पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : योगेश भट्टराई

काठमाडौं, असोज ३१ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताउनुभएको छ। उहाँले श्रेष्ठको गिरफ्तारी नेपालको संविधान, कानुन तथा विश्वव्यापी मानवअधिकारसम्बन्धी मान्यता विपरीत रहेको टिप्पणी गर्दै उहाँलाई तत्काल रिहा गर्न माग गर्नुभएको छ। भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पत्रकार श्रेष्ठको गिरफ्तारीलाई सरकारको ‘फाँसीवादी चरित्र’ को उदाहरणका रूपमा व्याख्या गर्नुभएको छ। उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्नेमा जोड दिँदै श्रेष्ठलाई अविलम्ब रिहा गर्न माग गर्नुभएको हो। पत्रकार श्रेष्ठलाई प्रहरीले आज उहाँकै घरबाट नियन्त्रणमा लिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा कमेडियन हिमेश पन्तले हिजो श्रेष्ठविरुद्ध साइबर ब्युरोमा उजुरी दिनुभएको थियो। सामाजिक सञ्जालमा अभिव्यक्ति र त्यसको मर्यादालाई लिएर विवाद भइरहेका बेला श्रेष्ठले पनि पन्तविरुद्ध हिजै उजुरी दिनुभएको थियो । श्रेष्ठको गिरफ्तारीपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक सञ्जालमा व्यक्त गरिने अभिव्यक्तिको सीमा र कानुनी प्रक्रियाका विषयमा बहस चर्किएको छ। श्रेष्ठको पक्राउको सामाजिक सञ्जालमा व्यापक विरोध भएको छ । दुई पक्षलाई राखेर छलफल गर्ने भन्दै प्रहरी श्रेष्ठलाई लिन उहाँको घरमा पुगेको थियो ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

सभापतिको जिम्मेवारी अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताएका छन् । आज शपथग्रहणपछि सम्बोधन गर्दै थापाले आगामी दिनमा आफूले गर्ने निर्णय, सार्वजनिक रूपमा निर्वाह गर्ने भूमिका तथा सत्य र न्यायको पक्षमा उभिने व्यवहारबाट आफ्नो प्रतिबद्धताको परीक्षण हुने बताए । ‘अबको अगाडिको यात्रा मेरो कर्मबाट हुन्छ । मंैले निर्णय कसरी गर्छु, सार्वजनिक बहसमा ...

एनपीएलमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने, आईसीसीले राख्यो ५ मुख्य शर्त
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा एक टोलीले अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको बताएका छन् । यसअघि अघिल्ला दुई संस्करणमा टोलीमा अधिकतम छ विदेशी खेलाडी राख्न पाउने व्यवस्था रहेकामा यसपटक संख्या बढाइएको उनले जानकारी दिए । शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एनपीएलका लागि स्वीकृति प्राप्त गर्ने ...

कांग्रेसमा गगनले पाए सर्वाधिक मत, कोको परे टप टेनमा ?
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिमा निर्वाचित गगनकुमार थापाले सर्वाधिक मत प्राप्त गरेका छन् । सभापति पदमा उनले ६ हजार ५८४ मत पाउँदा उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत मात्रै प्राप्त गरेका छन् । उपलब्ध मतपरिणामअनुसार थापाले कुल मतको ९४.६ प्रतिशत प्राप्त गरेका हुन् । खड्गीको मत ५.४ प्रतिशत छ । सभापति पदमा थापाले पाएको मत महाधिवेशनमा निर्वाचित उम्मेदवारमध्ये सबैभन्दा बढी हो ...


