‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट

रामबाबु गुरुङको निर्देशनमा बनेको बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्र जाँच समिति (इग्जामिनेशन बोर्ड) ले शुक्रबार सिनेमालाई युनिभर्सल सर्टिफिकेट दिएको छ ।

युनिभर्सल सर्टिफिकेट पाएसँगै यो सिनेमा सबै उमेर समूहका दर्शकहरूले हेर्न पाउनेछन् । सिनेमालाई सेन्सर बोर्डबाट पनि उत्कृष्ट प्रतिक्रिया पाएको निर्देशक गुरुङले बताए । निर्देशक गुरुङका अनुसार, सेन्सर बोर्डका पदाधिकारीले ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले अघिल्ला शृङ्खलाहरूमा जस्तै सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गर्दै दर्शकलाई भरपूर मनोरञ्जन दिने प्रतिक्रिया दिएका छन् ।

यसअघि सार्वजनिक सिनेमाको प्रचारसामग्री पोस्टर, टिजर ट्रेलर र गीतलाई दर्शकले पनि अत्याधिक रुचाएका छन् । टिजर र ट्रेलर हेरेर दर्शकले सिनेमा हेर्न निकै उत्साहित रहेको प्रतिक्रिया दिइरहेका छन् ।

सिनेमा यसवर्ष दशैंको पर्सिपल्ट अर्थात् आगामी कात्तिक ६ गते प्रदर्शन हुनेछ । सिनेमामा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, सिर्जना गुरुङ, मिरुना मगर र रिश्मा गुरुङ मुख्य आकर्षकका रूपमा रहेका छन् ।

ट्रेलरमा समेटिएको बेरोजगारीबाट दिक्क भएर काजी र उनको टोलीले मुस्ताङमा शान्ति होटल खोली नयाँ व्यवसाय सुरु गरेको, काजीको नयाँ वैवाहिक जीवनमा आउने उतारचढाव तथा विपिन कार्कीको ग्याङसँगको टक्करलाई एक्सन र कमेडी शैलीलाई दर्शकले निकै रुचाएका छन् ।

टिजरमा मिरुना मगर अर्थात् शान्ति मिसको निकै खोजेका दर्शकहरूले गीत र ट्रेलरमा उनको उपस्थिति देखेपछि खुसी व्यक्त गरेका छन् । साथै, ट्रेलरमा विपीन कार्कीको नयाँ र धमाकेदार अवतार (ग्याङस्टार लुक्स) लाई दर्शकले विशेष चासो र प्रशंसाका साथ हेरेका छन् ।

यसअघि प्रदर्शन भएको ‘कबड्डी’ का अघिल्ला चारवटै शृङ्खला ब्लकबस्टर भएकाले निर्देशक रामबाबु गुरुङले पाँचौं शृङ्खलामा पनि कथालाई ट्वीस्टमाथि ट्वीस्ट दिएर न्याय गरेको भन्दै दर्शकहरूले उनको तारिफ गरेका छन् ।

त्यस्तै ट्रेलर सार्वजनिक हुनुअघि सार्वजनिक गरिएको गीत ‘थाक खोला’ ले पनि दर्शकमाझ कौतुहलता बढाउनुका साथै सिनेमाको हाइप झनै बढाएको निर्माण टिमको दाबी छ । त्यसैले धेरैले यो सिनेमालाई बहुप्रतीक्षित र वर्षकै सबैभन्दा ठूलो हिट सिनेमा बन्ने अनुमान गरेका छन् । अघिल्ला चारवटै शृङ्खलाले नेपाली सिनेमा इतिहासमा ऐतिहासिक सफलता कमाइसकेकाले पनि यस पाँचौ शृङ्खलाप्रति दर्शकको अपेक्षा निकै उच्च छ ।

सिनेमामा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंलगायत कलाकारको अभिनय रहेको छ ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमामा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)ले लगानी गरेका छन् । सागर राज कार्यकारी निर्माता रहेको सिनेमामा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादनमा बनेको छ ।

सिनेमाको मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन् । नेपालमा सिनेमाको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले गर्नेछन् भने विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ ।

Read Complete Original Article
Published originally on पर्दाफास
Related News

नेपालका लागि भारतको नयाँ राजदूतमा सुधाकर दलेला नियुक्त
नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला नियुक्त भएका छन्। भारतीय विदेश मन्त्रालयले दलेला नेपालका लागि राजदूत नियुक्त भएको शुक्रबार जनाएको हो। ‘सुधाकर दलेला जो मन्त्रालयमा सचिव हुनुहुन्छ, नेपालका लागि भारतको आगामी राजदूत नियुक्त हुनुभएको छ,’ विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ। उनले चाँडै आफ्नो पदभार ग्रहण गर्ने विदेश मन्त्रालयले जनाएको छ। यसअघि राजदूत रहेका नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्किएपछि उनको ठाउँमा भारतले दलेलालाई ...

गहनाका ग्राहक र व्यवसायी जोड्ने जेजे लाइट
३० असोज, काठमाडौं । आईटी कम्पनी मात्रिका टेक्नोलोजिजले गहनाका ग्राहक र व्यवासायीलाई प्लेटफर्म जेजे लाइट सार्वजनिक गरेको छ । नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै कारोबार, लेखा व्यवस्थापन, कालिगढको हिसाब र ग्राहक सेवासम्मका कामलाई एउटै प्रणालीबाट व्यवस्थित गर्ने उद्देश्यले जेजे लाइट सार्वजनिक गरेको जनाएको छ । गहना व्यवसाय विस्तार हुँदै जाँदा बिक्री तथा… ...

स्कटल्यान्डका पेस बलर ब्राड्ली व्हीलले ३० वर्षको उमेरमै लिए सन्यास
३० असोज, काठमाडौं । स्कटल्यान्डका पेस बलर ब्राड ह्वीलले व्यावसायिक क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। ३० वर्षीय ह्वीलले लगातारको चोटका कारण खेलाडी जीवन टुंग्याउने निर्णय लिएका हुन्। दायाँहाते तीव्र गतिका बलर ह्वीलले सन् २०१६ मा हङकङविरुद्ध खेल्दै स्कटल्यान्डको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए। त्यसयता एक दशकको अवधिमा उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा… ...

सरकारले कालोपत्रेको ठाउँमा सिमेन्टको सडक निर्माणलाई प्राथमिकता दिने
३० असोज, काठमाडौं । सरकारले अबदेखि सडक निर्माणका कार्यमा प्रयोग हुँदै आएको कालोपत्रे (बिटुमिन) का ठाउँमा सिमेन्ट प्रयोगलाई प्राथमिकता दिने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३ स्वीकृत गरेसँगै सम्भव भएसम्म आयातित सामग्री प्रयोगमा रोक लगाएको हो । यस निर्णयसँगै सरकारी खरिद तथा पूर्वाधार निर्माणमा आयातित सामाग्रीप्रतिको… ...