साउदी र मलेसियाका लागि प्रस्तावित राजदूत अस्वीकृत

काठमाडौं। संसदीय सुनुवाइ समितिले साउदी अरब र मलेसियाका लागि प्रस्तावित राजदूतहरूको नाम अस्वीकृत गरेको छ। समितिको बुधबार बसेको बैठकले साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित चुडामणि खरेलको नाम अस्वीकृत गर्ने निर्णय गरेको हो। समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार सुनारको नैतिक आचरण र जर्मनीबाट डिपोर्ट गरिएको विषयमा प्रश्न उठेपछि उनको नाम अस्वीकृत गरिएको हो। त्यस्तै, मलेसियाका लागि प्रस्तावित खरेलमाथि स्वार्थको द्वन्द्व, आर्थिक अनियमितता, म्यानपावर व्यवसायीसँगको साँठगाँठ र योग्यतासम्बन्धी गम्भीर प्रश्नहरू उठेका थिए। यी दुवै देश नेपाली श्रमिकका लागि वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिन्छन्, जहाँ नेपाली नागरिकको हित संरक्षण र कूटनीतिक समन्वयका लागि राजदूतको भूमिका महत्त्वपूर्ण हुन्छ। यसैबीच, जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम भने समितिले तत्कालका लागि होल्डमा राखेको छ। थापाको नियुक्तिसम्बन्धी थप कागजात अध्ययन गर्न बाँकी रहेकाले अर्को बैठकबाट निर्णय लिने समितिले जनाएको छ। सरकारले गत असोज २ गते १३ देशका लागि राजदूत सिफारिस गरेको थियो, जसमध्ये १० जनाको नाम यसअघि नै संसदीय सुनुवाइ समितिबाट अनुमोदन भइसकेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

विश्व शान्तिको सन्देश फैलाउँदै चर्चित कुकुर ‘अलोका’ नेपालमा
विश्वभर ‘पिस डग’ अर्थात् शान्तिको प्रतीकका रूपमा चर्चित कुकुर ‘अलोका’ नेपाल आइपुगेको छ। ...

गृहमन्त्री गुरुङ भारत भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी भएका थिए । नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण ...

काला सागरमा ड्रोन आक्रमणमा रुसको सङ्लग्नताको आशङ्का, ११ जना बेपत्ता
काठमाडौँ । बुल्गेरियाले गत साता काला सागरमा चारवटा व्यावसायिक जहाजमाथि भएका ड्रोन आक्रमणमा रुसको सङ्लग्नता हुन सक्ने आशङ्का व्यक्त गरेको छ। आक्रमणमा दुईवटा जहाज डुबेका छन् । यद्यपि, रुसी सङ्लग्नता... ...

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्। भ्रमणका क्रममा गृहमन्त्री गुरुङ नयाँ दिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी भएका थिए । नयाँ दिल्लीमा रहँदा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उनले बिमस्टेक मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दो ...


