Tuesday, October 13, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/जोखिमयुक्त नदी किनारका बस्ती सुरक्षित गर्न आग्रह

जोखिमयुक्त नदी किनारका बस्ती सुरक्षित गर्न आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
जोखिमयुक्त नदी किनारका बस्ती सुरक्षित गर्न आग्रह

काठमाडौं। राष्ट्रियसभाको भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सभापति कृष्णप्रसाद पौडेलले नदी किनारका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण नगरी विपद् जोखिम न्यूनीकरण सम्भव नहुने भन्दै त्यसका लागि सरकारले नीतिगत तथा दबाबमूलक कार्यक्रम अघि बढाउनु पर्नेमा जोड दिएका छन्। समितिको आजको बैठकमा उनले नदी किनारका बस्ती अत्यधिक जोखिममा रहेको तथ्य ढिलोचाँडो स्वीकार गर्नुपर्ने भन्दै जनचेतनामूलक कार्यक्रमबाट मात्रै जोखिमयुक्त बस्ती स्थानान्तरण सम्भव नभए सरकारको नीति तथा कार्यक्रममा नै त्यसलाई समेटेर आवश्यक कदम चाल्नुपर्ने बताए। उनले जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणालीलाई थप व्यवस्थित र वैज्ञानिक बनाउनु पर्ने बताए। विकसित मुलुकहरूले अपनाएका पूर्व सूचना प्रणाली तथा विधि पद्धतिको अध्ययन गरी नेपालमा समेत उपयुक्त प्रणाली अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो। सभापति पौडेलले समितिले तयार पार्ने अध्ययन प्रतिवेदन तत्कालीन विपद् व्यवस्थापनमा मात्र सीमित नभई भविष्यका लागि मार्गदर्शक बन्ने गरी व्यापक र विश्लेषणात्मक हुनुपर्ने बताए। समितिका सदस्यहरूले बैठकमा दिएका सुझावलाई समेत समेटेर समितिको कार्यक्षेत्रलाई थप परिमार्जन गरी पारित गरिएको जानकारी दिए। राष्ट्रियसभामा गठन गरिएको विशेष समितिको आजको उक्त बैठक विस्तृत कार्यक्षेत्रमा केन्द्रीत रहेको थियो। कार्यक्षेत्रमा विपद्को कारण, जोखिम तथा क्षतिको वैज्ञानिक मूल्याङ्कन, विपद् जोखिम न्यूनीकरण, पूर्व तयारी तथा पूर्व सूचना, खोज, उद्धार, उपचार तथा मानवीय प्रतिकार्य, राहत, क्षतिपूर्ति तथा प्रभावितको सामाजिक संरक्षण, पुनःस्थापना, पुनर्वास तथा सुरक्षित बस्ती विकासलाई समेटिएको छ। त्यस्तै विपद् प्रतिरोधी पूर्वाधार पुनर्निर्माण तथा विकास, अन्तरसरकारी, सीमापार तथा अन्तर्राष्ट्रिय सहकार्य, जलवायु न्याय, कानुनी तथा नीतिगत सुधार र दीर्घकालीन मार्गचित्र निर्माण समेत समितिको कार्यक्षेत्र तोकिएको छ। समितिले विपद् व्यवस्थापनलाई तत्कालीन उद्धार तथा राहतमा मात्र सीमित नगरी पूर्व तयारीदेखि पुनर्निर्माण र सुरक्षित बस्ती विकाससम्मका विषयलाई एकीकृत रूपमा अध्ययन गर्ने जनाएको छ। विसं २०८३ भदौ १० गतेको भोटेकोशी बाढी तथा त्यसपछिका वर्षाजन्य विपदबाट भोटेकोशी, त्रिशूली र कालीगण्डकी करिडोरमा भएको जनधन, पूर्वाधार, जीविकोपार्जन तथा वातावरणीय क्षतिलाई सम्बोधन गर्न तत्कालीन राहतसँगै पुनस्थापना, पुनर्वास, सुरक्षित पुनर्निर्माण तथा दीर्घकालीन जोखिम न्यूनीकरणका लागि राष्ट्रियसभामा विशेष समिति गठन गरिएको हो। समितिको कार्यावधि २०८३ पुस मसान्तसम्म तोकिएको छ। समितिमा सभापति पौडेलसहित राष्ट्रियसभा सदस्यहरू गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
ताजा खबरJust now

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौं । हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म एक लाख नौ हजार ६३६ जनाले काठमाडौँ उपत्यका छाडेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् । दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न ...

केन्द्रबिन्दु
यात्रुका लागि स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको चासो
ताजा खबरJust now

यात्रुका लागि स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयको चासो

काठमाडौं । सार्वजनिक यात्रुवाहक सवारीसाधनमा यात्रा गर्ने यात्रुले स्वच्छ, सुरक्षित र गुणस्तरीय खाना पाउनुपर्ने विषयलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्राथमिकतामा राखेको छ। यात्रुहरूलाई बासी, दूषित तथा गुणस्तरहीन खाना खुवाउने र खानाको अस्वाभाविक मूल्य असुल्ने गुनासो बढेपछि सम्बन्धित निकायले निगरानी र नियमनमा जोड दिएका छन्। पूर्वाधार विकास मन्त्रालयमा सम्बन्धित निकायहरूको बैठकपछि यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीका चालकलाई स्वच्छ र गुणस्तरीय खाना ...

नेपालन्युज
दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, तस्बिरहरू
ताजा खबरJust now

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, तस्बिरहरू

काठमाडौँ। बडादसैँ सुरु भएसँगै राजधानी काठमाडौँ छाडेर गाउँ फर्किनेको चहलपहल बढेको छ। दसैँ मनाउन आफ्नो घर जाने यात्रु बढेसँगै कलंकीलगायत उपत्यकाका विभिन्न नाकामा यात्रु तथा सार्वजनिक सवारीसाधनको चाप देखिन थालेको... ...

रातोपाटी
विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान
ताजा खबरJust now

विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको सन् २०२६ को वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। उक्त प्रतिनिधि मण्डलमा अर्थ मन्त्रालयका सचिव डा.घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल पनि सहभागी छन्।  बैंकक बसाइका क्रममा अर्थमन्त्री डा. वाग्लेले वार्षिक बैठकअन्तर्गत आयोजना ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play