प्रहरी दिवसकाे कार्यक्रममा प्रधानमन्त्री बालेन गएनन्, पठाए यस्ताे सन्देश

काठमाडौं, असोज ३१ । प्रधानमन्त्री बालेन्द्र शाह ७१ औँ प्रहरी दिवस, २०८३ का अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा सहभागी हुनुभएन। उहाँले कार्यक्रममा आफ्नो शुभकामना सन्देश भने पठाएनु भएकाे छ । शुभकामना पठाउँदै नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, प्रविधि विस्तार र पूर्वाधार विकासमा सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभएको छ। प्रधानमन्त्री शाहले प्रहरी दिवसका अवसरमा पठाउनुभएको सन्देशमा कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा अशक्त प्रहरीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। साथै प्रहरी संगठनलाई वर्तमान अवस्थासम्म ल्याउन योगदान पुर्याउने पूर्वप्रहरी कर्मचारीप्रति आभार व्यक्त गर्नुभएको छ। ‘विपद्मा सारथी, संकटमा छहारी, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने नाराका साथ मनाइएको ७१औँ प्रहरी दिवसले प्रहरी संगठनको जिम्मेवारी र बदलिँदो सुरक्षा चुनौतीलाई उजागर गरेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। कार्यक्रममा विमोचन गरिएको ‘पुलिस मिरर २०२६’ले नेपाल प्रहरीको इतिहास र वर्तमानलाई भावी पुस्तासँग जोड्ने अपेक्षा पनि उहाँले व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले नेपाल प्रहरीलाई आगामी दिनमा आउन सक्ने विपद्को सामना गर्न सक्षम बनाउन सरकारले नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउनुभएको छ। प्रहरी कर्मचारी, उनीहरूका परिवार तथा सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने योजना रहेको पनि उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ। पछिल्लो समय बढ्दै गएको वित्तीय तथा साइबर अपराध नियन्त्रणमा सरकार गम्भीर रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले नेपाल प्रहरीको सहकार्यमा नेपाल राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवाप्रदायक र डिजिटल वालेटहरूलाई एकै ठाउँमा ल्याएर नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्ने व्यवस्था गरिँदै गरेको बताउनुभएको छ। त्यस्तै, कृत्रिम बौद्धिकता (एआई), एरियल सेक्युरिटी एन्ड सपोर्ट युनिट तथा इन्टिग्रेटेड एन्टी–स्क्याम सेन्टर स्थापना गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभएको छ। यी पहलले प्रविधिमा आधारित अपराध नियन्त्रण तथा प्रहरी सेवाको प्रभावकारिता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। देशको आन्तरिक शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न नेपाल प्रहरी निरन्तर खटिरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले संकटका बेला राष्ट्रसेवकको धैर्य, सही निर्णय र कुशल कार्यसम्पादन महत्त्वपूर्ण हुने बताउनुभएको छ। उहाँले प्रहरी दिवस २०८३ तथा आसन्न बडादशैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामनासमेत व्यक्त गर्नुभएको छ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

कांग्रेस महाधिवेशनः सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण शनिबार हुने भएको छ । ...

पूर्व सैनिक र सुरक्षाकर्मीद्वारा एमाले कार्यालयको सुरक्षा
गोरखापत्र अनलाइनकाठमाडौं, असोज ३० गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ। सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा हटाएपछि पार्टीले... ...

दोलखामा कांग्रेस सहमहामन्त्रीमा निर्वाचित शिवाकोटीलाई सर्वदलीय स्वागत तथा सम्मान
कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको सहमहामन्त्रीमा निर्वाचित अजयबाबु शिवाकोटीलाई गृहजिल्ला दोलखामा सर्वदलीय स्वागत तथा सम्मान ...

बालेन, रविसहित ५ जनाको ‘ह्वाट्स एप ग्रुप’ मा शिशिर खनालले जे लेखे…
काठमाण्डु– मन्त्रिपरिषदले गत २ असोजमा भारत, चीन, अमेरिकासहित विभिन्न १३ मुलुकका लागि राजदूत सिफारिस ग-यो । नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गरिएको दाबी सरकारी अधिकारीहरुले गरेका थिए । तर, खुला प्रतिस्पर्धाबाट छानिएको भनिएको राजदूत नियुक्ति पनि विवादरहित हुन सकेन । सयौं आवेदन परेकामा परराष्ट्र मन्त्रालयले १३ मुलुकको राजदूतका लागि ३३ जनाको नाम […] ...


