Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चीन–उत्तर कोरिया जोड्ने पुल आज बिहीबार खुल्ने

चीन–उत्तर कोरिया जोड्ने पुल आज बिहीबार खुल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीन–उत्तर कोरिया जोड्ने पुल आज बिहीबार खुल्ने

काठमाडौं । चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर लामो यालु नदी सडक पुल आज बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । सन् २०१४ मै निर्माण सम्पन्न भएको पुल १२ वर्षपछि खुल्न लागेको हो । यसबाट दुई देशबीच व्यापारिक सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ । चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार चार लेनको पुलले चीनको सीमावर्ती सहर डान्दोङलाई उत्तर कोरियासँग जोड्नेछ । उत्तर कोरियातर्फ सडक र भन्सार पूर्वाधारको अभावका कारण यसको सञ्चालनमा ढिलाइ भएको दक्षिण कोरियाली समाचार संस्था योनहापले जनाएको छ । चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार तथा प्रमुख कूटनीतिक, आर्थिक र राजनीतिक सहयोगी हो । महामारीका बेला बन्द भएका दुई देशबीचका रेल सेवा छ वर्षपछि गत मार्चमा पुनः सञ्चालनमा आएको थियो । नयाँ पुलले सीमित क्षमता भएको दशकौँ पुरानो चीन–कोरिया मैत्री पुलको विकल्पका रूपमा काम गर्नेछ । अनुसन्धानकर्ता आन चान–इलका अनुसार नयाँ पुलबाट दैनिक सयौँ सवारीसाधन आवतजावत गर्न सक्नेछन् । यसले चीनका वस्तु तथा स्रोतसाधन उत्तर कोरिया पुर्‍याई त्यहाँको अर्थतन्त्रलाई टेवा दिन सक्ने उनले बताए । दक्षिण कोरियाको एकीकरण मन्त्रालयले पुल सञ्चालनको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । उत्तर कोरियाले भने चिनियाँ पर्यटकका लागि भिसा जारी गर्न सुरु गरेको छैन । उत्तर कोरिया र रुसबीच पहिलो सडक पुल सञ्चालनमा आएको एक महिनापछि चीनसँगको यो पुल खुल्न लागेको हो । विश्लेषकहरूका अनुसार रुससँगको व्यापारमा सैन्य सामग्रीको भूमिका प्रमुख रहे पनि चीनसँगको व्यापारले उत्तर कोरियाको नागरिक अर्थतन्त्र विकास गर्न आवश्यक वस्तु उपलब्ध गराउन सक्छ । रासस/एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

नेपाल प्रहरीले सुरु गर्‍यो आफ्नै पोडकास्ट, के छ पहिलो एपिसोडमा ?
ताजा खबरJust now

नेपाल प्रहरीले सुरु गर्‍यो आफ्नै पोडकास्ट, के छ पहिलो एपिसोडमा ?

काठमाडौं । डिजिटल सञ्चारको माध्यमका रूपमा पोडकास्ट लोकप्रिय भइरहेका बेला नेपाल प्रहरीले पनि आफ्नै पोडकास्ट सुरु गरेको छ। नागरिकसँगको संवादलाई प्रभावकारी बनाउने, प्रहरीप्रतिको बुझाइ स्पष्ट पार्ने तथा समाजमा प्रहरीको भूमिका र अनुभवबारे खुला छलफल गर्ने उद्देश्यले प्रहरीले ‘नेपाल पुलिस पोडकास्ट’ सञ्चालनमा ल्याउन लागेको हो। नेपाल प्रहरीले बुधबार सामाजिक सञ्जालमार्फत पोडकास्टको पहिलो एपिसोडको झलक सार्वजनिक गर्दै यसबारे जानकारी दिएको छ। सार्वजनिक गरिएको ...

केन्द्रबिन्दु
जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ
ताजा खबरJust now

जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडौं । कास्की र मोरङका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-११ कपन लसुनटारबाट जुवा (ओखर) खेलिरहेको अवस्थामा बुधबार दिउँसो चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई सोही स्थानमा बस्ने ५० वर्षीय हिमालकुमार दाहालसमेत छन् । प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले उनीहरूलाई ६१ हजार रुपैयाँ नगद र ११ थान ...

हिमालय टाइम्स
नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो [तस्बिरहरु]
ताजा खबरJust now

नीलो आकाश, रङ्गीन चङ्गा र लट्टाईको घुम्टो [तस्बिरहरु]

काठमाडौं । दशैँ सुरु भएसँगै काठमाडौं उपत्यकाको आकाशमा रङ्गीबिरङ्गी चङ्गा उड्न थालेका छन् । शरद ऋतुको नीलो आकाश, पारिलो घाम र मन्द बताससँगै चङ्गा उडाउने परम्पराले उपत्यकामा दशैँको रौनक थपेको छ । चङ्गा, लट्टाई र माँझा किन्ने ग्राहकको भीडले बजारका गल्लीहरू पनि उत्सवमय बनेका छन् । काठमाडौंका असन, इन्द्रचोक, भेडासिं, नयाँ बजार, पाटन तथा ठमेल […] ...

लोकपथ
प्रस्तावित ४ न्यायाधीशविरुद्ध कात्तिक १९ गतेसम्म उजुरी दिन सकिने
ताजा खबरJust now

प्रस्तावित ४ न्यायाधीशविरुद्ध कात्तिक १९ गतेसम्म उजुरी दिन सकिने

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस चार न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ । असोज २६ गते बसेको समितिकाे बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध कात्तिक ९ गतेबाट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play