Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/हामीले गरेका कार्यहरूको महत्त्व कुनै साइनबोर्ड हटाउँदैमा समाप्त हुँदैन : ओली

हामीले गरेका कार्यहरूको महत्त्व कुनै साइनबोर्ड हटाउँदैमा समाप्त हुँदैन : ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
हामीले गरेका कार्यहरूको महत्त्व कुनै साइनबोर्ड हटाउँदैमा समाप्त हुँदैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन वृद्धि, दिगो रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारलाई समृद्धिको मुख्य आधार बनाउनुपर्ने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक गर्दै ओलीले राजनीतिक तथा नीतिगत बहस आम नागरिकको जीवनस्तर सुधारमा केन्द्रित हुनुपर्ने बताएका हुन् । ‘हाम्रो मुख्य उद्देश्य जनताको जीवनस्तर माथि उठाउनु, गरिबी हटाउनु र विपन्नतालाई समृद्धिमा रूपान्तरण गर्नु हो,’ उनले भने, ‘यसका लागि आम्दानीका स्रोत सिर्जना गर्ने, उत्पादन बढाउने र परिवारका आधारभूत आवश्यकता पूरा गर्न सक्ने रोजगारीका अवसर उपलब्ध गराउनेतर्फ ध्यान दिनुपर्छ ।’ ओलीले रोजगारीको मूल्य काम गरेको समयले नभई त्यसबाट प्राप्त हुने पर्याप्त आम्दानीले निर्धारण गर्ने बताए । नागरिकलाई आर्थिक रूपमा सुरक्षित बनाउन पर्याप्त आम्दानी हुने रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ थियो । गरिबी उन्मूलन नारामा मात्र सीमित हुन नहुने उल्लेख गर्दै उनले विपन्नतालाई दिगो समृद्धिमा रूपान्तरण गर्न नीतिगत स्पष्टता र उत्पादनमुखी रोजगारी आवश्यक रहेको बताए । कुनै एउटा वर्ग, समुदाय, पेसा वा क्षेत्रको मात्र नभई समग्र नेपाली समाजको उत्थानलाई लक्ष्य बनाउनुपर्नेमा उनले जोड दिए । आफ्नो राजनीतिक तथा सामाजिक मान्यताको मूल आधार मानवतावाद भएको उल्लेख गर्दै ओलीले नागरिकका आधारभूत आवश्यकता पूरा गर्ने अवस्था निर्माण गर्नु राज्यको दायित्व भएको बताए । ‘हाम्रो मूल दर्शन मानवतावाद हो । प्रत्येक नागरिकले खान, लाउन, बस्न, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्न सक्ने अवस्था निर्माण गर्नु हाम्रो दायित्व हो,’ उनले भने । प्रत्येक नागरिकलाई गाँस, बास, कपास, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित नीति निर्माण गर्नुपर्नेमा पनि उनले जोड दिए । आफ्ना विकास निर्माणका काममाथि हुने आलोचनालाई लक्षित गर्दै उनले नागढुङ्गा क्षेत्रमा राखिएको साइनबोर्डको विवादलाई सामान्य प्राविधिक विषय मात्र भएको उल्लेख गरेका छन्। “हामीले गरेका सामाजिक कार्यहरूको महत्त्व कुनै साइनबोर्ड हटाउँदैमा समाप्त हुँदैन, ती कामले समाजमा पारेको प्रभाव र इतिहासलाई मेटाउन सकिँदैन,” उनले भने।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

चिकित्सक नहुँदा उपचारमा समस्या
ताजा खबरJust now

चिकित्सक नहुँदा उपचारमा समस्या

उदयपुर। जिल्ला अस्पतालमा सम्बन्धित रोगका चिकित्सक नभएपछि बिरामीहरु उपचार नगराई फर्कन बाध्य भएका छन्। उदयपुर जिल्लाको सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचार गर्न पुगेका बिरामी ओपिडीको कार्यकक्षमा पुग्दा चिकित्सक थिएनन्। उपचारका लागि ओपिडीको... ...

रातोपाटी
‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान केही पछाडि धकेलिएको छः केपी ओली
ताजा खबरJust now

‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान केही पछाडि धकेलिएको छः केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्ने यात्रामा पछिल्लो समय धक्का लागेको बताउनुभएको छ । केही समययताका राजनीतिक तथा अन्य घटनाक्रमले विकासको गन्तव्यलाई केही दशक पछाडि धकेले पनि त्यसलाई असफलता वा पराजयका रूपमा लिन नहुने उहाँको भनाइ छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एमाले) को नीति अध्ययन ...

हिमालय टाइम्स
उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते
ताजा खबरJust now

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

• काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु र १६ जना घाइते भएका छन्। • मृतक १८ वर्षीय सोनु बस्याल हुन्, र गम्भीर घाइते सहचालकलाई धरानको अस्पतालमा पठाइएको छ। • बसमा कुल ३५ जना सवार थिए। ...

नेपालबहस
बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण
ताजा खबरJust now

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा। गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग अवरुद्ध भएपछि सङ्कटमा परेका रसुवाको लाङटाङ क्षेत्रका सबै घरधुरीका लागि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरी वितरण गरिएको छ । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-४... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play