लिग २ क्रिकेट : ओमानमाथि नेपालको शानदार जित

काठमाडौं । बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृंखलामा लगातार दोस्रो जित निकालेको छ । मंगलबार अल अमेरतस्थित क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ-१ मा भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो । नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटियो । ओमानलाई सस्तैमा समेट्ने क्रममा नन्दन यादव र कप्तान सन्दीप लामिछानेले समान तीन-तीन विकेट लिएपछि नेपालले सहज जित हात पारेको हो । ओमानका कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए पनि टोलीलाई जित दिलाउन सक्नुभएन । ओमानले १२औँ ओभरमा ४१ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो । त्यसपछि विनायकले जय ओडेरासँग सातौँ विकेटका लागि ८३ रनको साझेदारी गर्दै टोलीलाई सम्हाल्ने प्रयास गर्नुभएको थियो । ओडेरा २५ रन बनाएर आउट हुनुभयो । नेपालका लागि नन्दनले ६ ओभरमा १२ रन खर्चेर तीन विकेट लिनुभयो । कप्तान सन्दीपले नौ ओभरमा २८ रन दिएर तीन विकेट हात पार्नुभयो । दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक-एक विकेट लिनुभयो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रनको योगदान दिनुभयो । ६७ बलको सामना गर्नुभएका उहाँले तीन चौका र एक छक्का प्रहार गर्नुभयो रनेपालको इनिङ्समा करण केसीको आक्रामक ब्याटिङ निर्णायक रह्यो । उहाँले १६ बलमा ४० रन बनाउँदै अन्तिमतिर नेपालको स्कोर उकास्नुभएको थियो । करणले ४९औँ ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गर्नुभयो भने अन्तिम ओभरमा शाह फेसलको बलमा एक छक्का प्रहार गर्नुभयो । त्यस्तै, अर्जुन कुमालले ४०, बसिर अहमद र इशान पान्डेले समान ३७ तथा दीपेन्द्रसिंह ऐरीले २२ रन बनाउनुभयो । ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले समान दुई–दुई विकेट लिनुभयो भने हस्नेन शाहले एक विकेट हात पर्नुभयो । यस जितसँगै नेपालले लिग-२ को अंकतालिकामा आफ्नो स्थिति सुधार्ने प्रयासलाई निरन्तरता दिएको छ । ३४ खेलबाट २८ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ । ओमान भने ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा रहेको छ । नेपालले शृंखलाअन्तर्गत आफ्नो अर्को खेल आगामी शनिबार क्यानडासँग खेल्नेछ । ओमानमाथिको प्रभावशाली जितले नेपाली टोलीको मनोबल बढाएको छ भने आगामी खेलमा पनि जितको लय कायम राख्ने चुनौती थपिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

दिल्लीमा गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता (तस्बिहरू)
गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भारतमा भेटवार्ता भएको छ। भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङ र भारतीय समकक्षी शाहबिच मंगलबार भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय सुरक्षा सहयोग सुदृढीकरण, सीमा व्यवस्थापनको विषयमा छलफल भएको भारतका गृहमन्त्री शाहले बताएका छन्। ‘नयाँ दि... ...

टीकाअघि नै यातायात सञ्चालन हुने
काठमाडौँ, असोज २८ गते । बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण गोरखाको आरुघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरुद्ध बनेको सडक यातायात पुनः सञ्चालन... ...

विपत्तिले थलिएका नागरिकलाई चाडपर्वमै महँगीको मार
काठमाडौं । चाडपर्वको मुखमा बजारभाउ बढ्नु नेपाली उपभोक्ताका लागि नयाँ विषय होइन । तर, यसपालि महँगी झन् बढेको छ । प्राकृतिक विपत्तिले थलिएका नेपालीलाई चाडबाडमा महँगीले अर्को चोट थपेको हो । गत वर्षको तुलनामा अधिकांश उपभोग्य वस्तुमा महँगी बढेको छ । दैनिक उपभोग्य वस्तुमध्ये धेरै माग हुने चामल, दाल, चिनीमा अत्याधिक मूल्य बढाइएको छ भने कुखुरा र खसीको मासुको मूल्य ...

भोटेकोशी विपद्पछि थपिएको चुनौती
नेपाल हिमालको काखमा अवस्थित देश । प्रकृतिको बरदानको रूपमा रहेको सुन्दर हिमालले नेपालको मात्र होइन दक्षिण एसियाकै मानव सभ्यतालाई सदियौंदेखि जोगाइराखेको छ । हिमपर्वत नै पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनको प्रमुख आधार रहँदै आएको छ । आज यही हिमपर्वत अभिसापको रूपमा देखापर्दै छ । गत भदौ १० गते भोटेकोशीमा भएको हिम–प्रलयले नेपाललाई मात्र शोकमा डुबाएन, विश्वलाई समेत स्तब्ध बनायो ...


