धानबारीमा मृत भेटियो कोशी टप्पुको ‘सानो दाह्रे’ हात्ती

उदयपुर । उदयपुरको बेलका नगरपालिका-१ स्थित धानबारीमा कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बस्दै आएको भाले हात्ती मृत फेला परेको छ । मंगलबार दिउँसो आरक्षको सीमावर्ती क्षेत्रनजिकै धानबारीमा वयस्क हात्ती मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय गाईघाटका प्रमुख गजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उक्त स्थान आरक्षबाट करिब एक किलोमिटरको दूरीमा रहेको छ । स्थानीयले ‘सानो दाह्रे’ नामले चिन्ने गरेको उक्त हात्ती एक वर्षभन्दा बढी समयदेखि कोशी टप्पु क्षेत्रमा बस्दै आएको प्रारम्भिक जानकारी रहेको श्रेष्ठले बताए । हात्तीको मृत्युको कारण पत्ता लगाउन पशु चिकित्सकसहितको टोली परिचालन गरिएको छ । शव परीक्षणपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने वन कार्यालयले जनाएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

२ हजार बढी विद्यार्थी भएका १०९ स्कुलमा ६ अर्ब लगानी गर्दै सरकार
काठमाडौँ । सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढाएको छ । उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठुला... ...

बारामा ११ लाख ४६ हजारका कपडा र मोटरसाइकल बरामद, एक जना पक्राउ
कलैया समाचारदाताबारा, असोज २८ गते । बाराको सुवर्ण गाउँपालिकास्थित सीमा क्षेत्रबाट भन्सार छली गरी भारतबाट नेपाल भित्र्याउँदै गरिएको कपडा र तीनवटा मोटरसाइकलसहित एक जना पक्राउ परेका छ... ...

लद्दाखबारे भारत र चीनबिच फेरि लफडा, भयो भनाभन
चीनले लद्दाखका २८ स्थानलाई आफ्नो क्षेत्र दाबी गरेको छ। भारतले ती २८ स्थानको नाम परिवर्तन गर्ने निर्णय गरेपछि चीनले कडा आपत्ति जनाएको हो। चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मंगलबार भनेकी छन्, ‘भारतले एकतर्फी र गैरकानुनी तरिकाले बनाएको तथाकथित 'लद्दाख केन्द्र शासित प्रदेश'लाई कहिल्यै मान्यता दिएको छैन र तथाकथित ... ...

विद्रोह तर बेग्लै (कथा)
त्यो खबर थाहा पाएको क्षण ममाथि मानौँ सगरमाथा नै खसेको थियो । कसरी गर्न सक्छन्, उनले यस्तो काम । मैले पत्याउन पनि सकेकी थिइनँ तर खबर ल्याउने मान्छे असत्य थिएन । उनको कुरा प्रमाणिक थ... ...


