दशैँ–तिहारमा अलैँची टिप्न चटारो, दिनभर बगानमा रातभर अलैँची भट्टीमा

यतिबेला दशै सुरुवात भईसक्यो तर ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् । टिपाईको मुख्य सिजन चलिरहेका बेला उनीहरू दशैँ–तिहारको उत्सवभन्दा बढी बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म बगानमै खटिएका किसान धेरैजसो रात पनि अलैँची भट्टीमै बस्ने थालेका छन् । फक्ताङलुङ गाउँपालिका–६ का किसान विर्ख लिम्बूका अनुसार गाईबस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन् बाँकी सबै बगानमै बास बस्छन् । अलैँची टिप्ने समय बित्यो भने वर्षभरको मेहेनत मुसा, तथा अन्य जंगली जनावरहरुले खाई दिने भएकाले यतिबेले किसानहरु अलैची बगानमै व्यस्त भएको लिम्बूले बताए । फुङ्लिङ नगरपालिका–७ का किसान खाङडु शेर्पा झन करिब करिब एक महिनादेखि बगानमै बसिरहेका छन । दशैँ त्यहीँ अलैँची बगानमै मनाउने तयारी गरेका हुनुहुन्छ । ‘४० वर्षदेखि अलैँची खेती गरिरहेको छु,’ शेर्पाले भने,‘छिमेकी भारतको सिक्किमबाट बिरुवा ल्याएरै सुरु गरेका थियौँ ।’ शेर्पाको ८० रोपनी क्षेत्रफलमा अलैची बगान विस्तार गरेका छन् । टिपाईपछि छोडाउने, सुकाउने र भट्टीमा अलैँची सुकाउँने कार्य हुने गर्दछ । ताप्लेजुङमा बेशी क्षेत्रमा भदौको पहिलो सातादेखि र लेकाली क्षेत्रमा मंसिरसम्म अलैँची टिपाइ हुने गर्दछ । जिल्लाका नौं स्थानीय तहमध्ये फक्ताङलुङ–७ को ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँची खेती हुन्छ । हाल करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती भइरहेको छ । अलैँचीको मूल्य पनि किसानलाई उत्साहित पार्ने खालको छ । शुक्रबार(आज)ताप्लेजुङमा प्रतिमन (४० केजी) खलैँचीको मूल्य ८८ हजार रुपैयाँमा खरिद–बिक्री भइरहेको व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रविर रेग्मीले बताए । अलैँचीले रोजगारी पनि सिर्जना गरेको छ । बगानमा काम गर्ने मजदुरले दैनिक ५०० देखि ८०० रुपैयाँसम्म ज्याला पाउँछन् ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

नेपालका लागि भारतको नयाँ राजदूतमा सुधाकर दलेला नियुक्त
नेपालका लागि भारतीय राजदूतमा सुधाकर दलेला नियुक्त भएका छन्। भारतीय विदेश मन्त्रालयले दलेला नेपालका लागि राजदूत नियुक्त भएको शुक्रबार जनाएको हो। ‘सुधाकर दलेला जो मन्त्रालयमा सचिव हुनुहुन्छ, नेपालका लागि भारतको आगामी राजदूत नियुक्त हुनुभएको छ,’ विदेश मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ। उनले चाँडै आफ्नो पदभार ग्रहण गर्ने विदेश मन्त्रालयले जनाएको छ। यसअघि राजदूत रहेका नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्किएपछि उनको ठाउँमा भारतले दलेलालाई ...

गहनाका ग्राहक र व्यवसायी जोड्ने जेजे लाइट
३० असोज, काठमाडौं । आईटी कम्पनी मात्रिका टेक्नोलोजिजले गहनाका ग्राहक र व्यवासायीलाई प्लेटफर्म जेजे लाइट सार्वजनिक गरेको छ । नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै कारोबार, लेखा व्यवस्थापन, कालिगढको हिसाब र ग्राहक सेवासम्मका कामलाई एउटै प्रणालीबाट व्यवस्थित गर्ने उद्देश्यले जेजे लाइट सार्वजनिक गरेको जनाएको छ । गहना व्यवसाय विस्तार हुँदै जाँदा बिक्री तथा… ...

स्कटल्यान्डका पेस बलर ब्राड्ली व्हीलले ३० वर्षको उमेरमै लिए सन्यास
३० असोज, काठमाडौं । स्कटल्यान्डका पेस बलर ब्राड ह्वीलले व्यावसायिक क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। ३० वर्षीय ह्वीलले लगातारको चोटका कारण खेलाडी जीवन टुंग्याउने निर्णय लिएका हुन्। दायाँहाते तीव्र गतिका बलर ह्वीलले सन् २०१६ मा हङकङविरुद्ध खेल्दै स्कटल्यान्डको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए। त्यसयता एक दशकको अवधिमा उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा… ...

सरकारले कालोपत्रेको ठाउँमा सिमेन्टको सडक निर्माणलाई प्राथमिकता दिने
३० असोज, काठमाडौं । सरकारले अबदेखि सडक निर्माणका कार्यमा प्रयोग हुँदै आएको कालोपत्रे (बिटुमिन) का ठाउँमा सिमेन्ट प्रयोगलाई प्राथमिकता दिने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३ स्वीकृत गरेसँगै सम्भव भएसम्म आयातित सामग्री प्रयोगमा रोक लगाएको हो । यस निर्णयसँगै सरकारी खरिद तथा पूर्वाधार निर्माणमा आयातित सामाग्रीप्रतिको… ...


