Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कांग्रेस सहमहामन्त्रीमा खस–आर्य र आदिवासी जनजातितर्फ कसको मत कति ?

कांग्रेस सहमहामन्त्रीमा खस–आर्य र आदिवासी जनजातितर्फ कसको मत कति ?

10/14/2026, 10:46:28 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेस सहमहामन्त्रीमा खस–आर्य र आदिवासी जनजातितर्फ कसको मत कति ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । जारी मतगणना अनुसार खस आर्यतर्फ मनोजमणि आचार्य र आदिवासी जनजातितर्फ बहादुरसिंह लामा अग्रता लिएका छन् । खस–आर्यतर्फ १ हजार ५०७ मत गणना हुँदा आचार्यले ५५२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले ४७६ मत पाएका छन् । त्यस्तै, दिनेश कोइरालाले २९५ र शुभराम बस्नेतले ९७ मत प्राप्त गरेका छन् । त्यसैगरी आदिवासी जनजातितर्फ ६ हजार ९९५ मत गणना हुँदा बहादुरसिंह लामा ३ हजार २४५ मतसहित पहिलो स्थानमा छन् । ओमबहादुर घर्ती मगरले १ हजार ४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्तमान सिंह मास्केले २४६ मत प्राप्त गरेका छन् । मतगणनाको पछिल्लो विवरणअनुसार आदिवासी जनजातितर्फ लामा आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा १ हजार ७९९ मतले अगाडि छन् । मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

पोप लियो चौधौँको शल्यक्रिया सफल
ताजा खबरJust now

पोप लियो चौधौँको शल्यक्रिया सफल

काठमाडाैँ । फोक्सोमा एडेनोकार्सिनोमा नामक क्यान्सर पुष्टि भएपछि पोप लियो चौधौँको दाहिने फोक्सोको तल्लो भाग हटाइएको छ । इटालीको रोमस्थित जेमेली अस्पतालमा मङ्गलबार गरिएको शल्यक्रिया सफल भएको हो । होली सी... ...

रातोपाटी
एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट
ताजा खबरJust now

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौँ, असोज २८ गते । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेस... ...

गोरखापत्र
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
ताजा खबरJust now

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंसहित देशका चार जिल्लाबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, बर्दिया, कैलाली र कञ्चनपुरबाट खैरो हेरोइन तथा ब्राउनसुगरजस्तो देखिने पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौंको तारकेश्वर नगरपालिका-४ बाट ३०० ग्राम खैरो हेरोइनसहित पर्साको वीरगञ्ज महानगरपालिका-३१ घर भएका ४१ वर्षीय बासुर्दिन मियाँलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी ...

हिमालय टाइम्स
२४ वर्षदेखि लक्ष्मी सनराइजमै थिए सुमेद, कात्तिक १५ बाट सम्हाल्नेछन् बैंकको ‘कमान्ड’
ताजा खबरJust now

२४ वर्षदेखि लक्ष्मी सनराइजमै थिए सुमेद, कात्तिक १५ बाट सम्हाल्नेछन् बैंकको ‘कमान्ड’

लक्ष्मी सनराइज बैंकको नेतृत्व अब सुमेद भट्टराईले सम्हाल्ने भएका छन्। बैंकिङ क्षेत्रमा साढे दुई दशकभन्दा बढीको अनुभव हासिल गरेका भट्टराईलाई बैंक सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको हो। बैंक सञ्चालक समितिको असोज २७ गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनी सचिव पियुषराज अर्यालका अनुसार उनको नियुक्ति कात्तिक १५... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play