Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक

10/17/2026, 8:53:49 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक

कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्र घुम्नु उनीहरूको मुख्य आकर्षण हुन्थ्यो । तर पछिल्लो समय पर्यटकको रुचि यस्ता सम्पदा हेर्नमा मात्र सीमित नरही नेपाली चाडपर्व, जात्रा र सांस्कृतिक गतिविधिमा सहभागी भएर स्थानीय जीवनशैली अनुभव गर्नेतर्फ पनि बढ्न थालेको छ । होटल संघ नेपालका अध्यक्ष विनायक शाहका अनुसार कोभिड महामारीपछि नेपाल आउने पर्यटकको घुम्ने शैलीमा परिवर्तन देखिएको छ । उनीहरू गन्तव्य अवलोकन गरेर फर्किनेभन्दा स्थानीय संस्कृति बुझ्ने, चाडपर्वमा सहभागी हुने र त्यसको अनुभव लिने गतिविधिमा आकर्षित हुन थालेका छन् । ‘कोभिडअघि काठमाडौं आउँदा हनुमानढोका, पाटन दरबार र भक्तपुर दरबार हेरेर फर्किने पर्यटक धेरै हुन्थे,’ शाहले भने, ‘अहिले इन्द्रजात्राजस्ता पर्वमा सहभागी हुने, त्यहाँको संस्कृति बुझ्ने र आफैँ पनि गतिविधिमा संलग्न हुने प्रवृत्ति बढेको छ । यसलाई हामी एक्सपेरिमेन्टल टुरिजम भन्छौँ ।’ पर्यटकको बदलिँदो रुचिलाई नेपाली पर्यटन व्यवसायले अवसरका रूपमा लिनुपर्ने शाहको भनाइ छ । नेपालका चाडपर्व र परम्परालाई पर्यटन गतिविधिसँग जोड्न सके पर्यटकलाई नयाँ अनुभव दिन सकिने र पर्यटनको आकर्षण विस्तार गर्न सकिने उनको बुझाइ छ । दशैँ–तिहारका अवसरमा पनि यस्ता गतिविधि सञ्चालन गर्न सकिने उनले बताए । दशैँमा टीका लगाउने परम्परा बुझाउने, तिहारमा देउसी–भैलोमा सहभागी गराउने तथा गाउँघरमा प्रचलित पिंङ खेल्ने, रैथाने परिकार बनाउनेजस्ता गतिविधि पर्यटकका लागि फरक अनुभव बन्न सक्छन् । होटल तथा पर्यटन व्यवसायीले यस्ता गतिविधिलाई प्याकेजमा समेटेर पर्यटकलाई सहभागी गराउन सक्ने उनले बताए । शाहका अनुसार चाडपर्वका समयमा होटलहरूले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी विशेष खानाका परिकार र मनोरञ्जनात्मक कार्यक्रम पनि ल्याउने गरेका छन् । उनले सञ्चालन गर्दै आएको एयरपोर्ट होटलले दशैँका लागि खसीको मासुका विभिन्न परिकार समेटिएको ‘मटन प्लाटर’ उपलब्ध गराएको छ । गाउँघरमा प्रचलित पकुजस्ता रैथाने परिकारलाई होटलको मेनुमा समेटेर ग्राहकलाई पस्किएको उनले बताए । नेपाली चाडपर्वलाई पर्यटनसँग जोड्दा होटलको व्यावसायिक गतिविधि बढ्नुका साथै स्थानीय संस्कृति र परम्पराको प्रवद्र्धनमा पनि सहयोग पुग्ने उनको भनाइ छ । यसका लागि होटल व्यवसायी, पर्यटन क्षेत्र र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उनले बताए । मनसुन सकिएपछि मौसम अनुकूल हुने भएकाले दशैँ–तिहारपछिको समय पदयात्रा र घुमफिरका लागि पनि उपयुक्त हुने शाहले बताए । यस वर्ष भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण सुरुमा पर्यटन गतिविधिमा केही कठिनाइ भए पनि अवस्था क्रमशः सामान्य हुँदै गएको र चाडपर्वको समयमा पर्यटक आगमन बढिरहेको उनको भनाइ छ । नेपालको पर्यटनलाई हिमाल, प्राकृतिक दृश्य र ऐतिहासिक सम्पदामा मात्र सीमित नराखी यहाँका चाडपर्व, जात्रा र स्थानीय जीवनशैलीसँग जोड्न सके पर्यटकका लागि थप आकर्षण सिर्जना गर्न सकिने शाह बताउँछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

गुल्मीमा जिप दुर्घटना, ३ जना घाइते
OthersJust now

गुल्मीमा जिप दुर्घटना, ३ जना घाइते

३१ असोज, गुल्मी गुल्मीको मुसिकोट नगरपालिका–५ झक्कलेमा पिकअप गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । रुद्रवेणी–वामीटक्सार सडकखण्डमा बिहान करिब ४ बजे बुटवलबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ च ८०२४ नम्बरको पिकअप अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको हो । दुर्घटनामा चालक मदन सुनार, उनकी श्रीमती सुनिता सुनार र ढोरपाटन नगरपालिका–८… ...

अनलाइन खबर
दशैं आइसक्यो, घर जान हतार छ (तस्वीरहरू)
OthersJust now

दशैं आइसक्यो, घर जान हतार छ (तस्वीरहरू)

दशैंको विशेष रौनक सुरु हुने फूलपातीका दिन घर पुग्ने हतारो यात्रुको अनुहारमा देखिन्छ । बसका सिट भरिभराउ छन् भने यात्रुले खचाखच भरिएका सवारीसाधन उपत्यकाबाट बाहिरिरहेका छन् । ...

अनलाइन खबर
तराई–मधेशमा काठमाडौंमा जस्तो फूलपाती भित्र्याउने चलन छैन : संस्कृतीविद राकेश
OthersJust now

तराई–मधेशमा काठमाडौंमा जस्तो फूलपाती भित्र्याउने चलन छैन : संस्कृतीविद राकेश

काठमाडौंसहित पहाडी क्षेत्रमा दशैँको बेलामा फूलपाती भित्र्याउने विशेष परम्परा रहेपनि तराई–मधेशमा भने त्यसको स्वरूप फरक रहेको संस्कृतिविद् रामदयाल राकेशले बताएका छन् । मैथिली संस्कृतिमा घटस्थापनादेखि नै घर वा इष्टदेवताको थानमा जमरा उमार्ने र दुर्गापूजा गर्ने परम्परा रहेको उनले बताए । पहाडी क्षेत्रमा फूलपातीका दिन विशेष विधिसहित फूलपाती भित्र्याउने चलन छ । तराई–मधेशमा भने गोसाईं अर्थात् इष्टदेवताको स्थान वा दुर्गाको प्रतिमा स्थापना ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play