Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/इनड्राइभको ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ क्याम्पेन सार्वजनिक

इनड्राइभको ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ क्याम्पेन सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
इनड्राइभको ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ क्याम्पेन सार्वजनिक

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा यात्रुहरूलाई लक्षित गर्दै नयाँ प्यासेन्जर ३६० क्याम्पेन ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ सार्वजनिक गरेको छ । ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ भन्ने मूल सन्देशसहित सुरु गरिएको क्याम्पेनले यात्रुहरूलाई भाडा निर्धारणमा छनोटको स्वतन्त्रता प्रदान गर्नुका साथै छिटो, सहज र भरपर्दो सवारी सेवा उपलब्ध गराउने इनड्राइभको प्रतिबद्धतालाई जोड दिएको छ । यात्रु र चालकबीचको आपसी सहमतिमा भाडा निर्धारण गर्ने अवधारणालाई क्याम्पेनको केन्द्रमा राखिएको छ । इनड्राइभ एपमार्फत यात्रुहरूले सुझाव गरिएको भाडा हेरेर आफूले तिर्न चाहेको रकम प्रस्ताव गर्न सक्छन् । नजिकै रहेका चालकहरूले उक्त प्रस्ताव स्वीकार गर्न वा आफ्नोतर्फबाट वैकल्पिक भाडा प्रस्ताव गर्न सक्छन् । त्यसपछि यात्रुले प्रस्तावित भाडा, चालक आइपुग्ने अनुमानित समय, चालकको रेटिङ र सवारीसाधनका आधारमा उपयुक्त चालक छनोट गर्न सक्छन् । यात्रा सुरु हुनुअघि नै भाडा तय हुने भएकाले यात्रुहरूलाई तिर्नुपर्ने रकमबारे पूर्वजानकारी प्राप्त हुन्छ । क्याम्पेनले विशेषगरी दैनिक आवतजावतका क्रममा यात्रुहरूले प्राथमिकता दिने दुई पक्षलाई जोड दिएको छ—भाडाको पूर्वनिश्चितता र सवारीको छिटो उपलब्धता। एपमा चालक आइपुग्ने अनुमानित समय अग्रिम रूपमा हेर्न सकिने भएकाले यात्रुहरूले आफ्नो आवश्यकता र समयअनुसार चालक छनोट गर्न सक्छन् । इनड्राइभको यो प्रणालीले चालकहरूलाई समेत सवारी अनुरोध र भाडासम्बन्धी निर्णयमा स्वतन्त्रता प्रदान गर्छ । चालकहरूले आफूलाई उपयुक्त लागेका अनुरोध स्वीकार गर्न वा प्रस्तावित भाडामा असहमति भए वैकल्पिक रकम प्रस्ताव गर्न सक्छन् । यसरी यात्रु र चालक दुवैको सहमतिमा भाडा निर्धारण हुने प्रक्रियालाई क्याम्पेनले ‘दुवैको चित्त बुझ्छ’ भन्ने सन्देशमार्फत प्रस्तुत गरेको छ । इनड्राइभका एसिया प्यासिफिक रिजनल डाइरेक्टर मार्क टलीले भने, “काठमाडौंका यात्रुहरूका लागि सवारी सेवा प्रयोग गर्दा भाडाको पूर्वजानकारी र समयमै सवारी उपलब्ध हुनु महत्त्वपूर्ण पक्ष हुन् । आपसी सहमतिमा भाडा निर्धारण गर्ने व्यवस्था इनड्राइभको सुरुवातदेखि नै प्रमुख विशेषता रहँदै आएको छ । यसले यात्रुहरूलाई भाडा छनोटमा स्वतन्त्रता दिनुका साथै चालकहरूलाई पनि आफ्नो आम्दानीसम्बन्धी निर्णयमा सहभागी हुने अवसर प्रदान गर्छ । प्यासेन्जर ३६० क्याम्पेनमार्फत हामी नेपालका यात्रुहरूलाई सहज, भरपर्दो र तिरेको रकमअनुसार उचित मूल्य प्राप्त हुने सवारी सेवा उपलब्ध गराउने प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै छौँ ।” इनड्राइभकी ब्रान्ड एम्बेसडर तथा अभिनेत्री स्वस्तिमा खड्काले भनिन्, “इनड्राइभको मलाई मनपर्ने पक्ष भनेकै यसको पारदर्शिता हो । यहाँ यात्रा सुरु हुनुअघि नै यात्रु र चालक दुवैको सहमतिमा भाडा तय हुन्छ । यसले यात्राको अन्त्यमा भाडालाई लिएर कुनै असमझदारी हुने सम्भावना कम गर्छ । काठमाडौंजस्तो व्यस्त सहरमा भाडाको चिन्ता नगरी ढुक्कसँग यात्रा गर्न पाउनु आफैंमा महत्त्वपूर्ण कुरा हो । मेरो विचारमा ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ भन्ने सन्देशले यही आपसी सहमति र विश्वासलाई दर्शाउँछ ।” यस क्याम्पेनअन्तर्गत इनड्राइभले ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का अभिनीत नयाँ भिडियो समेत सार्वजनिक गरेको छ । नेपाली मौलिक संस्कृति झल्काउने संगीत र स्थानीय परिवेशलाई समेटेर तयार पारिएको भिडियोमार्फत यात्रु र चालकबीचको आपसी सहमति तथा सन्तुष्टिको सन्देश प्रस्तुत गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ
ताजा खबरJust now

कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार अपराह्न आपसी विवादका क्रममा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ का रोशन पाख्रिन घाइते भएका थिए । कुटपिटबाट बेहोस भएका पाख्रिनलाई उपचारका लागि कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा ...

नेपालन्युज
के–के हुन् सात प्रदेशका असल अभ्यास ?
ताजा खबरJust now

के–के हुन् सात प्रदेशका असल अभ्यास ?

विराटनगर । कोशी प्रदेशको विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सातै प्रदेशका तर्फबाट केही असल अभ्यासहरू प्रस्तुत भए । ती असल अभ्यासहरू एक अर्को प्रदेशले नमुनाका रूपमा लिन सक्ने भन्दै सम्मेलनमा प्रस्तुत भएका... ...

रातोपाटी
खगेन्द्र सुनारले आयोगमा बुझाए लिखित जवाफ, तीन विषयलाई नोटिसमा राखेर हुँदैछ छानबिन
ताजा खबरJust now

खगेन्द्र सुनारले आयोगमा बुझाए लिखित जवाफ, तीन विषयलाई नोटिसमा राखेर हुँदैछ छानबिन

राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले सांसद खगेन्द्र सुनारमाथि तीन विषयमा केन्द्रित रहेर छानबिन तीव्र पारेको छ। महिला हिंसा, ज्यान मार्ने धम्की र बालबालिकासम्बन्धी विषयलाई गम्भीर रुपमा लिँदै मिहीन छानबिन गरिरहेको आयोगका एक सदस्य बताउँछन्। ‘महिला हिंसा, ज्यान मार्ने धम्की र बालबालिका सम्बन्धी विषय पनि जोडिएको भएर अहिलेसम्म हामीले यो घटनालाई ... ...

नेपालखबर
मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा
ताजा खबरJust now

मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ।यस वर्षको मनसुन आजदेखि मुलुकका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलो गरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो । मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहेको महाशाखाले बताएको छ । ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play