Thursday, October 15, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बुढीगण्डकी बाढीले क्षतिग्रस्त सोतीलाई पुरानै लयमा फर्काउने प्रयास (तस्बिरहरु)

बुढीगण्डकी बाढीले क्षतिग्रस्त सोतीलाई पुरानै लयमा फर्काउने प्रयास (तस्बिरहरु)

Share:WhatsAppFacebookX (Twitter)Telegram
बुढीगण्डकी बाढीले क्षतिग्रस्त सोतीलाई पुरानै लयमा फर्काउने प्रयास (तस्बिरहरु)

गोरखा । बुढीगण्डकी नदीमा गत असोज २५ मा आएको बाढीले प्रभावित गोरखाको आरुघाट गाउँपालिका-३ स्थित सोती बजारलाई पुरानै लयमा फर्काउने प्रयासमा स्थानीय जुटेका छन् । बाढीले घरभित्र लेदो थुपारेपछि प्रभावित स्थानीय सफा गरेर जनजीवनलाई पुनः सामान्य अवस्थामा फर्काउने प्रयास गरिरहेका छन् । यसमा नेपाली सेनाले साथ दिएको छ । सोतीका करिब १५ घर तथा व्यापारिक संरचना बाढीको चपेटामा परेका थिए । यसकारण केही परिवार घर छाडेर आफन्तकहाँ तथा सामुदायिक भवनमा आश्रय लिन बाध्य भएका छन् । बाढीबाट सोती र मान्बु जोड्ने बुढीगण्डकी नदीमाथिको आरुघाट २ र ३ जोडने मोटरेबल पुलसमेत बगेको छ। पुल बगाउँदा स्थानीयको आवागमन प्रभावित भएको छ । मनास्लु पदमार्ग जाने पदयात्री, धार्चे र चुमनुब्री क्षेत्रका स्थानीयको आवागमन चाडपर्वमा ठप्प भएको छ । अहिले सोती बजार क्षेत्रको सडकमा थुप्रिएको लेदो र भग्नावशेषले यातायात सञ्चालनमा समेत कठिनाइ उत्पन्न गरेको छ । त्यो सडक सफा गर्ने काम भइरहेको छ । घरभित्र पसेको लेदो हटाउने, क्षतिग्रस्त संरचनाको अवस्था बुझ्ने र सुरक्षित बसोबासको व्यवस्था मिलाउने काम अहिले स्थानीयका लागि प्रमुख चुनौती बनेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

अमेरिकाद्वारा इरानविरुद्ध ‘मदर अफ अल बम्स’ प्रयोगसहितको नयाँ सैन्य योजना तयार
ताजा खबरJust now

अमेरिकाद्वारा इरानविरुद्ध ‘मदर अफ अल बम्स’ प्रयोगसहितको नयाँ सैन्य योजना तयार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आदेश दिएमा अमेरिकी सेनाले इरानका ऊर्जा पूर्वाधार र आणविक केन्द्रहरूमा आक्रमण गर्न नयाँ सैन्य योजना तयार गरेको छ । ती योजनामा विश्वकै शक्तिशाली गैर–आणविक बमहरूमध्ये एक मानिने ‘मदर अफ अल बम्स’ प्रयोग गर्ने विकल्पसमेत समावेश गरिएको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ। ‘मदर अफ अल बम्स’ इरानविरुद्ध प्रयोग भएमा यो युद्धमा ठुलो सैन्य शक्तिको ...

टक्सार
सोनासती मन्दिरमा भूतमेला
ताजा खबरJust now

सोनासती मन्दिरमा भूतमेला

महोत्तरी । मधेसकै प्रसिद्ध देवी शक्तिपिठ मानिने महोत्तरीको औरही–७ भोइलस्थित सोनासती देवी मन्दिरमा तान्त्रिक मेलाको चहलपहल सुरु भएको छ । बोलीचालीमा सोनामाई भनिने यो मन्दिरमा शारदीय नवरात्रमा तान्त्रिक मेलाको परम्परा छ । नवरात्रको फूलपातीका दिनदेखि जम्ने यो मेला पञ्चमीकै दिन सुरु हुन्छ । यो तान्त्रिक मेलालाई आमरुपमा ‘भूतमेला’ भन्ने गरिन्छ । “नवरात्रको पहिलो दिनदेखि नै बडादसैँ पर्वको पूजाआराधना सुरु हुन्छ, तर दुष्टात्माबाट ...

केन्द्रबिन्दु
लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
ताजा खबरJust now

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १८ जनालाई पक्राउ गरेको जनाएको छ । काठमाडौं, मोरङ, सर्लाही, मकवानपुर, कञ्चनपुर, दाङ र सुर्खेतलगायतका जिल्लामा गरिएको कारबाहीका क्रममा उनीहरू पक्राउ परेका हुन् । काठमाडौंको तारकेश्वर नगरपालिका-४ बाट ९६ ग्राम खैरो हेरोइन र एक थान डिजिटल तराजुसहित रसुवाको उत्तरगया गाउँपालिका-५ घर भएका २७ वर्षीय सन्चबहादुर गोलेलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ...

हिमालय टाइम्स
सोनासती मन्दिरमा तान्त्रिक मेला
ताजा खबरJust now

सोनासती मन्दिरमा तान्त्रिक मेला

महोत्तरी । मधेसकै प्रसिद्ध देवी शक्तिपिठ मानिने महोत्तरीको औरही–७ भोइलस्थित सोनासती देवी मन्दिरमा तान्त्रिक मेलाको चहलपहल सुरु भएको छ । बोलीचालीमा सोनामाई भनिने यो मन्दिरमा शारदीय नवरात्रमा तान्त्रिक मेलाको परम्परा छ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play