अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन् । अर्थमन्त्री वाग्ले मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककतर्फ प्रस्थान गरेका हुन् । विश्वभरका अर्थमन्त्री सहभागी हुने ऊक्त बैठकका त्रममा वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउनेछन् । ती बैठकमा नेपालको आर्थिक अवस्था, अन्तर्राष्ट्रिय आर्थिक सहकार्य तथा विकासका प्राथमिकतासम्बन्धी विषयमा छलफल हुने अपेक्षा गरिएको छ । अर्थमन्त्री वाग्लेसँगै अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक जानेछन् । अर्थमन्त्री वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

संखुवासभाको हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
नेपाल विद्युत् प्राधिकरणले सङ्खुवासभाको उत्तरी भेगमा पर्ने भोटखोला गाउँपालिका–३, हटियामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु गरेको छ । यसअघि लघु जलविद्युत् आयोजनाबाट विद्युत् उपभोग गर्दै आएको उक्त क्षेत्रमा राष्ट्रिय प्रसारण प्रणाली विस्तार गरिएको हो । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनाबाट हटियामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरी विद्युत् आपूर्ति सुरु गरिएको हो । राष्ट्रिय ...

चाडपर्वमा नागरिकको सुरक्षालाई ध्यानमा राख्न सशस्त्र आईजीपी पौडेलको निर्देशन
काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई चाडपर्वको समयमा आमनागरिकको सेवा र सुरक्षालाई ध्यानमा राखी परिचालन हुन निर्देशन दिएका छन् । मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई आईजीपी पौडेलले लाइभ भिडियो स्ट्रिमिङमार्फत निर्देशन दिनुका साथै आउँदै गरेको विजया दशमी, शुभ […] ...

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७३ करोडको कारोबार
नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा पुगेर रोकिएको छ । आज ३५१ कम्पनिका एक करोड ३५ लाख ५३ हजार ९७ कित्ता शेयर ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार ४०९ मा कारोबार भएको थियो । आज बैकिंग, विकास बैंक, लगानी, जीवन बीमा र निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको ...

आजकल के गर्दै होलान् जोन सिना ?
सानै उमेरदेखि जोन सिनाको मनमा एउटै धुन सवार थियो- रेस्लिङ । घरमै कागजको बेल्ट बनाएर कम्मरमा बाँध्दै विश्व च्याम्पियन बनेको सपना देख्ने तिनै साना बालक पछि गएर विश्व प्रसिद्ध रेस्लिङ स्टार बने । वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्ल्यूडब्ल्यूई) मा करिब २४ वर्ष बिताएका सिनाले १७ पटक विश्व च्याम्पियनसिपको उपाधि आफ्नो नाममा गराए । गत डिसेम्बरमा उनले… ...


