर्छ । पोखरा र आसपासका जिल्लामा च्याङ्ग्रा सबैलाई मन पर्छ । स्वस्थ छन्, सबै छानेर किनेर सबै मिलेर दशैँ मनाउँ, गुणस्तरको च्याङ्ग्रा छ । सस्तो पनि छ ।’ मुस्ताङी च्याङ्ग्रा केवल दशैंको खान्की मात्र होइन, यो गण्डकी प्रदेशको हिमाली र पहाडी भेगबीचको आर्थिक तथा भावनात्मक सेतु हो । हिमाली पाटनमा यार्सागुम्बा, पदमचाल, जटामसी र पाँचऔंले जस्ता बहुमूल्य जडिबुटी चरेका काठे च्याङ्ग्राको मासु पोषिलो र प्राकृतिक रोगप्रतिरोधी मानिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

ओमानमा नेपाली श्रमिकको सुरक्षा र आर्थिक कूटनीतिमा जोड दिने पदमाक्षी राणाको प्रतिबद्धता
OthersJust now

ओमानमा नेपाली श्रमिकको सुरक्षा र आर्थिक कूटनीतिमा जोड दिने पदमाक्षी राणाको प्रतिबद्धता

ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाली श्रमिकको सुरक्षा, समस्या समाधान र आर्थिक सम्बन्ध विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै राणाले ओमानमा रहेका नेपाली श्रमिकको अवस्था सुधार गर्न समानुभूतिमा आधारित कूटनीति अवलम्बन गर्ने बताएकी हुन् । उनले ओमानमा नेपाली श्रमिकका लागि सञ्चालनमा रहेको २४ सै घण्टाको ...

पर्दाफास
चांगान निभो क्यू ०५ धनगढीमा सार्वजनिक, टेस्ट ड्राइभको पनि अवसर
OthersJust now

चांगान निभो क्यू ०५ धनगढीमा सार्वजनिक, टेस्ट ड्राइभको पनि अवसर

२७ असोज, धनगढी । चांगानको नयाँ विद्युतीय एसयूभी निभो क्यू ०५ धनगढीमा सार्वजनिक गरिएको छ। एमएडब्लू वृद्धि अटोकर्प प्रालि अन्तर्गत धनगढी क्षेत्रको आधिकारिक बिक्रेता ग्लोबल प्रालिले उक्त गाडी सार्वजनिक गरेको हो। ग्राहकले असोज २६ देखि २९ गतेसम्म कैलालीको धनगढीस्थित राजपुरमा रहेको दिपल शोरुममा आयोजना हुने विशेष कार्यक्रममा निभो क्यू ०५ को टेस्ट ड्राइभ गर्न सक्नेछन्।… ...

अनलाइन खबर
रसुवा बाढी : टेन्टमै बित्ने भो विस्थापितको दशैं-तिहार
OthersJust now

रसुवा बाढी : टेन्टमै बित्ने भो विस्थापितको दशैं-तिहार

रसुवा बाढीबाट विस्थापित भन्छन्, ‘सामूहिक रूपमा पकाएर खाइरहेका छौँ । दाल, नुन, तेल, चामल छ । पकाउने भाँडाकुँडा छन् । यसपालिको दशैं-तिहार रुँदै टेन्टमै मनाउनुपर्ने भयो ।’ ...

अनलाइन खबर
सुरु हुँदै शुक्र अस्त, किन यो बेला शुभकार्य गर्न वर्जित मानिन्छ ?
OthersJust now

सुरु हुँदै शुक्र अस्त, किन यो बेला शुभकार्य गर्न वर्जित मानिन्छ ?

दसैं सुरु भएको छ । आज घटस्थापना, घरघरमा जमरा राखेर नवरात्र आरम्भ गरिँदै छ । अबको केही दिन देवी दुर्गाको पूजा, आराधना र दसैंको उल्लासमा बित्नेछ । यहीबीच विवाहको तयारी गरिरहेका, नयाँ घरमा सर्ने योजना बनाएका वा व्रतबन्धको साइत खोजिरहेका मानिसका लागि एउटा ज्योतिषीय मान्यता चासोको विषय बनेको छ, शुक्र अस्त । २८ असोजबाट कार्तिक… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play