Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/अन्तरवडा फुटसल : उपाधिका लागि काठमाडौं महानगरपालिका-६ र १६ भिड्ने

अन्तरवडा फुटसल : उपाधिका लागि काठमाडौं महानगरपालिका-६ र १६ भिड्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
अन्तरवडा फुटसल : उपाधिका लागि काठमाडौं महानगरपालिका-६ र १६ भिड्ने

काठमाडौं । चौथो प्रयागराज सिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगिताको उपाधिका लागि काठमाडौं महानगरपालिका वडा नम्बर ६ र १६ भिड्ने भएका छन् । मंगलबार सम्पन्न सेमिफाइनलमा आ-आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै दुवै टोलीले फाइनलमा स्थान सुरक्षित गरेका हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर २३ को आयोजनामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा वडा नम्बर ६ ले वडा नम्बर ४ लाई पेनाल्टी सुटआउटमा पराजित गर्‍यो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । वडा नम्बर ६ का लागि असिम गुरुङले गोल गर्दा वडा नम्बर ४ का संयम घिमिरेले बराबरी गोल फर्काउनुभएको थियो । पेनाल्टी सुटआउटमा वडा नम्बर ६ ले २-१ को जित निकाल्दै फाइनल यात्रा तय गर्‍यो । उक्त खेलमा वडा नम्बर ६ का सनिस राउत ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो । दोस्रो सेमिफाइनलमा वडा नम्बर १६ ले वडा नम्बर १४ लाई १-० गोलले पराजित गर्दै फाइनलमा वडा नम्बर ६ सँगको भेट पक्का गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा विराम श्रेष्ठले गरेको निर्णायक गोल नै वडा नम्बर १६ को जितका लागि पर्याप्त बन्यो । उहाँ खेलको उत्कृष्ट खेलाडी घोषित हुनुभयो । प्रतियोगिताको फाइनल खेल बुधबार बिहान ८ बजे लैनचौरस्थित फुटसल मैदानमा हुनेछ । उपाधि विजेताले दुई लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

दिल्लीमा गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता (तस्बिहरू)
ताजा खबरJust now

दिल्लीमा गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता (तस्बिहरू)

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भारतमा भेटवार्ता भएको छ। भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङ र भारतीय समकक्षी शाहबिच मंगलबार भेटवार्ता भएको हो।  भेटमा द्विपक्षीय सुरक्षा सहयोग सुदृढीकरण, सीमा व्यवस्थापनको विषयमा छलफल भएको भारतका गृहमन्त्री शाहले बताएका छन्। ‘नयाँ दि... ...

नेपालखबर
टीकाअघि नै यातायात सञ्चालन हुने
ताजा खबरJust now

टीकाअघि नै यातायात सञ्चालन हुने

काठमाडौँ, असोज २८ गते । बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण गोरखाको आरुघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरुद्ध बनेको सडक यातायात पुनः सञ्चालन... ...

गोरखापत्र
विपत्तिले थलिएका नागरिकलाई चाडपर्वमै महँगीको मार
ताजा खबरJust now

विपत्तिले थलिएका नागरिकलाई चाडपर्वमै महँगीको मार

काठमाडौं । चाडपर्वको मुखमा बजारभाउ बढ्नु नेपाली उपभोक्ताका लागि नयाँ विषय होइन । तर, यसपालि महँगी झन् बढेको छ । प्राकृतिक विपत्तिले थलिएका नेपालीलाई चाडबाडमा महँगीले अर्को चोट थपेको हो । गत वर्षको तुलनामा अधिकांश उपभोग्य वस्तुमा महँगी बढेको छ । दैनिक उपभोग्य वस्तुमध्ये धेरै माग हुने चामल, दाल, चिनीमा अत्याधिक मूल्य बढाइएको छ भने कुखुरा र खसीको मासुको मूल्य ...

हिमालय टाइम्स
भोटेकोशी विपद्पछि थपिएको चुनौती
ताजा खबरJust now

भोटेकोशी विपद्पछि थपिएको चुनौती

नेपाल हिमालको काखमा अवस्थित देश । प्रकृतिको बरदानको रूपमा रहेको सुन्दर हिमालले नेपालको मात्र होइन दक्षिण एसियाकै मानव सभ्यतालाई सदियौंदेखि जोगाइराखेको छ । हिमपर्वत नै पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनको प्रमुख आधार रहँदै आएको छ । आज यही हिमपर्वत अभिसापको रूपमा देखापर्दै छ । गत भदौ १० गते भोटेकोशीमा भएको हिम–प्रलयले नेपाललाई मात्र शोकमा डुबाएन, विश्वलाई समेत स्तब्ध बनायो ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play