काठमाडौं महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नगर शिक्षा समितिले ‘पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन मार्गदर्शन २०८३’ स्वीकृत गरेको छ। सोमबार कार्यवाहक प्रमुख एवं समितिका अध्यक्ष सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले मार्गदर्शन स्वीकृत गरेको हो । मार्गदर्शनले विद्यार्थीको रुचि, सिर्जनात्मक प्रतिभा र जीवनोपयोगी सीप विकासमा जोड दिएको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई उमेर र आवश्यकताअनुसार फरक–फरक गतिविधिमा सहभागी गराइनेछ । कक्षा १ देखि ३ सम्म ‘रमाइलो शुक्रबार’, कक्षा ४ देखि ८ सम्म ‘सिर्जनात्मक सिकाइ’ र कक्षा ९ मा ‘शिक्षामा सीप’ कार्यक्रम सञ्चालन गरिनेछ । सिर्जनात्मक सिकाइअन्तर्गत अबाकस, विज्ञान तथा प्रविधिमा आधारित अभ्यास, सङ्केत लेखन, कृत्रिम बुद्धिमत्ता, योग, ध्यान, गायन, नृत्य र हस्तकलाजस्ता विषय समेटिएका छन् । कक्षा ९ का विद्यार्थीलाई पाककला, केश सज्जा, विद्युत् जडान तथा मूर्तिकला र चित्रकलासम्बन्धी व्यावहारिक सीप सिकाइनेछ । खेलकुदअन्तर्गत भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, कराँते, क्रिकेट र फुटबलको प्रशिक्षणसमेत सञ्चालन गरिनेछ । ‘सुन्दर विद्यालय’ कार्यक्रममार्फत विद्यार्थीको सहभागितामा कक्षाकोठा तथा शौचालय सरसफाइ, फोहोरमैला व्यवस्थापन, वृक्षरोपण र वातावरण संरक्षणका गतिविधि सञ्चालन हुनेछन् । विद्यालयले हरेक शुक्रबार तीन घण्टा कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ । मार्गदर्शनमा प्रशिक्षकको योग्यता, अनुदान, खर्चको अभिलेख, नियमित अनुगमन र सिकाइ उपलब्धिको मूल्याङ्कनसम्बन्धी व्यवस्था पनि गरिएको छ । सिर्जनात्मक सिकाइका प्रत्येक उपसमूहलाई अधिकतम ८७ हजार ५०० रुपैयाँ अनुदान उपलब्ध गराइनेछ । बैठकले महेन्द्र भवन आवासीय माध्यमिक विद्यालयको नाम परिवर्तन गरी ‘महेन्द्र भवन महानगर विद्यालय’ कायम गर्ने निर्णयसमेत गरेको छ । The post काठमाडौं महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

केवाईसी अपडेटको बहानामा ४९ लाख ठगी, तीन जनाविरुद्ध मुद्दा
राैतहटमा बैंक तथा डिजिटल वालेटका कर्मचारी बनेर ओटीपी र बैंकिङ विवरण चोरेको आरोपमा दुई भारतीयसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो। ...

अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान
• अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र आईएमएफ को संयुक्त वार्षिक बैठकमा सहभागी हुन बैंकक प्रस्थान गरेका छन्। • बैठकमा नेपालको आर्थिक अवस्था र विकासका प्राथमिकतासम्बन्धी छलफल हुने अपेक्षा गरिएको छ। • अर्थमन्त्रीसँगै अन्य उच्च अधिकारीहरू पनि बैंकक जानु भएको छ र उहाँ कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम छ। ...

रोहितकाे अर्धशतकमा नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य
काठमाडौं । रोहितकुमार पौडेलको अर्धशतकमा नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली ओमानसामु २६४ रनको लक्ष्य प्रस्तुत गरेको छ । अल अमिरेत रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रनको योगफल तयार पार्यो । नेपालका रोहितले सर्वाधिक ६१ रनको योगदान गरे । उनले ६७ बलमा […] ...

१४ इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार जरिवाना
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्ड र निर्देशनविपरीत इन्टरनेट सेवा सञ्चालन गर्ने १४ वटा सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ। प्राधिकरणका अनुसार स्वीकृत प्याकेजअनुसार सेवा नदिएको, तोकिएभन्दा बढी शुल्क लिएको, स्वीकृतिबिनाका प्याकेज बिक्री गरेको तथा सेवाग्राहीलाई समयमै जानकारी नदिएको कसुरमा कारबाही गरिएको हो। जरिवानामा पर्ने कम्पनीमा वर्ल्डलिङ्क, भायानेट, क्लासिक टेक, सुबिसु, डिस मिडिया नेटवर्क, वाइफाइ नेपाल, सीजी कम्युनिकेसन, ...


